आर्थिक समाचार

आइएमई जनरल इन्स्योरेन्स र नर्भिक हस्पिटलबीच नगदरहित सेवा सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नर्भिक इन्टरनेश्नल हस्पिटलबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र नर्भिक इन्टरनेश्नल हस्पिटलका प्रमुख बजार अधिकृत प्रविण धरले हस्ताक्षर गरेका छन् ।

टेलिकमको नयाँ वर्ष अफर

काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्षको सन्दर्भमा आफ्ना उपभोक्ताको थप सुविधाका लागि ‘नयाँ वर्ष अफर २०७५’ उपलब्ध गराउने भएको छ । उक्त अफर २०७५ वैशाख १ देखि लागू भई १५ गतेसम्म लिन सकिने टेलिकमले विज्ञप्ति मार्फत जनाएको छ ।

एनसेलले ल्यायो नयाँ डाटा प्याक

काठमाडौं । दूरसंचार सेवा प्रदायक निजी कम्पनी एनसेलले नयाँ डाटा प्याक अफर योजना ल्याएको छ । ‘फ्युल योर फन’ योजनाअन्तर्गत ग्राहकका लागि अल टाइम डाटा प्याकलाई थप सुलभ बनाउँदै ‘सही’ डाटा प्याक ल्याएको जनाएको छ ।

माछापुच्छ्रेको क्यास ब्याक अफर

काठमाडौं । माछापुच्छ्रे बैंकले नयाँ वर्ष २०७५ को अवसरमा बैंकबाट जारी भएका भिसा चिप कार्डहरुलाई १० प्रतिशत क्यास ब्याक अफर ल्याएको छ । यस अफरमा बैंकबाट जारी डेबिट कार्ड, क्रेडिट कार्ड र प्रिपेड कार्ड प्रयोग गरी सामान खरीद गर्दा वा हुने बैंकले जनाएको छ ।

आइएमई जनरल इन्स्योरेन्स र मौरीपालन केन्द्रीय सहकारी संघबीच मौरीको बीमा गर्ने सम्झौता

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र नेपाल मौरीपालन केन्द्रीय सहारी संघ लिमिटेड संघसँग आवद्ध मौरीपालक कृषकहरुको मौरीको बीमा गर्ने सम्झौता भएको छ ।

सिटिजन्स बैंकद्वारा धादिङमा नगद वितरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले धादिङ जिल्लामा नगद बितरण गरेको छ । बैंकले विश्व खाद्य कार्यक्रमको आयोजना र वेल्ट हंगर हिल्फीको सहकार्यमा चैत्र ११–१८ गते सम्मगरी आठ दिनसम्म नगद वितरणकार्यक्रमको आयोजना गरेको छ ।

प्राइम लाइफ र नेपाल लाइफ सम्झौता

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सबीच जोखिमबहन सम्झौता भएको छ । ती दुई वित्तिय संस्थाबीच घातक रोग सम्बन्धी जोखिमबहन सम्झौता सम्पन्न भएको हो ।

जनता बैंक नवौँ वर्षमा प्रवेश

काडमाडौं । जनता बैंक ८ वर्ष पुरा गरि नवौँ वर्षमा प्रवेश गरेको छ । बैंकले नवौँ वर्ष प्रवेशको अवसरमा शुक्रबार बैंकिङ साक्षरता सम्बन्धि चेतनामूलक कार्यक्रम सहित प्रभातफेरि सम्पन्न गरेको छ ।

एनआईसी एशिया बैंकद्वारा भारतबाट इनवार्ड रेमिटेन्स सुरु

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले एक्सिस बैंक लिमिटेडसँगको सहकार्यमा भारतबाट इनवार्ड रेमिटेन्सको सेवा सुरु गर्ने भएको छ । एनआइसीले एक्सिस बैंक भारतसँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट स्वीकृती प्राप्त गरेसँगै भारतबाट इनवार्ड रेमिटेन्स सुरु गर्न लागेको हो ।

नेपाल लाइफ र एभरेष्ट बैंकबीच बैंकासुरेन्ससम्बन्धी सम्झौता

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र एभरेष्ट बैंक लिमिटेडबीच बैंकासुरेन्ससम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका तर्फबाट प्रमुख कर्पोरेट मार्केटिंग पवन कुमार खड्का र एभरेष्ट बैंक लिमिटेडका तर्फबाट नायब महाप्रबन्धक केशव राज पौडेलले एक कार्यक्रमबीच हस्ताक्षर गरे ।

