काठमाडौं, ८ बैशाख । अहिले नेपालको राजनीतिमा एकीकरणको हावा चलेको छ । राजनीतिक दलसम्बन्धी आउन लागेको विधेयक थ्रेसहोल्डका कारण पार्टीहरु अहिले धमाधम एकीकरण गरिरहेका छन् ।
पार्टी एकीकरणका लागि ‘पार्टी एकता संयोजन समिति’ समेत गठन गरिएको छ । समितिमा भट्टराई, यादव र अशोक राई छन् । दुई पार्टीबीच सुरुमा कार्यगत एकता हुने र पछि दुई पार्टी नै एक हुने गरी प्रक्रिया अघि बढेको स्रोतले बतायो ।