हृदयघातका कारण बालीवुड अभिनेता ओम पुरीको निधन

नयाँदिल्ली (भारत) । बालीवुडका चर्चित अभिनेता ओम पुरीको हृदयघातका कारण मृत्यु भएको छ । अभिनेता पुरीको ६६ वर्षको उमेरमा शुक्रबार बिहान हृदयघातबाट मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार ओम पुरीले आफ्नो करियरमा तीन सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् । उनले हालीवुड फिल्महरुमासमेत काम गरिसकेका छन् ।

ओम पुरी पद्मश्री पुरस्कारबाटसमेत सम्मानित भइसकेका छन् । जुन पुरस्कार भारतका नागरिक पुरस्कारहरुको पदानुक्रमा चौथो पुरस्कार हो ।

पुरीले सन् १९७६ मा मराठी फिल्म घासीराम कोतवालाबाट करिअर सुरु गरेका थिए । आक्रोस, अर्ध सत्य, गुप्त, जाने भी दो यारों, चाची ४२० लगायतका फिल्ममा अभिनय गरेका थिए । घायल रिटर्न उनको पछिल्लो फिल्म हो ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com