कपिलवस्तुमा ७ पुरातात्विक स्थल क्लिन क्षेत्रमा

मो. इमरान खान, कपिलवस्तु, २५ बैशाख । २५६१ औं बुद्ध जयन्तीको अवसरमा जिल्लाका बुद्धसँग सम्बन्धित ७ वटै साइटहरु क्लिन कपिलवस्तुको रुपमा विकास गर्न शनिबार सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुअन्तर्गत म्यादी प्रहरीहरुको सक्रिय सहभागितामा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ ।

लुम्बिनी विकास कोषका सदस्य तथा २५६१ औं बुद्धजयन्ती मूल समारोह समिति कपिलवस्तुका संयोजक राजेश ज्ञवालीले जिल्लाका ७ वटै साइटमा पुगेर सरसफाइ अभियानमा सरिक भएर कार्यक्रम सफल पार्न सहयोग गरेका थिए ।

लुम्बिनी विकास कोषको मुख्य जिम्मेवारी रहेको उक्त अभियानमा तिलौराकोट र कुदान परिसरको सरसफाइ कार्यक्रममा आयोजक समिति सदस्य भक्तिराम पन्थी र समाजसेवी तथा सदस्य अमृतचन्द ठाकुर लगायतका व्यक्तित्वहरुले कार्यक्रम सफल पार्न महत्वपूर्ण सहयोग गरेका थिए ।

लुम्बिनी विकास कोषका कर्मचारी माधवराज आचार्यले सरसफाइ कार्यक्रम प्रभावकारी रुपमा सम्पन्न भएको संचारकर्मीलाई प्रतिक्रिया दिएका थिए । भगवान गौतम बुद्धले २९ वर्ष यस कपिलवस्तुको तिलौराकोटमा बिताएको महत्वलाई स्वीकार गरी तिलौराकोटको सेरोफेरोमा रहेका सातवटा बुद्धसँग सम्बन्धित स्टलहरुको प्रचारप्रसार र विविध कार्यक्रमको आयोजना गरि २५६१ औं बुद्धजयन्ती सभ्य र भव्य रुपमा सफल पार्न लुम्बिनी विकास कोषका सदस्य राजेश ज्ञवालीको संयोजकत्व समिति गठन गरी विभिन्न गतिविधि संचालन गरिएको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com