डा.सी. के. राउतको शान्तिपूर्ण आन्दोलनको औचित्य सकिएकै हो ?

ई. दीपक कुमार साह

मधेश बलिदानी दिवस अर्थात माघ ५ गते लहानमा करिब एक लाख जनतालाई सम्बोधन गरी जनकपुरस्थित डेरामा फर्के पछि नै डा.सी. के. राउत गिरफ्तार हुन सक्ने हल्ला फैलिसकेको थियो । जनकपुरमा डेरा गरी बस्न लागेको एक बर्ष हुन लागे पनि नयाँ डेरा सरेको महिना लागेको थिएन । प्रहरीकै दवाबका कारण पुरानो घरबेटीले अकस्मात् डेरा छोड्न बाध्य बनाएका थिए ।

कसैले डेरा नै दिन नमाने पछि जनकपुर चार माछाबजार नजिकै धेरै समयदेखि मान्छे नबस्ने एउटा घरलाई एक साता लगाएर सफा गर्न लगाई त्यसमै सरेका थिए । पहिलो डेरा खोज्न पनि निकै गाहे भएको थियो ।

राजबिराजमा आमाबुबासँग बस्दा प्रहरीले जहिले पनि वृद्धबृद्धा आमाबुवालाई सताई राख्ने, मध्यराती पनि केरकार गरी धम्काइ राख्ने गरेको थियो । त्यहाँ बस्ने स–साना भान्जा–भान्जीहरुलाई पनि बारम्बार तर्साउने काम प्रहरीबाट भएकोले राजबिराज छोड्ने निर्णय डा.राउतले गर्नु परेको थियो । आमाबुबाको सेवा खासै गर्न सकेन, वृद्धावस्थामा पनि प्रहरीले बारम्बार दुःख दिदाँ राष्ट्रिय मानव अधिकार आयोगलाई समेत बारम्बार ध्यानाकर्षण गराउँदासमेत केही नभएपछि राजबिराज छोडेर जनकपुरधाम सर्न बाध्य भएका थिए ।

शासकको केन्द्र काठमाण्डौ सर्नु भएन, पहाडीको कब्जामा लगभग भइसकेको नजिकको बिराटनगर सर्न उचित लागेन, त्यही भएर जनकपुर नै रोजेका थिए । जनकपुर जस्तो तीर्थस्थल रोजाइको अध्यात्मिक समवन्ध पनि थियो, उत्तै आश्रम स्थापना गरेर कालान्तरमा आफ्नो अध्ययन, ध्यान र धार्मिक–अध्यात्मिक प्रवचनको आयामलाई विस्तार गर्ने । डा.राउतले आफ्नो संसारिक अशक्तिको विषयमा ३÷४ वर्ष अगाडि नै सार्वजनिक गरिसकेका थिए । जनकपुरधाम र लुम्बिनीमा आश्रम स्थापना गर्ने सम्वन्धमा । तर जनकपुरमा झण्डै ६ महिना लगाएर डेरा खोज्दा पनि नपाए पछि अन्त्यमा गत फागुनमा फेसबुक पेजमा नै विज्ञापन गर्नु परेको थियो ।

त्यतिले पनि नपुगे पछि आफै जनकपुर पुगी क्षदमभेषमा केही दिन डेरा तलाश गरी अन्त्यमा एउटा बेडरुम भएको एउटा फ्लायटमा बसेका थिए । एउटै बेडरुम भएपछि सपरिवार बस्दा डा.राउतको पढाई–लेखाईको क्रम नै ठप्प हुन पुगेको थियो, तर त्योभन्दा बढी अफ्ठ्यारो अतिथ्य सत्कारमा हुन्थ्यो । कोही भेट्न आएको खण्डमा कहिले सिढ़ीमुनी कुनामा त कहिले बाहिर घामको गर्मीमा भेट्नु पर्ने वाध्यता थियो । त्यो डेरा पनि मुस्किलले १० महिना टिक्यो ।

