नयाँ वर्षको आगमनसँगै सुखद् सन्देश (विशेष सम्पादकीय)

प्रसंग : मधेशी दलबीच एकीकरण

मधेशकेन्द्रित दलहरूमध्येश ६ दलबीच भएको एकीकरणले मधेशमा खुशीको संकेत दिएको छ । संविधानसभाको दोस्रो निर्वाचनमा पनि मधेशी दलहरूबीच एकता नभएका कारण अप्रत्याशित पराजय भोग्नु परेको थियो । त्यसपछिको बद्लिँदो राजनीतिक परिवेश, थ्रेसहोल्डको सम्भावित असर र मधेशी जनताको चाहनाका कारण आज ६ दलबीच एकीकरण सम्भव भएको छ ।
कार्यदिशा, रणनीति, समयसीमाको प्रष्टताका साथ अवधारणा सार्वजनिक भएन भने यो एकीकरण एउटा समाचारमा मात्र सीमित भइहाल्छ । एकीकृत दलहरूले अबको धार, धारणा र धरातल प्रष्ट्याएर अगाडि बढ्न जरूरी छ । एकीकरण हुनु सुखद् समाचार हो तर यो पापमोक्ष अभियान पक्कै होइन । दलहरूको हिजोको प्रतिबद्धता, प्रवृत्ति, प्रतिफलका बारे समीक्षा गरी जनतालाई बताउन सक्नु पनि बाँकी रहेको दायित्व मध्ये एउटा पर्छ । मधेशी जनताको नाममा भएको एकीकरण र त्यसपछिको कार्यशैलीले भविष्य निर्धारण गर्ला । एकीकरणको सुसमाचारले मधेशको एउटा तप्कामा खुशी छाएको छ । तर, आत्मआलोचना बिनाको एकीकरणले जिल्ला–जिल्ला वा भ्रातृ संगठनलाई समेट्न कुनै नयाँ जुक्ति अख्तियार गर्नुपर्ला ।
लामो प्रयास र त्यागका कारण गरिएको एकीकरणले देश र मधेशको अधिकार सम्पन्न बनाओस् । शान्त, साझा र समृद्ध मधेश निर्माणमा सकारात्मक भूमिका खेलोस् । एकीकरणमा लागेका सबैमा शुभकामना ।


प्रकाशित मिति : २०७४ साल बैशाख ८ गते शुक्रबार ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com