समाचार

प्रदेश २ को नाम ’मध्य मधेश’ प्रति राजपा संयोजक ठाकुर सकारात्मक

जनकपुरधाम, ६ फागुन । राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुर प्रदेश २ को नामाकरण ‘मध्यमधेश’प्रति सकारात्मक देखिएका छन् । तराई मधेश राष्ट्रिय परिषद्का सदस्यहरु सरोज राय, कासिन्द्र यादव, अमित साह र संजय साह लगायतका टोलीले प्रदेश न.२ को नामकरण ’मध्य मधेश’

प्रदेश ७ मा मन्त्रिमण्डल गठन

कैलाली, ६ फागुन । प्रदेश नंं ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आज सात सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन् । प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा नवनियुक्त मुख्यमन्त्री र अन्य मन्त्रीलाई प्रदेश प्रमुख मोहनराज मल्लले पद तथा गोपनियताको शपथ गराएका छन् ।

प्रदेश २ को प्रदेशसभा बैठक

जनकपुरधाम, ६ फागुन । प्रदेशसभाको पहिलो अधिवेशनअन्तर्गत पाँचौ बैठकमा आयोजित नवनियुक्त मुख्यमन्त्री, नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई ज्ञापन र शुभकामना दिइएको छ । प्रदेश २ का सभामुख सरोजकुमार यादवले सङघीयता कार्यान्वयनको चरणलाई

रौतहटमा उपमेयर क्लब गठन

राकेश यादव, रौतहट, ५ फागुन । रौतहट जिल्लामा शनिबार भएको १८ स्थानीय तहका उपमेयरहरुको भेलाबाट उपमेयर क्लब रौतहट शाखा गठन भएको छ । १८ वटा नगर तथा गाउँपालिका प्रमुखहरु मिलेर मेयर क्लब गठन गरे पश्चात् उपप्रमुखहरुले पनि उपमेयर क्लब गठन गरेको हो ।

लागूऔषधसहित युवक पक्राउ

धनुषा, ५ फागुन । क्षिरेश्वरनाथ नगरपालिका–५ सखुवा चोकबाट ना.४८ प ४७७ नम्बरको मोटरसाइकलका चालक सर्लाही लालबन्दी नगरपालिका–१० पथ्थरकोट बस्ने २६ वर्षीय रोशन विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपालको पत्रकार भारतमा सम्मानित

विराटनगर, ५ फागुन । अन्तर्राष्ट्रिय प्रेस क्लब भारतको विहार राज्यको सुपौलमा नेपाल भारत सीमा क्षेत्रका नेपाली पत्रकारहरुलाई सम्मानित गरेको छ । सम्मानित हुनेहरुमा विभिन्न संचारमाध्यमा वर्षाैंदेखि कार्यरत सत्य र निष्ठाका साथ समाचार सम्प्रेषण गरिरहेका नेपाल भारत सीमा क्षेत्रका मधेशी समुदायका पत्रकारहरु रहेका छन् ।

सांसद झामाथि कानूनी कारबाही गर्न महासंघको माग

राकेश यादव, रौतहट, ५ फागुन । नेपाल पत्रकार महासंघ रौतहट शाखा निर्वाचन क्षेत्र नम्बर १ को राजपाका सांसद अनिल कुमार झामाथि कानूनी कारबाही गर्न माग गरेको छ ।

इट्टा व्यवसायी संघमा खाँ

दिनेश ठाकुर, नेपालगन्ज, ५ फागुन । विगत १५ वर्षदेखि बाँकेमा इट्टा व्यववसायीहरुको हक हितका क्षेत्रमा कार्य गर्दै आएको इट्टा उद्योगीहरुको छाता संगठन नेपाल इट्टा उद्योग व्यवसायी संघ बाँकेको विशेष साधारण सभा तथा पाँचौ अधिवेशनबाट जैनुल खाँको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

पत्रकारलाई भौतिक कारबाही गर्ने धम्की

राकेश यादव, रौतहट, ४ फागुन । रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद अनिल कुमार झाले नेपाल पत्रकार महासंघ रौतहट शाखाका जिल्ला कार्य समिति सदस्य एवं अनलाइन विद्युतीय पत्रिकाका संपादक संजय सहनीलाइ भौतिक कारबाही गर्ने धम्की दिएका छन् ।

धागो कारखानामा मन्त्रालय राख्नका लागि मुख्यमन्त्रीसहितको टोलीद्वारा अनुगमन

चन्द्रकान्त खनाल, रुपन्देही, ४ फागुन । प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलसहितको टोलीले बुटवल धागो कारखानाले ओगटेको जग्गा तथा भवनको अवलोकन गरेको छ ।

वडाअध्यक्षका छोरा अपहरित

दिलिपकुमार यादव, कपिलवस्तु, ४ फगुन । कपिलवस्तुको मायादेवी गाउँपालिका–४, पिपराका वडा अध्यक्ष फते मुहम्मदको ५ वर्षीय छोराको अपहरण भएको छ । विहिवार विहान ८ बजेको समयमा स्कुल गइरहेको बेला बालक अपहरणमा परेको बताइएको छ ।

वार्षिकोत्सवको अवसरमा खाद्य सामग्री प्रदान

बारा, ४ फागुन । बारा जिल्लाको सबैभन्दा जेठो पत्रिका कृपा दैनिकले आफ्नो १५ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार बाराको पथलैया स्थित बृद्धआश्रमका आश्रित व्यक्तिहरुलाई खाद्य सामग्री वितरण गरेको छ ।

