कलैया नगरपालिका बचाउ आन्दोलन : अधिकारको आन्दोलन

पिंकी यादव

बारा जिल्ला उत्तर झिटकैयाकी महिला उमरावति देवी अहिले दिनहुँ कलैया धाउने गरेकी छिन् । उनी कलैया धाउनुको मुख्य कारण हो, कलैया नगरपालिका बचाउ आन्दोलन । २०७१ सालमा साबिक उत्तर झिटकैया गाविसलाई कलैया नगरपालिकामा गाभेपछि हर्षित उमरावतिको हर्ष अहिले पिडामा परिणत भएको छ ।

कलैया नगरपालिकाको २१ नम्बर वडामा पर्ने उनको गाउँलाई अहिले स्थानीय तह पुनर्संरचना आयोगले २० किलो मिटर टाढा पर्ने प्रस्तावित जितपुर सिमरा उपमहानगरपालिकामा गाभ्ने भएपछि उनी पीडित बनेकी हुन् । उमरावतिको यस्तो पीडाले उनको निजी मात्र नभई सम्पूर्ण उत्तर झिटकैयाबासीको पीडालाई प्रतिनिधित्व गर्छ । उनी भन्छिन, ूहामीलाई जन्मदर्ता, बिवाह दर्ता गराउन र कुनै पनि सिफारिस लिन कलैया नजिक थियो । कलैया आउन त गाउँका महिलालाई कति समस्या हुन्थ्यो तर अब त्यही कामको लागि २० किलोमिटर टाढा जितपुर कसरी जाने ।

स्थानीय तह पुनर्संरचना आयोगले उत्तर झिटकैयालाई कलैया नगरपालिकाबाट काटेर प्रस्तावित जितपुर सिमरा उपमहानगरपालिकामा गाभ्नेभएपछि उत्तर झिटकैयाको समस्यालाई लिएर उत्तर झिटकैया मात्र नभई सम्पूर्ण कलैया नगरबासीहरु नै आन्दोलित भएका छन् । बारा उद्योग वाणिज्य संघको अगुवाईमा कलैयाका सम्पूर्ण नगरबासीहरु कलैया नगरपालिकालाई बचाउन आन्दोलनमा होमिएका छन् । कलैया नगरपालिका बचाउ र उत्तर झिटकैयाँलाई कलैयाबाट टुक्र्याउन पाईदैन भन्ने उनीहरुको मुख्य माग छ ।

सरकारी निर्णयको बिरोधमा माघ ६ गतेदेखि आन्दोनरत कलैयाबासीहरु कलैयाको भरतचोकमा रिले अनशनमा बसेका छन् । प्रधानमन्त्री समक्ष त्रापनपत्र समेत बुझाएका कलैया नगरबासीहरु आन्दोलनको क्रममा नगर परिक्रममा, चक्का जाम, बजार बन्द र जिल्ला प्रशासन घेराउ जस्ता कार्यक्रमहरु समेत गर्दैआएका छन् । तर कलैयाको माग र पिडालाई लिएर भईरहेको कलैयाबासीको आन्दोलनको आवाज सरकारको कानमा पुगेको देखिदैन् ।

ूसरकार मधेशप्रति सँधै बिभेदकारी रुपमा प्रस्तुत भएको छ । मधेशलाई सँधै जिस्क्याउने काम गरेको छ ।ू आन्दोलनको नेतृत्व गर्दैआउनुभएका बारा उद्योग वाणिज्य संघका अध्यक्ष बिनोद साह बताउनुहुन्छ । बाराको सबभन्दा जेठो कलैया नगरपालिकालाई उपमहानगरपालिका बनाउनुपर्नेमा नगरपालिका कायम भएको तिन वर्ष पनि नपुगेको गढीमाई नगरपालिकालाई जितपुर सिमरा उपमहानगरपालिका बनाउन खोज्नु र त्यसको लागि कलैया नगरपालिकाकै वडालाई काटेर त्यसमा मिलाउन खोज्नुले सरकारको मधेश र कलैयाप्रतिको बिभेद स्पष्ट देखिएको छ । वंहा भन्नुहुन्छ, ू सरकारको यो बिभेदको बिरुद्ध आवश्यक परे आमरण अनशन समेत बस्न तयार छु ।

