आर्थिक समाचार

नेपाल इन्फ्रास्ट्रक्चर बैंक स्थापनाका लागि नेपाल राष्ट्र बैंकबाट सहमति प्रदान

काठमाडौं । राष्ट्रको पूर्वाधार विकास गर्ने कार्यका लागि अहम भूमिका तथा योगदान पुर्याउने लक्ष्यसहित नेपाल सरकारले सार्वजनिक निजी–साझेदारीको प्रारुप अनुरुप पूर्वाधार विकास बैंक स्थापना गर्ने प्रतिवद्धता गरेअनुसार डेपुटी गर्भनर चिन्तामणी शिवाकोटी, सैद्धान्तिक सहमति एवम् सिफारिश समितिका पदाधिकारीहरुलगायत

ग्रामीण क्षेत्रमा ग्लोबल आइएमई बैंक, शाखारहित बैंकिङ्ग सेवा शुरु

चन्द्रकान्त खनाल, रुपन्देही, ३१ बैसाख । अव्यवस्थित बसोबासका रुपमा रहेका १८ हजार जनसंख्या भएको ग्रामीण क्षेत्रमा ग्लोबल आइएमई बैंक लिमिटेड बुटवलले आफ्नो ८०औं शाखारहित बैंकिङ्ग सेवा शुरु गरेको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सको शाखा विस्तार

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बनेपाको चारदोबाटोमा नयाँ शाखा विस्तार गरेको छ । सोमबार कम्पनीका अध्यक्ष प्रदिपजंग पाण्डेले शाखाको उद्घाटन गरेका हुन् ।

एनसेल थ्रिजी ५४ प्रतिशत जनसंख्यामा

काठमाडौं, २५ बैशाख । एनसेलले आफ्नो थ्रिजी सेवा कुल जनसंख्याको ५४ प्रतिशत जनसंख्याको पहुँचमा पुर्याएको छ । कम्पनीको प्रमुख लगानीकर्ता मलेसियन कम्पनी आजियाटाले सार्वजनिक गरेको सन् २०१७ को एकिकृत वार्षिक प्रतिवेदनमा उक्त कुरा उल्लेख गरेको छ ।

आइएमई जनरल इन्स्योरेन्स र स्टार हस्पिटलीबच नगदरहित सेवा सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र स्टार हस्पिटलबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक पवन थापा र स्टार हस्पिटलका प्रबन्ध निर्देशक डा. शैल रुपाखेतीले हस्ताक्षर गरेका छन् ।

एनएमबी बैंकको नाफामा वृद्धि

काठमाडौं । एनएमबी बैंकले चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक अवधिमा नाफामा वृद्धि गरेको छ । बैंकले एक अर्ब ४६ करोड ६९ लाख २१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।

सिरहा र कपिलवस्तुको गाउँमा प्रभु बैंक सञ्चालन

काठमाडौं । प्रभु बैंकले सिरहाको बरियारपट्टी गाउँपालिकामा १ र कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकामा १ गरी २ वटा शाखा कार्यालय आइतबारदेखि सञ्चालनमा ल्याएको छ ।

आइएमई जनरल इन्स्योरेन्स र नेपाल मेडिसिटीबीच नगदरहित सेवा सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल मेडिसिटी हस्पिटल बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नेपाल मेडिसिटी

‘मेकर स्पेस’लाई बृज सिमेन्टले सघाउने

काठमाडौं । कीर्तिपुरमा निर्माणाधिन ‘मेकर स्पेस’लाई बृज सिमेन्टले सघाउने भएको छ । राष्ट्रिय आविष्कार केन्द्र र पुष्पतारा केडिया सेवा संस्था तथा बृज सिमेन्ट इण्डष्ट्रिज प्रालिका बीचमा बुधबार सम्झौता भएको हो ।

सेञ्चुरी कमर्सियल बैंकको नाफा शतप्रतिशत वृद्धि

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले चैत मसान्तसम्ममा ६३ करोड खुद मुनाफा गरेको छ । यो मुनाफा गत त्रैमासिकको तुलनामा एक सय तीन प्रतिशतको वृद्धि हो ।

बुद्धले फेरि नयाँ विमान थप्दै

काठमाडौं । बुद्ध एयरले ७२ सिट क्षमताको थप एटिआर–७२ जहाज भित्र्याउन लागेको छ । यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट आवश्यक अनुमति पनि प्राप्त गरिसकेको छ ।

