अमेरिका । अमेरिकामा बस्ने मधेशीहरुले ‘मधेशी एसोसिएसन इन अमेरिका (मा)’ नामक संस्थाको घोषणा गरेका छन् । मधेशी एसोसिएसन इन अमेरिका (मा) एउटा गैरमुनाफा र गैरराजनीतिक संस्थाको रुपमा अमेरिकी मधेशीहरुले गठन गरेको जनाइएको छ ।
माले मधेशीहरुको पहिचान र संस्कृतिको प्रवद्र्धन गर्ने सँगीत रौनियारले बताएका छन् । मधेशीहरुको बीचमा विभिन्न विचार छलफलबाट बाँध्न यो एउटा प्लेटफर्म खडा गरिएको हो । यो संस्थाले अमेरिका लगायत अन्य मुलुकहरुमा रहेको संघसंस्थाहरुसँग समेत सहकार्य गर्नेछ ।
माका सदस्यहरु सुनिल कुमार साह, रामनरेश पाण्डेय, सँगीत रौनियार, नवीन कुमार साह, चेतनारायण यादव, मधु साह र शोभा मण्डल रहेका छन् ।