तालिमनाडुकी मुख्यमन्त्री जयललिताको निधन

तामिलनाडु (भारत) । तामिलनाडुकी मुख्यमन्त्री जयललिताको सोमबार मध्यरात १२ बजेट निधन भएको छ । उनलाई आईतबार हृदयघातका कारण अस्पताल भर्ना गरिएको थियो । सोमबार राति एपोलो अस्पतालले उनको निधन भएको पुष्टि गरेको छ ।

उनी विगत दुई महिनादेखि अस्पतालमा उपचाररत थिइन् । उनको निधन पश्चात एपोलो अस्पतालको बाहिर उनका शुभचिन्तकहरूको बाक्लो भिड जम्मा भएको छ । भिडलाई नियन्त्रण गर्नका लागि प्रहरीले लाठि चार्जसम्म गर्नु परेको छ ।

तमिलनाडुमा आमा भनेर निकै चिनिएकी जयललिता अस्पतालमा गत सेप्टेम्बर २२ देखि उपचार गराइरहेकी थिइन् । जयललिताको स्वास्थ्य लाभका लागि उनका समर्थकले रातीदेखि नै मन्दिरमा पुजा अर्चना गरिरहेका थिए । उनी जानकी रामचन्द्रनपछि की दोस्रो महिला मुख्य मन्त्री हुन् ।

जयललिता चलचित्रबाट राजनीतिमा प्रवेश गरेकी हुन् । उनी भारतको पूर्वस्टार नायिका समेत हुन् । ६८ वर्षीय जयललिताको उपचारका लागि एम्स र बेलायतबाट चिकित्सकहरूको विशेष टोली खटाइएको थियो । उनको निधनको दुःखद समयमा प्रदेशमा ७ दिन राजकीय शोकको घोषणा गरिएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com