राजपा आयोगमा पहिलेदेखि दर्ता

काठमाडौं, ८ बैशाख । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका ६ दलले बिहीबार घोषणा गरेको राष्ट्रिय जनता पार्टी निर्वाचन आयोगमा आजभन्दा करिब एक महिना अगाडि नै दर्ता भइसकेको छ ।

२०७३।१२।२ मा निर्वाचन आयोगमा भेषबहादुर लिम्बूले दल दर्ता गराएका थिए । मधेशवादी दलहरूले पार्टीको नामाकरण गर्नुअघि नै यसबारे अनुसन्धान गर्नुपर्ने थियो ।

हाल घोषणा भएको राष्ट्रिय जनता पार्टी निर्वाचन आयोगमा दर्ता हुन सक्दैन । तसर्थ घोषणा गरिएको दलको नाममा परिवर्तन गर्नुपर्ने देखिन्छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com