‘वृज सिमेन्ट : उर्जा जसको कुनै बिकल्प छैन’

काठमाडौं, २१ चैत । वृज सिमेन्ट इण्डष्ट्रीज प्रा.लिकेडिया अर्गनाईजेशन अन्तर्गत एउटा प्रभाग हो । यो कम्पनी भैरहवा–लुम्विनी (रुपन्देही जिल्ला) मा अवस्थित छ । वृज सिमेन्ट उद्योगले पोर्टल्याण्ड पोजोलाना सिमेन्ट (पि.पि.सि.), साधारण पोर्टल्याण्ड सिमेन्ट (ओ.पि.सि) र पोर्टल्याण्ड स्लाग सिमेन्ट (पि.एस.सि.)

महालक्ष्मी विकास बैंकद्वारा धनगढीमा निःशुल्क स्वास्थ्य परिक्षण तथा रक्तदान कार्यक्रम

काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको महालक्ष्मी विकास बैंक लि. को धनगढी शाखाले गत शनिबार निःशुल्क स्वास्थ्य परिक्षण र रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकका निवर्तमान संचालक मोतिसिंह धामीको सभापतित्वमा संचालन भएको कार्यक्रममा प्रदेश नं. ७ का आर्थिक मामिला तथा योजना मन्त्रालयका मन्त्री झपट बोहरा प्रमुख अतिथि रहेका थिए ।

एसईई परीक्षार्थीलाई एनसेलको ‘पहिलो सिम’ योजना

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले २०७४ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भएका परीक्षार्थीहरुका लागि विषेश अफर ‘पहिलो सिम’ल्याएको छ । यो योजनाअन्तर्गत परीक्षार्थीले मात्र रु १ मा एनसेलको प्रिपेड सिमको खरिदसँगै सिमको पहिलो रिचार्जमा आईफ्लिक्स भिडियो स्ट्रिमिङ्ग र माइफाइभ सेवाको फाइदा लिन सक्नेछन् ।

सीताराम दुध प्रालिको पहिलो बिक्रि केन्द्रको उद्घाटन

काठमाडौं । सीताराम दूध प्रालिले काठमाडौको कुलेश्वरमा पहिलो बिक्रि केन्द्र संचालनमा ल्याएको छ । यसअघि अन्य विक्रेतलाई मात्रै दूध बिक्रि वितरण गर्दै आएको सीता रामको पहिलो बिक्रि केन्द्रको कलाकार दिपाश्री निरौला र जितु नेपालले उद्घाटन गरेका छन् ।

सिटिजन्सद्वारा वीरगन्जमा आफ्नै सुविधा सम्पन्न भवनबाट बैंकिङ सेवा सञ्चालन

काठमाडौं । ‘योर पार्टनर फर प्रोग्रेस’ भन्ने नारालाई शिरोधार्य गरी अनवरत रुपले नेपाली जनताको घरदैलोमा बैंकिङ सेवा पु¥याउँदै आएको सिटिजन्स बैंक इन्टरनेशनलले चैत ११ गते आइतबारदेखि हाल रहेको कार्यालयभन्दा करिब एक सय ५० मिटर दक्षिणमा रहेको रानीसती मन्दिरसँग टाँसिएको आफ्नै सुविधा सम्पन्न भवनमा स्थानान्तरण गरी बैंकिङ कारोबार सञ्चालन गरेको छ ।

‘नयाँ वर्षको बहार आइएमई गर्दा उपहारै उपहार’

काठमाडौं, ९ चैत । आइएमई लिमिटेडले नयाँ वर्ष २०७५ लाई लक्षित गरी ‘नयाँ वर्षको बहार आइएमई गर्दा उपहारै उपहार’ नामक व्यापार प्रवद्र्धनात्मक योजना सार्वजनिक गरेको छ ।