मंसीर १० गते जनकपुरको शिव चौकबाट उहाँको गिरफतारी पछि मंसीर १९ गते विवाह पञ्चमीको मेलाको अवसरमा जनकपुरको रामानन्द चौकमा भक्तजनलाई पानि खुवाइरहेका स्वराजीहरुको पानीको भाँडो फाल्दै गालिगलौंज गर्दै प्रहरी उपरीक्षकसहितको टोलीले धरपकड़ गरेको थियो । मंसीर २१ गते विवाह पञ्चमीको मेलाले छोडेर गएको फोहरमैलालाई स्वराजीहरुले सफा गर्न जाँदा धरपकड़ गरी सार्वजनिक मुदा लगाइदिएको दृश्यसहितका समाचारहरु स्थानीय टेलिभिजनहरूले प्रसारण गरेपछि र घरबेटीको घर प्रहरीले बारम्बार घेरेपछि आतिएका घरबेटीले तुरुन्तका तुरुन्त घरबाट निस्किने आदेश दिए ।

दुई बर्षीया छोरी र भर्खरै स्कूल पठाउन थालिएको ६ वर्षे छोरोसहित परिवारलाई लिएर कता जाने भनेर उहाँ सोच्नै सकेन । अन्ततस् उहाँ त्यही जनकपुरको माछाबजारस्थित डेरामा सरेका थिए।

माघ २० गते छतमा छोराछोरीसंगै बसेका थिए, अघिल्लो दिन सरस्वती पूजाको अवसरमा छोराछोरीसँगै उसको स्कूल जान नसक्नु वा त्योभन्दा पुर्व पनि अभिभावक दिवस होस् या अन्य निमन्त्राणामा जान नसक्नुको आफ्नो आत्मगलानीलाई पखाल्दै थिए । जानु पनि कसरी? कसैको विहेमा गयो भने त्यही प्रहरीहरुले छापामार शैलीमा आएर विहे नै विथोल्ने डर । केहीदिन अगाडी एक जना गाउँकै साथीले जनकपुरमा बनाउन लागेको घर हेर्न जाँदा त्यही प्रहरीहरु पुगेर तिनीहरुलाई नै सास्ती दिदै हप्तौ दिनसम्म केरकार गरे । कसै कहाँ भोजभतेर खान पुगे उसकै घरमा अनुसन्धान र प्रहरी टोलीको कारवाही । यहाँ त छोराको स्कूलमा म पुगे भने त्यहाँ पनि प्रहरी आंतक पुगे, छोरो नै स्कूलबाट निस्कासित हुने डर । त्यही भएर टाढै बस्छन् डा.राउत । तर ग्लानी ठान्दैनन् । त्यसैले केही समय छोराछोरीसंगै बिताउने कोशीस गर्छन् । किनकी दुई बर्ष अगाडि अर्थात २०७१ सालमा गिरफतारी भए पछि र त्यसपछि पनि बारम्बार गिरफतार भइराख्दा छोराछोरीबाट प्रायः टाढै बस्न बाध्य भए । छोरा त ५ वर्ष पार गर्दा स्कूलको मुखसम्म देख्न पाएन । त्यो दिन पनि तिनै लालाबालाहरुसंग केही समय बिताई राखेको थिए ।

अकस्मात तलबाट एकजना साथीले फोन गरे भने ‘प्रहरीले चारैतिरबाट घर घेर्दैछ, धेरै प्रहरीहरू छन् ३०÷४० जना जती ।’ विगतमा दर्जनौ पटक गिरफतार भएकोले केही अनौठो लागेन किनकी अहिलेसम्म कार्यक्रमबाट वा बाटोबाट गिरफतारी हुने गरेको थियो, घरबाट होइन । त्यसै पनि घर बाहिर ५÷७ जना सादा पोशाकका प्रहरीको जहिले नि पहरा दिन्छ । घरबाट निस्किदा जाहिले पानि एक हुल प्रहरीले पछ्याउने हुनाले प्रायस् माहिनामा एक वा दुई चोटी मात्रै घरबाट बाहिरिने गरेको डा.राउत झण्डै नजरबन्दको स्थिति मै रहन्छन् ।

अर्को कुरा, कुनै मुद्दामा डा.राउतको नाम परेको अनौपचारिक स्रोतबाट थाहा हुने वितिकै आफै अदालत पुगेर उपस्थित हुने गरेका छन् । ता कि कारवाही प्रक्रिया चाँडो अगाडि बढ़ोस्, कहिले पनि अदालतले जहिरी पूर्जीसमेत जारी गर्नु परेको थिएन । अहिले के पर्यो त्यस्तो घरमै आउनुपर्ने, दर्जनौ प्रहरी मिलेर घर नै घेर्नु पर्ने ? डा.राउतलाई खबर गरे भइहाल्थ्यो, ऊ आफै जिल्ला प्रहरी कार्यालय वा अदालत पुग्थे ।

