सुरक्षा अङ्गका प्रमुखहरुलाई प्रधानमन्त्रीले भने, ‘निर्धारित मितिमै निर्वाचन हुन्छ’

काठमाडौं, ५ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुरक्षा अङ्गका प्रमूखहरुलाई निर्धारित मितिमै स्थानीय तहको निर्वाचन हुने बताएका छन् । प्रधानमन्त्रीले मंगलबार बालुवाटारमा सुरक्षा अंगका प्रमुखहरुलाई बोलाएर देशको सुरक्षा अवस्थाबारे जानकारीसमेत लिएका थिए ।

प्रधानमन्त्रीले नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षत्री, नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धानका प्रमुख दीलिप रेग्मीलाई बालुवाटार बोलाएर मुलुकको सुरक्षा अवस्थाबारे जानकारी लिएका हुन् ।

भेटमा प्रधानमन्त्रीले बैशाख ३१ मा हुने स्थानीय तहको निर्वाचनका सम्बन्धमा गरिएको सुरक्षा तयारीबारे सुरक्षा अङ्गका प्रमूखहरुसँग जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा प्रधानमन्त्रीले निर्धारित मितिमै स्थानीय तहको निर्वाचन सम्पन्न हुने जानकारी गराउँदै निर्वाचनका लागि प्रभावकारी सुरक्षा प्रबन्ध गर्न सुरक्षा प्रमुखहरुलाई निर्देशन दिएका हुन् ।

भेटमा सुरक्षा अङ्गका प्रमूखहरुले देशमा शान्ति सुरक्षाको अवस्था सामान्य रहेको बताउँदै निष्पक्ष, स्वतन्त्र र भयरहित रुपमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकाय पूर्णतः सक्षम रहेको र निर्वाचन सुरक्षाको तयारी गरिरहेको जानकारी गराएका थिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com