एन्टाको अध्यक्षमा साहको उम्मेदवारी घोषणा

अमेरिका, २८ साउन । अमेरिकामा रहेका मधेशीहरुको छाता संगठन एशोसिएशन अफ तराइयन इन अमेरिका (एन्टा) को अध्यक्षका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष सुनिल साहले उम्मेदबारी दिने घोषणा गरेका छन् । अमेरिकाको ओहाइयो राज्यको कोलम्बस शहरमा आगामी सेप्टेम्बर १० मा हुन गइरहेको एन्टाको चौथो महाधिवेशनमा साहले अगामी कार्यकालका लागि अध्यक्ष पदमा आफ्नो दाबेदारी प्रस्तुत गरेका हुन् ।

सेप्टेम्बर १० मा हुने महाधिवेसनबाट अगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । एन्टाको स्थापना कालदेखि नै विभिन्न पदमा सक्रिय रहेर साहले कार्य गर्दै आइरहेको अवस्थामा नयाँ कार्यसमितिको अध्यक्ष पदका लागि आफू योग्य रहेको दाबी गरेका छन् ।

एन्टाको महासचिव, उपाध्यक्ष र वरिष्ठ उपाध्यक्षको पद सम्हालिसकेका साहले एन्टाको परम्पराअनुसार आफू अध्यक्षको दाबेदार रहेको बताएका छन् । एन्टा स्थापना भएदेखि नै सहमति र योगदानको आधारमा नेतृत्व चयन हुँदै आए पनि यसपटक अध्यक्ष पदमा एकभन्दा बढी व्यक्तिले इच्छा देखाएपछि निर्वाचनको माध्यमद्वारा नेतृत्व चयन हुन सक्ने सम्भावना छ । आफू अध्यक्ष पदमा निर्वाचित भएको खण्डमा एन्टाको विश्वभरी विस्तार गर्ने साहले बताए ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com