यस्तै कुरा मनमा आएतापनि डा.राउतले फोनमा उतर दिए ‘पक्राउ पुर्जी छ कि भनेर सोधनुस्’ यति भन्दै फोन काटेको के थियो एक मिनेट पनि शायद बितेको नहोला त्यतीकैमा दुईवटा ग्रीलको ताल्चा फुटाएर बन्दुक हाथमा बोकेर बुट ठकठकाउँदै दर्जनौ प्रहरी हुलिएर डा.राउतको अगाडी खड़ा भइसकेका थिए । लाग्थ्यो कमाण्डोहरूको कुनै छापामार अपरेशण होस् । डा.राउतले सोधे,‘पक्राऊ पूर्जी छ कि ? । एउटाले देखाए । राज्य विरुद्धको संगठित अपराधमा अनुसन्धान । ‘मलाई लुगा लगाउन दिनोस्, एक दुईजना मात्रै बेडरुमसम्म हिडनुस्’ डा.राउतले भने त्यतिकै हिडनोस् भनी ढिपी गरे तापनि डा.राउतले जिद गरे पछि लुगा लगाउन दिन प्रहरीहरु राजी भए । तर १/२ जना हैन दर्जनौले डा.राउतलाई घेरेर लहरै लगे । त्यो भिड़भाड़मा छोरालाई बिर्सी सकेको रहेछ । ऊ सीढीमा ‘स्टाच्यू’ भइसकेको रहेछ । छोरी भने छतमा लुकी सकेकी थिइन् । लुगा लगाएर आउँदासम्म छोरा जस्ताको त्यस्तै थियो । ‘ममीलाई हैरान नगर्नु छोरा भनेर भन्दा छोराले आँखा पनि झिम्काएन । प्रहरी घेराबाट डा.राउतले उसलाई छुन सकेन । तल र्ओलेर गेट बाहिर निस्किदा साँच्चिकै प्रहरीलको तीनवटा भ्यान लियाएको रहेछ, दर्जनौ दर्जन प्रहरीले घेरा हालेको रहेछ, डराएका मान्छेहरु परपर खडा भएर मुकदर्शक बनेको रहेछ । एक जनाले मोबाइल लिएर खडा भएको डा.राउतले देखे । छोटो समयमा दुई चार शव्द बोलेर प्रहरी भ्यानमा बसेका थिए। कहाँ लग्ने थाहा थिएन ।

जिल्ला प्रहरी कार्यालय धनुषामा लगेर भ्यान भित्रै एक घण्टा राख्यो । पछि थाहा भए अनुसार त्यो अवधिमा प्रहरी पुनः डा.राउतको डेरामा पुगी श्रीमती र बच्चाहरुसँग दुव्र्यबाहर गर्दै छापामारी, तोडफोड गरी बच्चाहरुलाई आंतकित पारी केही समानहरु बरामद गरी ल्याएको रहेछ । जिप्रका धनुषा ढल्केबरमा ल्याएर ४ घण्टा जति भ्यानमै राखे । कहाँ लग्ने हो केही थाहा दिएन । राज्य विरुद्ध अपराधमा काठमाण्डौ त लग्ने हुन नि भन्ने डा.राउतले अडकल काटर्दै गर्दा अन्ततः राती ११स्०० बजेतिर लहान इलाका प्रहरी कार्यालयमा ल्यार राखियो ।

लहानमा भखरै हजारौ जनता ‘फ्री मधेश’को समर्थनामा र्ओलेको ठाउँ हाइवे । २०६३ सालमा उपेन्द्र यादवलाई गिरफतार गरिदा आधा दर्जन गाडीमा आगो लगाएर मधेश आंदोलन उठेको ठाँउ । डा.राउतले तुरुन्तै मेसेज दिन चाहे ‘नो रिएकसन, कीप क्वाइट, मेन्टेन पीस ।’ अफसोस डा.राउतलाई वकील र परिवारसँग पनि पछिल्लो दिनसम्म सम्पर्क गर्न दिइएन ।