जनता बैंकद्वारा सहयोग

काठमाडौं । जनता बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत निःसहाय सहयोग परिषद् धरानलाई १ लाख रुपैयाँ सहयोग गरेको छ ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको थप १ शाखा संचालनमा

काठमाडौं, ९ बैशाख । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनीको ३४औं शाखा रामेछाप जिल्लाको मन्थलीमा आइतबारदेखि संचालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष श्याम थापाले संयुक्त रुपमा गरेका छन् ।

सिटिजन्स बैंक १२ वर्षमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल १२ वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा बैंकले केन्द्रीय कार्यायलमा विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

ग्लोबल आइएमई दोस्रो राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७४ हुने

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूहले आयोजना गरेको दोश्रो राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०७४ को मुख्य प्रायोजन ग्लोबल आइएमई बैंकले गर्ने भएको छ ।

आइएमई जनरल इन्स्योरेन्स र नर्भिक हस्पिटलबीच नगदरहित सेवा सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नर्भिक इन्टरनेश्नल हस्पिटलबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नर्भिक इन्टरनेश्नल हस्पिटलका प्रमुख बजार अधिकृत प्रविण धरले हस्ताक्षर गरेका छन् ।

टेलिकमको नयाँ वर्ष अफर

काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्षको सन्दर्भमा आफ्ना उपभोक्ताको थप सुविधाका लागि ‘नयाँ वर्ष अफर २०७५’ उपलब्ध गराउने भएको छ । उक्त अफर २०७५ वैशाख १ देखि लागू भई १५ गतेसम्म लिन सकिने टेलिकमले विज्ञप्ति मार्फत जनाएको छ ।

एनसेलले ल्यायो नयाँ डाटा प्याक

काठमाडौं । दूरसंचार सेवा प्रदायक निजी कम्पनी एनसेलले नयाँ डाटा प्याक अफर योजना ल्याएको छ । ‘फ्युल योर फन’ योजनाअन्तर्गत ग्राहकका लागि अल टाइम डाटा प्याकलाई थप सुलभ बनाउँदै ‘सही’ डाटा प्याक ल्याएको जनाएको छ ।

माछापुच्छ्रेको क्यास ब्याक अफर

काठमाडौं । माछापुच्छ्रे बैंकले नयाँ वर्ष २०७५ को अवसरमा बैंकबाट जारी भएका भिसा चिप कार्डहरुलाई १० प्रतिशत क्यास ब्याक अफर ल्याएको छ । यस अफरमा बैंकबाट जारी डेबिट कार्ड, क्रेडिट कार्ड र प्रिपेड कार्ड प्रयोग गरी सामान खरीद गर्दा वा हुने बैंकले जनाएको छ ।

आइएमई जनरल इन्स्योरेन्स र मौरीपालन केन्द्रीय सहकारी संघबीच मौरीको बीमा गर्ने सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल मौरीपालन केन्द्रीय सहारी संघ लिमिटेड संघसँग आवद्ध मौरीपालक कृषकहरुको मौरीको बीमा गर्ने सम्झौता भएको छ ।

सिटिजन्स बैंकद्वारा धादिङमा नगद वितरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले धादिङ जिल्लामा नगद बितरण गरेको छ । बैंकले विश्व खाद्य कार्यक्रमको आयोजना र वेल्ट हंगर हिल्फीको सहकार्यमा चैत्र ११–१८ गते सम्मगरी आठ दिनसम्म नगद वितरणकार्यक्रमको आयोजना गरेको छ ।

प्राइम लाइफ र नेपाल लाइफ सम्झौता

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सबीच जोखिमबहन सम्झौता भएको छ । ती दुई वित्तिय संस्थाबीच घातक रोग सम्बन्धी जोखिमबहन सम्झौता सम्पन्न भएको हो ।

जनता बैंक नवौँ वर्षमा प्रवेश

काडमाडौं । जनता बैंक ८ वर्ष पुरा गरि नवौँ वर्षमा प्रवेश गरेको छ । बैंकले नवौँ वर्ष प्रवेशको अवसरमा शुक्रबार बैंकिङ साक्षरता सम्बन्धि चेतनामूलक कार्यक्रम सहित प्रभातफेरि सम्पन्न गरेको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com