समाचार

रौतहटमा झडप, २१ राउण्ड अश्रु ग्यास प्रहार

राकेश यादव, रौतहट, २ फागुन । रौतहट जिल्लाको बृन्दाबन नगरपालिकाको विश्रामपुरमा स्थानीय र सुरक्षाकर्मीबीच झडप हुँदा एक दर्जनभन्दा बढी घाइते भएका छन् ।

प्रदेश ५ को मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त

रुपन्देही, २ फागुन । प्रदेश नं. ५ को मुख्यमन्त्रीमा नेकपा एमालेका नेता शंकर पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख उमाकान्त झाले एमाले संसदीय दलका नेता पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रदेश नं १ को मुख्यमन्त्रीमा शेरधन राई नियुक्त

मोरङ, २ फागुन । प्रदेश नं १ को मुख्यमन्त्रीमा नेकपा (एमाले) का नेता शेरधन राई नियुक्त भएका छन् । प्रदेश प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले एमाले प्रदेश संसदीय दलका नेता राईलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

बाल संजालले आन्दोलन गर्ने

चन्दनकुमार यादव, राजविराज, २ फागुन । स्थानीय सरोकारवालाहरूले सहमति कार्यान्वयन नगरेको भन्दै नगर बाल संजालले आन्दोलन गर्ने चेतावनी दिएको छ ।

लागू औषधसहित तीन जना पक्राउ

मोरङ, २ फागुन । बुढीगंगा गाउँपालिका–४ स्थित राहुल पेट्रोल पम्प अगाडि कोशी राजमार्गमा सवारी साधन जाँच गर्ने क्रममा तीन जनालाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ ।

शिव सेनाको शाखा बिस्तार

दिनेश ठाकुर, नेपालगन्ज, २ फागुन । नेपाल शिवसेना बाँकेले आफ्नो शाखा विस्तार गरेको छ । नेपाल शिवसेनाका केन्द्रीय अध्यक्ष राजकुमार रौनियारको अध्यक्षमा डुडुवा गाउँपालिका वडा नं. ५, ६, छिटईपुर्वा, नयाँबस्तीमा नागेश्वर यादवको अध्यक्षतामा वडा समिति गठन गरिएको छ ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबुको संक्षिप्त परिचय

काठमाडौं, २ फागुन । संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष मो.लालबाबु राउत गद्दी प्रदेश २ का मुख्यमन्त्रीका रुपमा नियुक्त भएका छन् । उनी फोरमको प्रदेश २ को संसदीय दलको नेतामा पनि चुनिएका छन् । सामान्य परिवारमा ५१ वर्षअघि २०२३ असार १५ गते जन्मिएका प्रदेश २ को मुख्यमन्त्रीको

नवनियुक्त मुख्यमन्त्रीले भने, ‘प्रदेश २ लाई नमुना प्रदेश बनाउँछौं’

जनकपुरधाम, २ फागुन । प्रदेश २ का नवनियुक्त मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले प्रदेशलाई नमुना प्रदेश बनाउने प्रतिक्रिया दिएका हुन् । उनले राजपा नेपाललाई धन्यवाद दिँदै सबैसँग सहकार्य गर्ने बताए ।

गोपाल गोतामे पत्रकारिता पुरस्कार भोला पासवानलाई प्रदान

वीरगंज, २ फागुन । सातौं गोपाल गोतामे पत्रकारिता पुरस्कार सप्तरीबाट प्रकाशित कञ्चनपुर साप्ताहिकका सम्पादक भोलाकुमार पासवानलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघ, पर्सा शाखाको सभाकक्षमा

बुटवलमा ६ दिने राष्ट्रिय प्राङ्गारिक कृषि मेला हुने, उद्घाटन प्रदेश प्रमुख झाले गर्ने

चन्द्रकान्त खनाल, रुपन्देही, १ फागुन । नेपाल सरकार कृषि विकास मन्त्रालय अन्तर्गतका विभिन्न निकाय र बुटवल उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा बिहीबारदेखि बुटवल मण्डपमा सुरु हुने राष्ट्रिय प्राङ्गारिक कृषि मेलाको तयारी अन्तिम चरणमा पुगेको छ ।