बिहान शुक्रबार जिल्ला अदालत लगेर १० दिनको म्याद थमाइयो । त्यहाँ मात्रै थाहा पाए, संगठित अपराध निवारण ऐन अन्तर्गत यो म्याद थमाइएको रहेछ । डा.राउत काठमाण्डौ लग्ला कि भनी ठानेर बसेका थिए । त्यहाँबाट फर्कदा बाटोमा डीएसपीले लहानमा भइराखेको प्रदर्शन बारे जानकारी गराएका थिए । शान्त गराइदिन हुन भने । डा.राउतले फोन मै एउटा समर्थकलाई केही नगर्न र त्यही मेसेज अरु जिल्लामा पनि ‘रिले’ गर्न आग्रह गरे । त्यतिञ्जेलसम्म लहान भारदह, जनकपुर, जलेश्वर, रौतहट, बिराटनगरलगायतका ठाँउमा प्रदर्शन भइसकेको रहेछ । प्रहरीको दमन र गिरफतारी पनि भएछ । लहानमा मात्रै २१ जना गिरफ्तार भएका थिए, लाठी चार्जले दर्जनौ घाइते भएका थिए । दिइएको मेसेज एक पटक ‘रिले’भई सके पछि प्रर्दशन रोकिएको थियो ।



थमाइएको १० दिनको म्याद भित्र प्रहरीले कुनै ब्यान लिएन, फगुन १ गते अदालतमा पेश गरी पुनः १० दिनको म्याद थमाइयो । थुनामा राख्ने म्याद थमाउन, संगठित अपराध निवारण ऐन २०७० को दफा १४ अनुसार न त अदालत ले अनुसन्धानको प्रगति हेर्नुप¥यो ,न त सरकारी वकीलले कुनै बहस गरे । न त अदालतले सो ऐन उपयुक्त हुने कि नहुने भनी ठहर गर्न जरुरी सम्झे । न त हामी प्रतिवादीतर्फबाट बहस गरेको एक दर्जन वकीलहरूको बसह नै त्यहाँ सुन्यो । सो ऐनको दफा ३ (३ क) अनुसार आकर्षित हुन पहिला क्रियाकलाप ‘३ बर्षभन्दा बढी सजाय हुने’ ‘अपराध’ साबित हुनु पर्यो कि त परिच्छेद (३ बबमोजिम न्यायिक कारवाहीमा अबरोध वा विध्वांसात्मक कार्य वा अपराधिक लाभ (एलसर्टसन) लिएको हुनुपर्यो । त्यो कही कतै पो छैन । माघ ५ गते लहानमा सभालाई सम्बोधन गरेर प्रहरी प्रतिवेदन अनुसार ‘स्वायत्त मधेश’ र ‘अलग देश’को लागि भाषण गर्यो भनेर जुन अपराध ऐनले आकर्शित गर्न खोजिएको छ, सो विषयमा वादी नेपाल सरकार प्रतिवादी डा.सीके. राउत रहेको ०७२(ऋच्(०३१३ न. को राज्यविपलव मुद्दामा सर्वोच्च अदालतले डा.राउतका गतिविधिहरु राज्यविपलव नभएको स्पष्टठहर गर्दै २०७२ माघ ३ गते फैसला गरी नजीर कायम गरि सकेको छ ।

स्मरणीय छ सो मुद्दामा राउतको घोषणापत्र, मधेशको सार्भौम सम्पन्न ‘स्वतन्त्र देश की जाय’ लगायत ९ बुँदे माँगहरु, मधेशको नक्शा, झण्डा, राष्ट्रगान, राउतद्वारा लिखित किताबहरू, राउतले गरेका कार्यक्रमका र भाषणहरू सबैमाथि बहस भएर विशेष अदालतले पहिला २०७२/१/१० मा राउतको पक्षमा फैसला गरेको थियो ।(०७२–ऋच्(०३१३) र सोही निर्णयलाई सर्वेच्च अदालतले सदर गरेको थियो ।

यति हुँदाहुदै पनि राउतका सोही गतिविधी र भाषणलाई ‘राज्यविरुद्धको अपराध’ भन्नु सम्मानीय सर्वोच्च अदालतको अपहेलना हो र राज्यका अरु अंगको तुलनमा आंगिक अदालत आफैले सो मर्यादा उल्लघन गर्नु सम्मानीत संस्थाको नै अवमुल्यण हो । संविधान र ऐनकानुनको सर्बोच्च व्याख्याता सम्मानिय सर्वोच्च अदालतले नै राउतका ति गतिविधीहरू राज्यद्रोह वा राज्यविपलव होइन भनेर स्पष्ट भनि सके पछि राज्यकै प्रहरीले वा कुनै पत्रकारले राउतलाई राजद्रोही वा राज्यविपलवको बिल्ला भिडाउनु सम्मानित सर्वोच्च अदालतको उपहास नभई के हो त ? र, अनुसन्धाको दोश्रो म्याद सकेर तेस्रो म्यादसम्म पनि कतैबाट देखिन आएको छैन ।

