जापानमा वर्ल्ड नेवाः अर्गनाइजेशन गठन

टोकियो (जापान), ३१ असार । नेपालका विभिन्न जिल्लाबाट जापानको फुकुओका क्षेत्रमा बसोबास गर्ने नेवारहरुले वर्ल्ड नेवाः अर्गनाइजेशन जापान, फुकुओका गठन गरेको छ । नयाँ गठित अर्गनाइजेशनले अशोक शाहीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमितिसमेत निर्विरोध चयन गरेको छ ।

अर्गनाईजेशनको सल्लाहकारमा सुगम श्रेष्ठ र नितु खड्की, उपाध्यक्षमा विकाश प्रधान, कोषाध्यक्षमा पृथ्वी श्रेष्ठ, सचिवमा आशिष खड्की र सहसचिवमा सजिना रञ्जित रहेका छन् । त्यस्तै सदस्यमा धर्म महर्जन, समुन्द्र श्रेष्ठ, अनिल श्रेष्ठ, अंकित श्रेष्ठ र रवि महर्जन रहेका छन् ।

अर्गनाईजेशनले नेपाली समुदायमा आइपर्ने समस्यामा सामूहिक पहलमा एकताबद्ध हुने उद्देश्यले अर्गनाईजेशन गठन गरिएकोे जनाएको छ । हाम्रो संस्कृतिको सरंक्षण र सम्बद्र्धन, संसारभर छरिएर रहेका नेपालीहरुसँगको समन्वय, आफूसँग भएको सीप, ज्ञानको प्रचार र नेपालमा केही आर्थिक सहयोग गर्ने उद्देश्यले वर्ल्ड नेवाः अर्गनाईजेशन जापान, पÞmुकुओका गठन गरिएको जनाएको छ ।

आफ्नो क्षेत्रबाट नेपाल र नेपालीका लागि केकस्तो सहयोग गर्न सकिन्छ भन्ने भावनाबाट प्रेरित भई निःस्वार्थ भावनाले लाग्नु नै यसको मूल कार्य रहेको कुराको जानकारी अर्गनाईजेशनका अध्यक्ष अशोक शाहीले दिए । वर्ल्ड अर्गनाईजेशन जापान, फुकुओकाका प्रतिनिधि राम कृष्ण श्रेष्ठको सक्रियतामा पÞmुकुओका शाखाको गठन भएको हो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com