सप्तरीमा जंगली हात्तीको आक्रमणबाट दुई महिलाको मृत्यु

सप्तरी, १ फागुन । जंगली हात्तीको आक्रमणबाट कन्चनरुप नगरपालिका–५ बस्ने ४५ बर्षीया दुर्गी मुखिया र सोही स्थान बस्ने ३५ बर्षीया मन्जु साहको मंगलबार मृत्यु भएको छ । कोशी टप्पु बन्यजन्तु आरक्षणमा घाँस दाउरा

मालवाहक ट्रकमा आगलागी हुँदा १० लाखको क्षति

बाँके, १ फागुन । नेपालगंज उपमहानगरपालिका–२० जमुनाहस्थित भन्सार कार्यालयको एक मालवाहक ट्रकमा आगलागी हुँदा १० लाखभन्दा बढीको क्षति भएको छ । कार्यालयको नयाँ कम्पाउन्ड भित्र राखेको UP 22 T 1499

कवाडी गोदाममा आगलागी हुँदा ४० लाखको क्षति

मोरङ, १ फागुन । बिराटनगर महानगरपालिका–८ हाटखोला चोक स्थित एक कवाडी गोदाममा आगलागी हुँदा ४० लाखभन्दा बढीको धनमाल जलेर नष्ट भएको छ । सोही नगरपालिका–७ बस्ने किशोर रौनियारको एकतले कवाडीको

दाङमा जीपको ठक्करबाट पैदलयात्रीको मृत्यु

दाङ, १ फागुन । तुलसीपुर उपमहानगरपालिका–१७ स्थितमा लु.१ च ७४३४ नम्बरको जिपको ठक्करबाट एक युवकको मृत्यु भएको छ । पैदलयात्री तुलसीपुर उपमहानगरपालिका–११ टाँडी बस्ने १७ बर्षीय किरण रानालाई

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

सुनसरी, १ फागुन । दुहवी नगरपालिका–३ स्थित ईटहरीबाट बिराटनगरतर्फ जादै गरेको ना.३ ख ९८६० नम्बरको बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । बसको ठक्करबाट घाईते भएका पैदल यात्री बराहा नगरपालिका–६ बस्ने ६० बर्षीय डेगराज रिजालको

दुई छुट्टाछुट्टै दुर्घटनामा रुपन्देहीमा दुईको मृत्यु

रुपन्देही, १ फागुन । रुपन्देहीमा दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मायादेवी गाउँपालिका–४ गुण्डीस्थित हुलाकी सडकखण्डमा सोमबार लु.७प ३६०६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खस्न जाँदा मोटरसाइकल चालक शुद्धोदन गाँउपालिका–५ मानमटेरीया

श्रीमतीलाई मन्त्री बनाउन अडान लिएपछि राजपामा विवाद

काठमाडौं, १ फागुन । प्रदेश २ मा सरकार निर्माणको गृहकार्यमा रहेको राष्ट्रिय जनता पार्टी नेपालभित्र अध्यक्षहरुबीचको विवादले भाँडभैलो मच्चिएको छ । राजपा र फोरमबीच भएको सहमतिअनुसार राजपाले सभामुखसहित भौतिक पूर्वाधार मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पाएको छ ।

नरमायाको नाम नराखी सुखै भएन राजपालाई

काठमाडौं, १ फागुन । राष्ट्रिय जनता पार्टी नेपालले सोमबार साँझ निर्वाचन आयोगमा पठाएको नामावली परिमार्जन गरेको छ । निर्वाचन आयोगले कलस्टरअनुसार खसआर्यमा नरमाया ढकाललाई समावेश गर्न पत्र पठाएपछि राजपाले रेणु शर्माको नाम हटाएर ढकालको नाम समावेश गरी पठाएको हो ।

कपिलवस्तुमा पनि २३औं जनयुद्ध दिवस मनाइयो

नारद कोहार, कपिलवस्तु, १ फागुन । कपिलवस्तुमा २३औं जनयुद्ध दिवस भव्य रुपमा मनाइएको छ । २२ वर्षअघि आजकै दिन अर्थात २०५२ फागुन १ गते तत्कालीन नेकपा माओवादीले रोल्पा, सिन्धुली, र गोरखाका प्रहरी चौकीमाथी आक्रमण गरि सशस्त्र युद्धको थालनी गरेको थियो । माओवादी जनवादी