कलैया नगरपालिका बचाउ आन्दोलनका अर्का एक सहभागी तथा मधेशी दलका नेता प्रमोद गुप्ता भन्नुहुन्छ, ू कलैया नगरपालिका बचाउ आन्दोलन समयको माग हो । सरकार सँधै मधेशसँग बिभेद गर्दैआएको छ । सरकारको बिभेदलाई आम जनतासमक्ष ल्याउन र कलैया नगरपालिकालाई बचाउन हामी आन्दोलनमा छौ ।ू

कलैया नगरपालिका बचाउ आन्दोलनलाई नजिकबाट हेरिरहनुभएका बारा नागरिक समाजका अध्यक्ष सुखप्रसाद चौधरी यो आन्दोलनलाई सकरात्मक रहेको बताउनुभयो । वहाँ भन्नुहुन्छ, ू यो अधिकारको आन्दोलन हो । जिल्ला सदरमुकाममा स्थित कलैया नगरपालिकामा सबै सरकारी कार्यालय छन् । जनताका लागि आवश्यक सबै भौतिक पूर्वाधार छ । २५ वडा रहेको कलैयाको जनसँख्या एक लाखभन्दा बढी छ । तर पनि सरकारले कलैयालाई उपमहानगरपालिका नबनाएर कलैयाको वडालाई काटेर अन्त मिलाउने कार्य गरेर कलैयाबासीलाई जिस्क्याउने काम गरेको छ ।ू त्यसैले आन्दोलन जायज छ, वहाँ भन्नुहुन्छ ।

६ लाख ८७ हजार जनसँख्या रहेको बारा जिल्लामा एक उपमहानगरपालिका, ६ नगरपालिका र सात गाउँपालिका बनाउने सरकारी योजना रहेको छ । बारामा कायम भएको ६ वटा नगरपालिकामध्ये कलैया नगरपालिका सबैभन्दा जेठो नगरपालिका हुनुका साथै जिल्लाको सदरमुकाम पनि हो । जंहा जिल्लाका सबै सरकारी कार्यालयहरु छन् । भारत सिमासंग जोडिएको मटिअर्वालाई महेन्द्र साजमार्गसँग जोडने मानमत मटिअर्वा हुलाकी सकड सरकारको प्राथमिकीमा परेको परियोजना हो ,जसको निर्माण कार्य सम्पन्न भएसँगै यस छेउछाउका सबै गाविसहरु कलैयासंग जनिक हुनपुग्छन । त्यस्ता पायक पर्ने केही गाविसहरु छन जो कलैयामा पहिलादेखि नै सहर्ष आउन आशय बोकेर पनि बसेका छन् ।

भौतिक पूर्वाधार र जनसँख्याको दृष्टिकोणले कलैयालाई उपमहानगरपालिका बनाउनसक्ने प्रसस्त आधारहरु छन । यति हुँदाहुँदै कलैयालाई उपमहानगरपालिका नबनाएर जितपुर सिमरालाई उपमहानगरपालिका बनाउन खोज्नु र कलैयासंग पायक पर्ने कलैया नगरपालिकाको वडाको रुपमाा रहेको उत्तर झिटकैयाँलाई जितपुर सिमरामा गाभ्न खोज्नु सरकारको निर्णय आफैमा बिरोधाभाष र बिभेदले भरिएको छ । राज्य पुनर्संरचना र प्रदेश सीमांकनको विषयलाई चुलिएको बिवाद र मधेश आन्दोलनको समस्याले निकास पाउन नसकेको अवस्थामा अहिले पनि मधेश आन्दोलनमै छ ।

राज्यको पुर्नसंरचना र प्रदेशको सिमाकंन नहुँदै स्थानीय तहको पुनर्संरचना र सीमा निर्धारण आफैमा बिवादित विषय हो । यस्तो अवस्थामा कलैयाप्रति सरकारले लिएको निर्णय र नितीले सरकाप्रति मधेशको रोष फेरी एक पटक कलैया नगरपालिका बचाउ आन्दोलनको रुपमा व्यक्त हुन खोजेको छ । स्थानीय जनताको बिचार र भावना बिपरित केन्द्रमा बसेर मधेशको विषयमा निर्णय लिने सरकारले मधेशी जनताको चाहना र भावनालाई बुझ्न नसक्नु र पटक पटक गलत निर्णय लिनु दुर्भाग्यको विषय हो । जसलाई सरकार र राज्यसत्ताको पवित्र मनले आत्मसात गरी समयमै सच्याउन पर्ने आवश्यक देखिन्छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com