कतारमा सर्लाही साझा सम्पर्क समिति गठन

कतार । सर्लाही जिल्लालाई कार्यक्षेत्र बनाई कतारमा कार्यरत् युवाहरुले सर्लाही साझा सम्पर्क समिति भन्ने गैर सहकारी संस्था एवं बचत समूह गठन गरेका छन् ।

आइतबार कतारको सनायामा नेपाल सद्भावना पार्टीका केन्द्रीय महासचिव राजीव झाको प्रमुख आतिथ्यतामा बसेको एक बैठकले १९ सदस्यीय गैर सहकारी संस्था एवं बचत समूह गठन गरिएको हो ।

समूहको अध्यक्ष राम ध्यान राय, उपाध्यक्ष रणजीत कुमार कर्ण, सचिव हरिलाल महतो, सहसचिव राजेश कुमार राय, कोषाध्यक्ष कृष्ण ठाकुर रहेका छन् ।

यसैगरी, सदस्यहरु विश्वेसर ठाकुर, रामनन्दन मंडल, नवराज खान, रबिन्दर साह, दुखमोचन महतो, अशोक कुमार राय, सुरेश्वर महतो, तेजनारायण साह लगायत रहेका छन् ।

यस्तै, प्रमुख सल्लाहकार रमानन्द प्रसाद गुप्ता तथा प्रमुख संरक्षक विश्वेश्वर ठाकुर एंवम सहसंयोजक नवराज खान रहेको सचिव हरिलाल महतोले बताएका छन् ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com