नेपालमा छैन रोजगारी, परदेशमा मर्दैछन् नेपाली (विचार)

रंजन भण्डारी

नेपालमा रोगजारीको उचित व्यवस्था नभईदिँदा लाखौंको संख्यामा युवाहरु वैदेशिक रोजगारीमा गएका छन् । ति मध्ये केहि शौखले गएपनि अधिकांश घर परिवार र आफ्नो भविष्यको उज्जवल कामनाका साथ विदेशिने गरेका छन । गत आर्थिक वर्षको तथ्यांकले विगत वर्षहरुभन्दा युवा विदेशिने क्रम केहि घटेको देखाएपनि विदेशिने युवा हरुको संख्या उल्लेख्य छ । सो मध्ये केहि शिप सिखेर गएका हुन्छन भने केहि विना शिपको पनि विदेशिएका हुन्छन । विदेशमा विभिन्न कारणले ठगिने श्रमशोषणमा पर्नेहरुको संख्यापनि उतिनै छ र वैदेशिक रोजगारीले नै आफ्नो र आफ्नो परिवारको सपना पुरा गरेकाहरुको संख्यापनि उल्लेख्य नै छ ।

रोजगारीकै क्रममा विदेशमै सडक दुर्घटना,कामकै वखत दुर्घटना,आत्महत्या,विभिन्न रोगका कारण मृत्यु आदी कारणले नेपालमै दैनिक तिनजनाको शव आउछ भने सो मध्ये वैदेशिक रोजगारीमा जानेहरुमा पहिलो स्थानमा रहेको धनुषा र दोस्रो महोत्तरीमा समेत मासिक ४ देखि ५ वटा शव आउने गरेको सुरक्षित आप्रवासन तथा सुचना केन्द्रका परामर्शदाता शावन कुमार सबनम बताउँछन् ।

एक वर्ष पहिले खाडी मुलुक साउदी पुगेका २८ वर्षिय रविन्द्र मुखिया महाराह ह्युमन रिसोर्स कम्पनीमा काम गर्न साउदी पुगेका थिए । ई.स. ८ जुन २०१६ मा उनको काम गरिरहेकै वेला टाउको अध्यधिक दुखेकोले फोरमेनको सल्लाहमा नजिकै रहेको अस्पतालमा जान खोज्दा अस्पतालको गेटमै उनी लडे । उनको नाकबाट रगत आयो र उनी मरे । उनको घरमा आमा, ३ भाई,६ बहिनी,श्रीमति र २ छोरी तथा २ छोरा छन । त्यसतै सिस्वा कटैया ७ का अभय सिंहले फासी लगाएर मृत्यु वरन गरे । उनले आफै फासी लगाए वा कसैले उनको हत्या नै गर्यो भनेर खुल्न सकेको छैन । उनी करिव २० महिना अगाडी मलेसिया पुगेका थिए । उनको घरमा श्रीमति र दुई छोरी छिन ।

जेठी छोरी आकृती ३ वर्षकि छिन र उनी विद्यालय जान थालेकि छिन र कान्छी छोरी भने १८ महिना कि मात्र पुगिन । उनको घरमा समेत अव वच्चाहरुको लालन पालन गरिदिने कोहि छैन । उनी जस्तै मनरा गाविसका बद्री मण्डल खत्वे कतारमा सुतिरहेकै अवस्थामा २४ जुलाईका दिन मृत भेटिए । महोत्तरीका यी तिनै व्यत्ति मध्ये मनराका बद्री मण्डल वाहेकका दुवै जनाको शव नेपाल आईसकेको छ तर उनले क्षतिपुर्ती भने अझै पाएका छैनन ।
बिमा कम्पनीबाट न्युनतम १० लाख र वैदेशिक रोजगार प्रबद्र्धन वोर्डबाट ३ लाख पाउने आशमा उनीहरुको परिवार मृत्युदर्ता प्रमाणपत्र,नाता प्रमाणित सिफारिस लगायतका विभिन्न कागजात बनाउन सुरक्षित आप्रवासन तथा सुचना केन्द्र महोत्तरीको मद्दत लिईरहेका छन । काठमाडौंमा भने पिएनसिसि नामक संस्थाले फारमहरु भर्न उनीहरुलाई सहयोग गर्ने केन्द्रको भनाई छ ।