यति हुँदाहुँदै पनि सो ऐन जबरजस्ती आकर्षित गराउन मुख्य प्रयोजन यातना दिनु नै हो । यस ऐन अनुसार हिरासतमा ६० दिनसम्म राख्न सकिने, जिल्ला अदालतको नै वर्षौ अल्झाउन सकिने दफा ३५ अनुसार काल्पनिक वा सांकेतिक नामबाट नै साक्षी, सुराकी र उजुरीकर्ताको बयान वा वकपत्र गराउने सकिने तथा हाजीर गर्न नपाइने हुँदा झुठो विवरण बनाई फसाउन सजिलो हुनेछ ।यस्तो हुनाले यो ऐन प्रयोग गरी फसाउन र यातना दिन सजिलो हुने भएकोले नै जबरजस्ती राउतमाथि यो ऐन आकर्षित गराउन खोजिएको छ ।

सो ऐनको दफा ५७ अनुसार अरु मुद्दामा परिणत गर्न सक्ने खोज्नुको मुख्य आश्य याताना दिनु नै हो यतिसम्म कि सिरहमा राउतसँगै रहेको अन्य नौ जना मध्ये कति यसै कारणले हिरासत भोगी रहेका छन् । किनकी उनीहरुको एक पटक ६ महिना अगाडि राउतसँग फोन सम्पर्क भएको थियो वा माघ ५ गतेको सभामा उनी उपस्थित थिए । उत्ता माघ २० गतेको गिरफतारीको बिरोध गर्दा रौतहटवाट दुई जना र रुपनदेहीवाट ६ जना शुभचिन्तकहरूलाई सोही ऐन अन्तरगत नै कारवाही अगाडि बढाइएको छ ।

हिरासतमा रहेकाहरु कतिसम्म आतंकित र प्रताडित छन् भन्ने कहिले मध्यराती डीएसपीका अंगरक्षकले ‘दुईटालाई टपकाईदे एक यी देशद्रोहीलाई, तेरो सरुवा गराइ दिउँला’ भनेर जान्छन् भने कहिले देढ घण्टासम्म औषधी खानका लागीसमेत पानीको लागि छटपाउँदा ‘अर्डर छैन, चुप लाग, खाए ट्वालेटको पानी खा’ भनेर जान्छन् । समयमै आउँदा पनि परिवारजनलाई समेत भेटन दिइन्नँ । वकील र पत्रकारको त टाँढा कै कुरा । यस्ता ज्यान मार्ने धम्कीका बारेमा अदालतमै कुरा उठाउँदा पनि कुनै सुनुवाई भएन । विरामी पर्दा जसोतसो सम्हालेर बस्नु परेको छ ।

तर वाहिर काठमाडौंमा राउतमाथि कारवाही गराउन चाहनेको जमात ठूलो छ । वानेश्वरको सडकदेखि संसद सम्मै । नेपालमै १७ हजारको नरसंहार गरेर आएका व्यतिm प्रधानमंत्री छन् । बम, बारुद र विभिन्न अपहरणबाटै जन्मेका शाक्षी लोकतन्त्रका मसिहा बनेका छन् । घाँटी छ्यापछ्याप रेट्दै हिड्ने प्रमुख प्रतिपक्षी छन् । मोवाइल टावर र यात्रुवस वमले उडाउँदै हिडने खुल्लामंचमा खुल्लमखुल्ला छाती ठोक्छन् तर बलिदानी दिवसको अवसरमा जनातालाई शान्तिपूर्ण सम्वोधन गर्ने हिरासतमा छन् । निहत्थाहरु, बाटोको एउटा ढुगां पनि उठाएर हिर्काउन नजान्नेहरु, स्वेच्छिक गिरफतारी दिनेहरु, कैदमा याताना भोग्नु पर्ने, यति हुँदाहुदै पनि राज्यले सैकडौ झुट्ठा मुद्दाहरु दर्ता गरेर यातना दिए पनि, प्रहरीले हजारौं समर्थकहरुलाई गिरफ्तार गरे पनि, हजारौलाई भौतिक रुपमा नै घाइते बनाए पनि, राउतको खुट्टा नै बिराटनगरको सभामा प्रहरीले भाँची दिए पनि, झापाको राजगढमा दर्जनौ लट्ठी राउतको टाँउकोमा बजारिँदा पनि राउतले दमनको प्रतिकार स्वेच्छिक गिरफ्तारी र ‘रोज मूमेन्ट’बाट नै दियो र दिदैँ आएका छ, भौतिक आक्रमण, यातना र दमनको बदलामा प्रहरीलाई गुलावको फूल नै दिदै आएको हो ।

