मुद्दाहरु सम्बोधन नभएसम्म स्थानीय चुनावमा सहभागी हुँदैनौं : गठबन्धन

काठमाडौं, ३० चैत । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितको संघीय गठबन्धनले संविधान संशोधन गरी मुद्दाहरु सम्बोधन नगरुञ्जेल स्थानीय तहको निर्वाचनमा सहभागी नहुने निर्णय गरेको छ ।

बुधबार गठबन्धनका संयोजक उपेन्द्र यादवको अध्यक्षतामा फोरम नेपालको केन्द्रीय कार्यालयमा केन्द्रीय आन्दोलन मूल परिचालन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारले संसद सचिवालयमा मंगलबार दर्ता गराएको संविधान संशोधन विधेयकले आफूहरुको माग सम्बोधन गर्न नसक्ने निष्कर्ष निकाल्दै सो विधेयकलाई अस्वीकार गरेको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com