किन बाध्य हुन्छन विदेश जान ?
समाजसेवी केदारनाथ पाठक भन्छन महोत्तरी,धनुषा लगायत सम्पुर्ण तराई पहिले कृषीमा आत्म निर्भर थियो । पहिले तराईबाट अन्न र खाद्यय वस्तु किन्न सिमापारीका गाउहरुबाट मानिसहरु आउने गरेका थिए । तर चुरेको विनासले अनियन्त्रितरुपमा बाढी आई नदीहरु र खेती योग्य जमिन वालुवाले भरिदै गयो र यहाको खेती योग्य जमिनहरुको उत्पादन शक्तिमा ह्रास आयो । त्यसतै नदि छेउमै सन्चालनमा रहेको क्रसर उद्योगहरुको संचालन सम्बन्धि नियम कानुन पालना नगर्नुपनि उर्वर भुमिको क्षति गर्न अहम योगदान रह्यो ।

विगतमै केहि कलकारखाना समेत तराईमा संचालनमा रहेकोमा सरकारको त्यसप्रतिको उदासिनताले ति कलकारखाना बन्द भयो र वेरोजगारी बढयो । कृषीमा निर्भर किसानहरु जमिनको उर्वराशक्ति कम भएपछि अन्य पेशातिर आकर्षित भए । अन्य क्षेत्रहरुमा सफल हुन नसकेका वा सफल भएपनि मनग्य धन आर्जन गर्ने उदेश्यले विदेशिने क्रम विस्तारै वढदै गयो र आजको अवस्थासम्म आईपुग्दा मधेशका आधा भन्दा वढी युवा विदेशिए । त्यसमा पनि शिप लिएर जानेको संख्या नगन्य रहेकोले समेत विदेशमा सडक ट्राफिकको वारे अनभिज्ञता, काम गर्दा अपनाईनु पर्ने सुरक्षाका साधनहरुको उपयोगिता वारेको ज्ञानको कमि र शरिरले कतिवेला कति तापक्रमसम्म सहन गर्न सक्छ भन्ने जानकारीको अभावमा समेत मृत्यु हुनेहरुको संख्या कहाली लाग्दो रहेको बताउछन ।

स्वदेशमै रोजगारी कति सहज छ ?
प्रेस स्वतन्त्रता सेनानी कुँवरकान्त झा भन्नु हुन्छ तराईमा विभिन्न सामग्री उत्पादन गर्न सक्ने क्षमता छ । कमि छ त केवल लगानीकर्ता र केहि गर्न सक्छु भन्ने सोचको । सरकारले समेत तराईमा कागज,चिनि,आपको जुस,कागतीको जुस लगायतका विभिन्न प्रकारका फ्याक्ट्रीहरु खोल्न चाजोपाजो मिलाउन सके नेपालका हजारौ युवाहरु स्वदेशमै रोजगारी गर्न पाउन सक्ने थिए । चुरेको संरक्षण,कानुन विपरित संचालनमा रहेको क्रशर उद्योग बन्द, नदीहरुलाई पुरानो स्वरुपमै फर्काउन कदम चाली तराईलाई पुनः कृषी र उद्योग प्रधान क्षेत्रको रुपमा विकास गर्न सकिन्छ । उनी थप्छन अहिलेपनि चुरे क्षेत्र भन्दा वाहिर रहेका स्थानहरुमा उद्योगहरु संचालित छन भने कृषीबाट समेत ति क्षेत्रहरुमा मनग्ये आम्दानी गरिएको छ ।

के छ विदेशमा नेपालीको हाल ?
विगत १० वर्ष देखि कतार स्थित एक सर्फ बनाउने कम्पनीमा कार्यरत जलेश्वर ५ का कलाम अन्सारीले विदेश सोचे जस्तो सहज नभएकोले बिना शिप र जाने देशको कानुन,परम्परा,रहन सहन,भाषा का साथै काम गर्ने कम्पनीको आधिकारिकता र आफुले पाएको काम आफु गर्न सक्षम भएनभएको भनि बुझि मात्र आउन सल्लाह दिन्छन । विदेशमा सडक वारेको अनभिज्ञताले दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या पनि धेरै रहेकोले स्वदेशमा पुर्ण जानकारी लिई मात्र आउनु पर्ने उहा बताउछन । हामीले विदेशमा जतिको मिहिनेत स्वदेशमै गर्न सके यहा भन्दा राम्रो कमाई गर्न सक्ने भएकोले पनि सके स्वदेशमै रोजगारीको अवसर खोज्नु पर्नेमा उहा सहमत छन ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com