हामी १३औं वर्षमा

काठमाडौं, १ बैशाख । समानता, समन्याय र समृद्धिका निमित्त सक्रिय राष्ट्रिय साप्ताहिक मधेशवाणीले स्थापनाको १३औं वर्षमा प्रवेश गरेकोप्रति सगौरव आभार प्रकट गर्दछौं । सोच, स्थापना, सहकार्यता र सहयात्रामा सहयोग गर्नु भएका सम्पूर्णलाई हृदयदेखि धन्यवाद व्यक्त गर्दछु । आगामी दिनहरूमा पनि सहयोग, सद्भाव र सल्लाह पाइराख्ने विश्वास छँदैछ ।

मधेशीलाई अधिकार सम्पन्न बनाउन हामी निरन्तर लागिराख्ने छौं । सम्मानसहितको सहभागिता र रंगभेदमुक्त नेपाल निर्माणमा हाम्रो संघर्ष जारी नै रहनेछ ।

रंगभेदको निरन्तरता र अखण्डताको चाहना सँगसँगै पूरा हुन नसक्ने भएकोले हामी खबरदारी, समझदारी र साझेदारी गरिरहने छौं । हाम्र्रा प्रत्येक पाइलाहरूले मधेशी समुदायलाई समानता, समन्याय, सद्भाव र समृद्धितर्फ सहकार्य गर्न बल पु¥याउनेछ । साझा र समृद्ध नेपालभित्र ससम्मान बाँच्न पाउने हाम्रो अधिकारको सुनिश्चितताप्रति हाम्रो कलम चलि नै रहनेछ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com