केपी ओलीको हावादारी कुरा र चीन भ्रमण

रामजीवन महतो

भर्खरै मात्र प्रधानमन्त्री केपी शर्मा ओली मित्रराष्ट्र चीनको साताव्यापी भ्रमण पूरा गरी नेपाल फर्के । नेपालका कम्युनिष्ट पार्टीहरुले यो भ्रमणलाई पूर्ण सफल भएको घोषणा गरे । उनीहरुको भनाईमा नेपाल अब भारतको कन्ट्रोलबाट निस्किन चीनले नेपाललाई उनीहरुको बन्दरगाह प्रयोग गर्न सुविधा दियो । आदि आदि । के यी कम्युनिष्टहरुका प्रोपगण्डा सत्य हुन त ?

यो सत्य हो, चीन अहिले संसारमा उदाउँदो अर्थ शक्ति हो । यिनीहरुले रेल, बाटो, बिजुुली प्रशस्त बनाएका छन् । तर, नेपालमा विगत ५० वर्ष यता थुपै कारोबारहरु भए । चीनले ट्रली बस, छाला जुता कारखाना, भृकुटी कागज कारखाना, बाँसवारी छाला जुुुुता कारखाना, हिमाल सिमेन्ट उद्योग जस्ता थुप्रै बनाए । तर विगतमा यही केपी ओली पार्टीको सरकार र यिनैको सहमतिमा कांग्रेस पार्टीले सबै बेचेर खाए । न त्यसले रोजगारी दिलायो, न देशको आम्दानी बढायो, न त कुनै प्रविधि नै देश भित्र भित्राए । बरु बनायो भने नेपाली युवाहरुलाई विदेशमा पठाउने, उनीहरुबाट रेमिटेन्स निकाल्ने, त्यही रेमिटेन्सबाट बैंक खोल्ने र काठमाडौंमा भएका सुपरमार्केटहरुमा लक्जरीयर्स सामान किन्ने । चीनले बनाएको कोदारी राजमार्ग अहिले बन्द छ । मङ्लिङ राजमार्गको हाल बेहाल छ । यस्तै यस्तै ।

अब अहिले आएर केपी ओली रेलमार्ग माग्दै छन् । पहिलो कुरा चीनले नेपाललाई मात्र केपी ओलीको वचनमा रेलमार्ग बनाई दिने कुरै छैन किनभने चीनले अहिले कुनै कम्युनिष्टको राजनीति गर्दैन । अहिले त्यहाँ देङवाद चल्छ, माओवाद चल्दैन । त्यसैले चाइनीजहरुले जहिले पनि व्यापार हेर्छन् । यदि उनीहरुले आफ्नो सामान पठाउनका लागि भारतको ठूलो बजारलाई पाउने भए र नेपालको बाटो भएर जाँदा उनीहरुलाई सस्तो पर्ने भयो भने उनीहरुले तिब्बतदेखि भारतसम्म नेपाल हुँदै रेलमार्ग विकास गर्छन् । त्यसका लागि केपी ओलीको कुनै औचित्व चाहिदैन । यदि भारतीय बजारलाई पकड बनाउन सक्ने भएन भने यो भारतसित अरु बाटोबाट व्यापार हुने भयो भने त्यो रेलमार्ग नेपालबाट खुल्दैन । किनकि नेपाल एउटा पहाडी मुलुक हो र त्यो पहाडी मार्ग भएर ल्याउन पर्ने हुन्छ र त्यसमा प्रशस्त खर्च हुन्छ ।

अर्को कुरा नेपालको बजार काठमाडौं, पोखरा बाहेक धेरै जसो तराईमा छ । त्यो हुनाले तराईसित जोड्न आवश्यक हुन्छ । किनभने नेपालको ५१ प्रतिशत जनसंख्या तराईमा मात्र छ । ओलीको सरकारले हिमालको जनजाति शेर्पा, तामाङ, राई तथा तराईका मधेशीहरुलाई उपेक्षा गरेका छन् । यस अवस्थामा यिनीहरु चाइनाको रेलको आशा देखाएर आफ्नो माग प्रति चुप लागेर बस्ने छैन । किनभने उनीहरु पीरमर्का र अन्यायमा छन् । त्यस कारणले ओलीको यो रेलको कुरा बकवास मात्र हो ।