राणाकालको क्रुरतामा पनि यस्तो भएन । एक वर्षको अवधिमा राउतले ४० जना भन्दा वढीलाई त राज्यविपलव कै मुद्दा पहिले नै दर्ता छ । फाल्गुन १ गते सिरहा जिल्ला अदालत अगाडि गिरफतारीको विरोध गर्न शांतिपूर्ण प्रर्दशनमा उत्रेका निहथा जनतामाथि लाठी चार्ज भयो । जसमा १७ जना सिरहा हस्पिटल भर्ना भएका थिए । केही दिन सम्म रामवली यादव र तेतरीदेवी महरा उपचारकै क्रममा थिए । फाल्गुन ७ गते प्रजातन्त्र दिवस मनाई राखिएको थियो, त्यतीबेला रुपन्देहीको मर्चवारमा राउतको गिरफतारीको विरोध गर्ने छुट कुनै जनतालाई भएन, उनीहरुमाथि गोली र आशुग्यास बर्साइयो । सयभन्दा बढी जनता घाइते भए ।

घाइते भएकी संगीता पासी, सरस्वती देवी मलहा, शिव चरण केवट, गिता कुमारी, सुप्रभा यादव, जशुद्रा भार, रामजतन कुहार, रामकेश गुप्ता र शेषमन जी जीवनमरनको दोसाधमा हस्पिटलमा थियो। हजारौ जनताका घरमा बन्दुक लुटिएको नाममा खोज तलाश गरी त्रशित बनाएको अवस्था थियो। पुनः प्रहरी आफै बन्दुक भेटियो भन्नु, जव पत्रपत्रिकामा प्रहरी आफैले बन्दुक लुकाएको कुरा बाहिर आयो ।

प्रहरीले मधेशी जनतामाथि दमन गर्न कतिसम्म घिनलागदो हरकत गर्छ भन्ने कुरा रुपनदेही घटनाबाट प्रष्ट बुझन सकिन्छ। तैपनि प्रेस काउन्सिलले पत्राचार गर्न छाड्ने छैनन् तिनीहरुले सीके राउतको नाम लेख्यो भने कारवाही हुनेछ । तैपनी मानवआधिकार आयोगको अनुहारको कुनै लज्जा वा ग्लानिवोधको रेखा देखिदैन् । निहत्था, घायल, यातना भोगिराख्दा पनि नेपाली पत्रपत्रिकाहरुले राउत विरुध अफवाह फैलाउन छाडने छैनन्, एउटै मौका चुक्ने छैनन् ।

के शान्तिपूर्ण मार्ग अपनाउनु नै राउतको अपराध हो? के गांधी र मंडेलालाई आर्दश मान्नु नै अपराध हो? शायद हो ! शायद विष नभएको ‘हरहरा’ र्सप हुनु नै अपराध हो, त्यही भएर त कहिले राज्यले त काहिले प्रहरीले त कहिले मिडियाले त कहिले कथित मानवअधिकारकर्मीले राउतको पुच्छर समातेर नचाई राख्छन् । प्रताडित गरी राख्छन् । सर्बोच्च अदालतले पक्राउ पुर्जी जारी गरेकाहरु राज्यकै मन्त्री र प्रहरी प्रमुखहरूसँग सार्वजनिक कार्यक्रम गर्दै हिँड़छन्, नरसंहारकहरू बन्दुकधारीहरू खुलमखुल्ला छन् । तिनीहरुलाई समात्ने हिमत नेपाल प्रहरीसंग छैन तर राउतजस्ता एउटा निरीह प्राणीको घर घेरेर बारम्बार गिरफतार गरी आफ्नो झुठो मर्दानगी सावित गर्न खोज्दैछ ।