कैलालीमा आगलागीमा परी महिलाको मृत्यु

कैलाली, ४ फागुन । कैलालीमा आगलागीमा परी एक महिलाको मृत्यु भएको छ । आफ्नै घरमा खाना पकाउने क्रममा चुलोबाट एक्कासी शरीरमा आगो लाग्न गई शुक्रबार घाइते भएकी जानकी गाउँपालिका–२ बडरिया बस्ने ६५

प्रधानमन्त्री ओलीलाई भारतीय प्रमको बधाई

काठमाडौं, ४ फागुन । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । भारतीय प्रम मोदीले बिहीबार राति टेलिफोन गरेर प्रधानमन्त्री ओलीलाई सफल कार्यकालको शुभकामना दिएका हुन् ।

प्रदेश ५ मा तीन सदस्यीय मन्त्रिपरिषद विस्तार

चन्द्रकान्त खनाल, रुपन्देही, ४ फागुन । प्रदेश ५ मा मुख्यमन्त्री शंकर पोखरेलसहित तीनको शपथ तथा पदभार ग्रहण भएको छ । मुख्यमन्त्री पोखरेलको सिफारिसमा प्रदेश प्रमुख उमाकान्त झाले कुलप्रसाद केसीलाई आन्तरिक मामिला तथा कानुनमन्त्री र बैजनाथ चौधरीलाई

‘नेपाल कम्युनिष्ट पार्टी’को केन्द्रीय कमिटीमा अटाएनन् मधेशी

काठमाडौं, ४ फागुन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भई निर्माण हुन लागेको ‘नेपाल कम्युनिष्ट पार्टी’ को केन्द्रीय कमिटीमा मधेशी समुदायको सांकेतिक प्रतिनिधित्व देखिएको छ ।

नेपाल कम्युनिष्ट पार्टीको सांगठनिक रूपरेखा यस्तो आयो

काठमाडौं, ४ फागुन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरणको सांगठनिक रुपरेखा सार्वजनिक भएको छ । पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहनेछ ।

बृहत् मिथिला परिक्रमा शुरु

जनकपुरधाम, ३ फागुन । मिथिला परिक्रमा विधिवत् रूपमा शुरु भएको छ । मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरका रुपमा रहेको परिक्रमा १५ दिनसम्म चल्नेछ ।

प्रदेश २ को उपसभामुखमा फोरमकी उपमा देव निर्विरोध

जनकपुरधाम, ३ फागुन । प्रदेश २ को उपसभामुखमा संघीय समाजवादी फोरम नेपालकी सांसद उपमाकुमारी देव निर्विरोध निर्वाचित भएकी छन् । सप्तरीकी देव समानुपातिक सांसद हुन् ।

प्रदेश २ को सरकारले शहीद परिवारका एक सदस्यलाई रोजगारी दिने

जनकपुरधाम, ३ फागुन । प्रदेश २ को पहिलो मन्त्रिपरिषद् बैठकले मधेश आन्दोलनका शहीदका परिवारका एक सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ ।

शौचालय नबनाउनेको सेवा सुविधामा रोक लगाइने : अध्यक्ष साह

राकेश यादव, रौतहट, ३ फागुन । गौर नगरपालिका वार्ड नम्बर ८ का निर्वाचित वडाध्यक्ष जनार्दन साहले घरमा शौचालय निर्माण नगरेकालाई कुनै सेवा सुविधा नदिने घोषणा गरेका छन् ।

प्रजातन्त्र दिवस भव्यरुपमा मनाउने निर्णय

राकेश यादव, रौतहट, ३ फागुन । राष्ट्रिय प्रजातन्त्र दिवस जिल्ला समारोह समिति रौतहटको बिहीबार सम्पन्न भएको बैठकबाट ६८औं राष्ट्रिय प्रजातन्त्र दिवस भव्य रुपमा जिल्लाभरि विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको छ ।

बसको ठक्करबाट एकको मृत्यु

कैलाली, ३ फागुन । गोदावरी नगरपालिका–९ बल्मीस्थित राजमार्गमा ना.५ ख ५२२८ नम्बरको बसले बिहीबार ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री डोटी

बसका यात्रु कुटपिट गरी घाइते बनाउने व्यक्ति पक्राउ

नबलपरासी (बर्दघाट सुस्ता पश्चिम), ३ फागुन । बर्दघाट नगरपालिका–४ दाउन्ने जङगलस्थित महेन्द्र राजमार्गमा लु.१ ख ८२८५ नम्बरको बसमा सवार रौतहट चन्द्रनिगहापुर–९ बस्ने ४९ वर्षीय मदन ढुडारी समेत ५ जनालई कुटपिट गरी घाइते बनाउने सोही

लागुऔषधसहित पक्राउ

मोरङ, ३ फागुन । मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित कोशी राजमार्गबाट लागुऔषधको झोलासहित सिराहा लहान नगरपालिका–६ बस्ने १७ वर्षीय प्रसय दाहललाई पक्राउ गरेको छ ।

फागुको हावासँगै रौतहट प्रहरी भए गतिमान, छापामारी निरन्तर

राकेश यादव , रौतहट, ३ फागुन । फागु पूर्णिमाको दिन नजिकदै जादा रौतहट प्रहरी अहिले आफ्नो जिम्मेवारी प्रति बफादार देखिएका छन । फागुको हावा चलेपछि गतिमान भएका प्रहरीले पहिला देखि जानकारीमा रहेका ठाउ र सम्पर्कमा रहेका तस्करको सामानहरु पक्राउ गर्ने कार्य प्रहरीले फाल्गुनको पहिलो साता देखि शुरू गरेका हुन ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com