रुपन्देहीमा बैंकका शाखा विस्तार तीव्र

बुटवल । रूपन्देहीमा बैंकहरुले शाखा विस्तार आक्रामक रूपमा अगाडि बढाएका छन् । विकासका पूर्वाधार निर्माणसँगै आर्थिक गतिवधि तीव्र हुँदै जाँदा रुपन्देहीमा बैंकहरुको शाखा विस्तार तीव्र भएको हो । त्यसो त मुलुक संघीय संरचनामा गएसँगै स्थानीय तहले गाउँमै पहलपहल बढाएपछि त्यसको असर बैंकहरुमा पनि परेको कतिपय जानकार बताउँछन् ।

सभिलको थप दुई शाखा

काठमाडौं । सिभिल बैंक लिमिटेडले लमजुङमा थप दुई शाखा खोलेको छ । बैंकले दुधपोखरी गाउँपालिका–६, गौँडामा ५६ औँ र क्व्होलासोंथार गाउँपालिका–२ मा ५७ औँ शाखा खोलेको हो । दुवै शाखा नेपाल राष्ट्र बैंकका सञ्चालक रामजी रेग्मीले उद्घाटन गरेको बैंकले जनाएको छ ।

सेञ्चुरी बैंकको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं । सेञ्चुरी बैंकद्वारा निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । सेञ्चुरी कमर्सियल बैंकले निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरि सम्पन्न गरेको छ ।

प्रभुका नयाँ दुई शाखा

काठमाडौं । प्रभु बैंकले बाग्लुङको बरेङ गाउँपालिका र कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा शाखा कार्यालय नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

अगैयामा पुग्यो भार्गव

दिनेश ठाकुर, बाँके, २७ फागुन । सेवामा तत्परता, हाम्रो प्रतिवद्धता” भन्ने मूल नाराका साथ नेपालगञ्जमा केन्द्रीय कार्यालय रहि स्थापित भार्गव विकास बैंक लि. ले बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नंं. २ स्थित अगैयाबजार, बाँकेमा आफ्नो १६ औं शाखा स्थापना गरि विधिवत रुपमा शुक्रबारदेखि कारोबार शुरु गरेको छ ।

एभरेष्ट बैंकद्वारा निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौं । एभरेष्ट बैंकले एक सय आठौं महिला दिवसको अवसरमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत निःशुल्क स्वास्थ्य परीक्षण र अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो ।

माछापुच्छ्रेको केन्द्रीय कार्यालय स्थानान्तरण

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो रजिष्टर्ड कार्यालय पोखराबाट काठमाडौंमा स्थानान्तरण गरेको छ । बैंकको गत साउन २२ गते सम्पन्न विशेष साधारण सभाको निर्णय अनुसार पोखरा लेखनाथ उपमहानगरपालिकाबाट केन्द्रीय कार्यालय काठमाडौंको लाजिम्पाटमा स्थानान्तरण गरेको हो ।

एनआईसी एशियाको शाखा मकवानपुरमा

काठमाडौं । एनआईसी एशिया बैंकले मकवानपुरको मनहरीमा शाखा विस्तार गरेको छ । बुधबार विस्तार गरेको शाखाको मनहरी गाउँपालिकाको अध्यक्ष एकराज उप्रेतिले उद्घाटन गरेका हुन् ।

सेञ्चुरी र सानिमाबीच सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकास्योरेन्सको सम्झौता भएको छ । सम्झौता अनुसार ग्राहकहरूले सेञ्चुरी कमर्सियल बैंकबाट उक्त कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी

बैंक अफ काठमाण्डू र एभरेष्टबीच सम्झौता

काठमाडौं । बैंक अफ काठमाण्डू र एभरेष्ट इन्स्योरेन्स कम्पनी बीच बुधबार बैंकान्स्योरेन्स सम्झौता भएको छ । सो सेवा प्रदान सम्बन्धि सम्झौता पत्रमा बैंक अफ काठमाण्डूका बजार व्यवस्थापन विभागका प्रमुख रितेश लामिछाने र एभरेष्ट इन्स्योरेन्सका नायव

अफगान सेनाको हवाई कारबाहीमा पाँच आइएस आतंककारी मारिए

काबुल । पूर्वी अफगान प्रान्त नान्नर्गाहारमा अफगान सेनाले गरेको हवाई कारबाहीमा इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहका पाँच लडाकू मारिएका विशेष सुरक्षा बलले सोमबार जानकारी दिएको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com