दोस्रो कुरा केपी ओलीको सरकारलाई चाइनीजहरुले कहिले पनि विश्वास गर्दैनन् । त्यसको मूख्य कारण केपी ओलीहरुको कुनै आर्थिक एजेण्डा छैन, दरिलो संगठन छैन, सरकारमा बहुमत छैन र जनता साथमा छैन । यस्तो अवस्थामा राजा महेन्द्रले खेले जस्तो चाईना कार्ड खेल्नलाई उसलाई बहुतै कठीन छ । उनले तराईबासीहरु भारतीय हुन् भनेर भ्रम फिजाउने र नेपालका पहाडीयाहरुको समर्थनमा सरकारमा टिकिरहने, नेपालको पहाडीया पुलिस र आर्मीलाई तराईका निर्दोष जनजातिमा प्रयोग गर्ने ।

यो षड्यन्त्रलाई चीन र भारत दुबैले राम्ररी बुमmेका छन् । त्यसैले उनले भारत विरोधि कुरा चीनमा लगाएर चीनले कहिले पनि नेपालका तराई र भारतको विरोधमा जाँदै जान्न । भारतको विरोधमा यसकारण जान्न कि भारतसित ठूलोव्यापार छ र तराई तथा जनजातिहरुको विरोधमा यसकारण जान्न कि उनीहरु भड्किए भने तिब्बतको आन्दोलनलाई ठूलो सहयोग हुन्छ । यसैले केपी ओलीको हुइयामा हावादारी कुरामा कुनै तुकै छैन । यी कम्युनिष्टहरुले बेला–बेलामा नहुने हावादारी कुरा गर्छ । यो भन्दा पहिले यिनीहरुले चीनबाट तेल ल्याउने भयो भन्ने हावा गफ लगायो त्यो त्यसै तुहियो ।

यसैले चीनको नाम बेचेर हावादारी गफ गरेर सत्तामा बस्न खोज्नु भन्दा यी जनजाति र मधेशी पीडितहरुको समस्या सामाधान गराउनु, आफ्नो देशमा शान्ति अमनचैन कायम गर्नु र यहि शान्ति र अमन चैनको जगमा टेकेर नेपालमा विकास गर्नु दिगो र विश्वासिलो हुन्छ । जुन केपी शर्मा ओलीको दिमागमा छँदैछैन । किनकि उनले जनतामा विश्वास गर्दै गर्दैन । त्यो कुरा उनले २०२८ सालमा गरेको मmापा–काण्ड, जसमा निर्दोष जनताहरुलाई नरसंहार गरे, त्यसैको आधार बनाएर उनको राजनीतिक यात्रा शुरु भयो । अझै अहिलेका सत्ता सामmेदार माओवादीले त १७,००० नै मान्छे मारे ।

यसरी मान्छे मारेर सत्तामा पुग्ने र ढाँटेर विदेश नीति बनाउने जमाना गइसक्यो । इतिहास साक्षी छ । खमेरुठ क्याम्बोडीयामा रहन सकेन, चीनमा माओवादी हराएर गयो, सोभियत युनियन टुक्रियो, स्टालिनवाद हरायो, चारतमा चारुमजमदारको लागु नै हुन सकेन । त्यसैले न्यायप्रेमी जनताहरु ती भ्रमबाट कहिले पनि अन्योलमा पर्दैनन् । बरु यसलाई पर्दाफास गर्दै आफ्नो मागलाई पूरा गर्नका लागि अब सशक्त आन्दोलन गर्छन् त्यो आन्दोलनले हिजोको राणा, पञ्च र राजालाई फाले जस्तै अहिलेका माले, मसाले र मंडलेहरुलाई घुडा टेकाउँछ टेकाउँछ । यो ध्रुवसत्य हो ।
(लेखक महतोले बेलायतबाट इमेलमार्फत पठाएको लेख)

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com