निर्वाचन कार्यक्रम विथोल्दा मधेशी मोर्चाका नेताहरु २ घण्टा हिरासतमा

धिरेश दत्त, जनकपुरधाम, ८ बैशाख । मुजेलियास्थित निर्वाचन सम्बन्धी कार्यक्रममा अवरोध गरेको भन्दै प्रहरीले धनुषाका मधेशी मोर्चाका सबै जिल्ला अध्यक्षहरुसहित १३ जनालाई पक्राउ गरेको थियो ।

शुक्रबार विहान करिब ११ बजे जिल्ला निर्वाचन कार्यालय धनुषाले निर्वाचन सम्बन्धी शिक्षा दिइरहेको अवस्थामा अवरोध गर्न गएका मोर्चाका जिल्ला अध्यक्षहरुलाई पक्राउ गरिएको थियो ।

जनकपुरको मुजेलियास्थित ग्रामिण शिक्षण तालिम केन्द्रबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा संघीय समाजवादी फोरम नेपालका जिल्ला अध्यक्ष चन्द्रेश्वर महतो, नवघोषित राष्ट्रिय जनता पार्टीका नेताहरु परमेश्वर साह, संजय सिंह, प्रमोद यादव, देवकृष्ण मंडल र सतिश लाल दास लगायत १३ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ गरिएका सबैलाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखि करिब २ घण्टा पश्चात् रिहा गरेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com