करौंड़ो अर्बौंमा भ्रष्टाचार गरेका नेताहरूको सम्पति स्रोतबारे मुख खोल्ने सक्दैन, तर जिल्लाको कार्यक्रमा जाँदा बस टेम्पुभाड़ा र रिचार्डÞ कार्डको पैसा कहाँबाट आयो भनेर सोधी आफ्नो तिक्षणता देखाउँछन् । ‘छिद्दान्ते सरलास्तत्र कुब्जास्तिष्ठान्ति पादयास्’ भनेरै हो २०६३ सालमा उपेन्द्रलाई हिरासतमा राख्दा लहानमा आधा दर्जन गाडीलाई आगोमा झोंसे झै राउतका कार्यकर्ताले गाडीमा आगो लगाउन नसकेकोले त होला लहानको यो बिच बाटोमा हिरासतमा सतौ हप्तासम्म यातना भोगि राखेका छन् । के राउतसंग त्यो हैसियत न भएको हो ? २०६३ सालमा उपेन्द्र यादव हिरासतमा जाँदा उनको भाषण सुन्न लहानमा २०÷२५ जना जम्मा हुदैन्थे । राउत कहाँ लाखौ समर्थक भएर त्यो हैसियत नभएको हो ।

माओवादीलाई तिरस्कार गरेर जंगल धकेल्दा कति जना थिए र के हैसियतका थिए ? र, स्मरण रहोस राउतको कार्यक्रममा अहिले आएका लाखौ जनता ‘निहत्था भएर प्रहरीका कुटाई खान तैयार, स्वच्छिक गिरफ्तारी दिन’ तैयार जनता हुन । तिनीहरू मार्न हैन, मर्नका लागि तैयार जनता हुन् । तिनीहरूले कदाचित दर्शन फेरे भने कुन दिनको दर्शन हुने हो, आंकलन गर्न सकिएला, यदि अलिकति पनि होश छ भने ।

यद्दपी शासकमा जहिले पनि शक्तिको माद हुन्छ, आफ्नो सेना, पुलिस र बन्दुकको नशा हुन्छ, आफुलाई अभिनाशी ठान्ने अहंकार हुन्छ । तर धेरै सिकन्दर नेपोलियन र हिटलर पैदा भएर मरेर गए, जनता जहिले पनि जित्छ नै । यदि शासककै शक्तिले हेर्ने भए राजा ज्ञानेन्द्रले सय जना पनि मार्न नसकी किन पुरखौली गद्दी छोड्नुपथ्र्यो? यदि शासककै शक्तिले नै हुने भए गतवर्ष नाकावंदी जस्तो विकराल घटना भएपनि ६० जना गुलाम मधेशी मात्रै मारेर नेपाली शासकले किन रोकिनु पथ्र्यो, हजार÷दश हजार लाखौं भुटै त भइहाल्थ्यो नि ।

राउतले चाहेको भनेकै नेपालीहरू सुखीले बाँचुन र मधेशीलाई पनि बाँच्न दिउन् । त्यही भएर नै राउतले ‘फर्ष्ट क्वाडरेन्टको’ को ‘वीन वीन’लाई रोज्न नै शान्तिपुर्ण मार्ग अँगालेको हो ।

तर एक छिन विचार गर्नुस, एउटा विरालो आफ्नो स–सना दुईबटा बच्चाहरुसँग बसेको छ, तपाईँलाई कही कतैबाट वाधा अवरोध नगरी । तर त्यसलाई तपाईँले भित्थामा लखेटेर, लट्ठीले हिर्राकाएर, खुट्टा भाँचेर सडक मै पु¥याइदिनु हुन्छ । त्यहाँ पनि उसले एउटा पेटीको अँध्यारो कुनामा ओट लाग्दै आफ्नो बच्चाहरूलाई तपाईँको ढुङ्गा र लाट्ठी प्रहारबाट जोगाउने कोशिश गर्दछ । तै पनि तपाईँ रोकिनुहुन्न । आफ्नो बच्चालाई जसो तसो रक्षा गरिरहेको त्यो निरीह बिरालोलाई घेरा हालेर, थुनेर, आफ्नो बन्दुकको कुन्दाले त्यसका बच्चालाई हिर्काई राख्नु भयो भने उसले आखिर गर्ने के ? डा.सी. के. राउतको शान्तिपूर्ण आन्दोलनको औचित्य सकिएकै हो ?
(हिरासतमा विभिन्न व्यक्तिसँग भेठघाट हुँदाँ गरेको कुराकानीमा आधारित)
(लेखक मधेशी अधिकारकर्मी हुन् ।)


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com