आतंकवाद र अतिवादी सोच बिम्स्टेक देशहरुको साझा चुनौती : प्रम प्रचण्ड

गोवा (भारत), १ कार्तिक । भारतको गोवामा सम्पन्न ब्रिक्स र बिम्स्टेक देशहरुको संयुक्त बैठकलाई नेपाल सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दै आतंकवाद र अतिवादी सोच बिम्स्टेक मुलुकहरुको साझा चुनौती रहेको बताएका छन् ।

सम्बोधनमा प्रधानमन्त्री प्रचण्डले आतंकवाद र अतिवादी सोच साझा चुनौती रहेकोले त्यसको मिलेर सामना गर्नुपर्ने धारणा राखेका थिए । उनले बिम्स्टेक देशहरुबीचको कनेक्टिभिटीलाई नेपालले उच्च प्राथमिकतामा राखेको बताए ।

ऊर्जा र जलविद्युत लगायतका विकासका क्षेत्रमा मिलेर काम गर्न प्रस्तावसमेत प्रधानमन्त्री प्रचण्डले गरेका थिए । प्रधानमन्त्रीले बिमेस्टेकलाई बुद्धिष्ट सर्किट र बिमेस्टेक सम्पदालाई जोडेर नागरिक नागरिक बीचको सम्बन्ध र पर्यटनमा उपयोग गर्नुपर्नेमा जोड दिए ।

उनले बिम्स्टेक देशहरुको संस्कृति, इतिहास र भूगोलमा समानता रहेको बताउँदै बिम्स्टेक देशहरुको एकताले डेढ बिलियन जनसंख्याबीच विकास र आर्थिक विकासमा डाइनामिक इञ्जिनको काम गर्ने बताए ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com