रौतहटमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

रौतहट, २६ बैशाख । ट्याक्टर र अनटेष्ट मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका–९ बस्ने ३५ वर्षीय राजेश राम र पछाडि सवार गौर नगरपालिका–११ बस्ने ६० वर्षीय बैजु रामको मृत्यु भएको हो ।

दुर्गाभगवती गाउँपालिका–७ राजपुर तुल्सी चोकस्थित गौर चस्पुर सडक खण्डमा गौरबाट गरुडा तर्फ जादै गरेको ना.३ त ३६५० नम्बरको ट्याक्टर र अन टेष्ट मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । गम्भीर घाइते भएकाले उपचारको लागि हेल्थ ल्याण्ड अस्पताल गरुडा हुँदै थप उपचारको लागि बिरगंज लगेकोमा उपचारको क्रममा दुवैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटना भएको मोटरसाइकल उछिट्टीएर रोकीराखेको विआर ३० डि ०३५५ नम्बरको मोटरसाइकलमा ठोक्किदा विआर ३० डि ०३५५ नम्बरको मोटरसाइकल पछाडि सवार ईशनाथपुर गाउँपालिका–२ बस्ने ३० वर्षीया सरस्वती देवी समेत घाइते भएकाले सोही अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनामा परेका ३ वटै सवारी साधन नियन्त्रणमा लिई फरार ट्याक्टर चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com