प्रदेश २ को सभामुखमा सरोज यादव निर्विरोध

जनकपुरधाम, १ फागुन । प्रदेश नं. २ को सभामुखमा राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष सरोजकुमार यादव निर्विरोध निर्वाचित भएका छन् । प्रदेश २ को सभामुखका लागि यादवको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका छन् ।

मिथिला क्षेत्रमा महाशिवरात्री पर्व बुधबार

काठमाडौं, १ फागुन । हिन्दू धर्मावलम्बीहरुको महान पर्व महाशिवरात्री काठमाडौं लगायत देशका केही ठाउँमा आज मनाइरहेको छ भने मिथिला क्षेत्रमा भोली बुधबार मनाइने भएको छ ।

संसदीय दलका नेता राउतद्वारा महाशिवरात्रीको शुभकामना

जनकपुरधाम, १ फागुन । संघीय समाजवादी फोरम नेपालका उपाध्यक्ष तथा प्रदेश २ का संसदीय दलका नेता मो. लालबाबु राउत गद्दीले हिन्दू धर्मावलम्बीहरुको महान पर्व महाशिवरात्रीको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

राजपाको निर्णय : प्रदेश २ का संसदीय दलका नेता सोनार र सभामुखका उम्मेद्वार यादव

काठमाडौं, २९ माघ । राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश नं. २ को संसदीय दलको नेतामा महामन्त्री जितेन्द्र प्रसाद सोनारलाई चयन गरेको छ ।

लूटतन्त्रको अन्त्य नभएसम्म गणतन्त्र बलियो हुँदैन : उपेन्द्र यादव

राकेश यादव, रौतहट, २९ माघ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले लुटतन्त्रको अन्त्य नभएसम्म गणतन्त्र बलियो नहुने बताएका छन् । रौतहटको गरुडा नगरपालिकाको प्रथम नगर सभाको उद्घाटन सत्रमा

विन्दवासिनी गाउँपालिकाको प्रथम गाउँपरिषद सम्पन्न

वीरगन्ज, २९ माघ । पर्सा जिल्ला विन्दवासिनी गाउँपालिकाको आ.व. २०७४/०७५ को लागि २१ करोड ५८ लाख ३९ हजार बजेट सार्वजनिक गरिएको छ । विन्दवासिनी गाउँपालिका स्थित बहुअर्वाभामा आयोजित गाउँपालिकाको प्रथम गाउँ परिषद् कार्यक्रमलाई सम्बोधन गर्दै उक्त गाउँपालिकाकी उपाध्यक्ष किरण देवी गुप्ताले

बुटबलमा सञ्चालन हुने क्यान ईन्फोटेकमा अफरै अफर

चन्द्रकान्त खनाल, रुपन्देही, २९ माघ । बुटवल मण्डपमा फागुन २ गतेदेखि ६ गतेसम्म सातौं स्टाटअप क्यान ईन्फोटेक हुने भएको छ । २ करोडको कारोबार हुने र मेला सम्पन्न गर्न ५० देखि ६० लाख खर्च हुने अनुमान गरिएको आयोजकले बताएको छ ।

हिन्दू परिषद्द्वारा अलखिया मठ मन्दिरको सरफाई

वीरगंज, २९ माघ । महाशिवरात्रीको अवसरमा हिन्दू परिषद नेपाल पर्साले वीरगंजस्थित अलखिया मठ मन्दिरको बृहत सरसफाई गरेको छ । परिषद पर्साका अध्यक्ष धर्मेन्द्र पटेलको नेतृत्वमा

राराब क्याम्पसका विद्यार्थीको माग सम्बोधन गर : महासचिव निस्पक्ष

काठमाडौं, २९ माघ । राष्ट्रिय जनता पार्टी नेपाल आवद्ध राजपा विद्यार्थी संगठनले जनकपुरको रामस्वरु रामसागर बहुमुखी क्याम्पस (राराब)मा १३ सूत्रीय माग राखी आन्दोलनमा उत्रेका छन् ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com