राजविराज नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण सुरु गर्यो

सप्तरी, २६ बैशाख । राजविराज नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण कार्य सुरु गरेको छ । लामो समयदेखि स्थानीय निकायमा देखिएका विवादका कारण सामाजिक सुरक्षा भत्ता कार्यक्रम प्रभावित भएको थियो । कार्यालयले आन्तरिक समस्या समाधान गरी आइतबारदेखि सामाजिक सुरक्षाको भत्ता वितरण गर्न थालेको हो ।

राजविराज नगरपालिकाका कार्यकारी उमेश कुमार यादवका अनुसार कुल १ हजार ७ सय ५२ जनाले सामाजिक सुरक्षा भत्ता लिँदै आएका छन् । उनीहरुलाई आइतबारदेखि नै क्रमिक रुपमा रकम वितरण गरिँदै आएको उनले बताए ।

सामाजिक सुरक्षा भत्ता पाउनेमा ज्येष्ठ नागरिक ६५६, दलित ज्येष्ठ नागरिक १६६ जना, विधवा ६४८ जना, अशतm ६४ जना, अति अशक्त १७ जना र बालबालिका १७१ जना रहेको कार्यकारी यादवले बताए ।

स्थानीय निकाय पुनर्संचनाका कारण कार्यालयको खाता परिवर्तनदेखि अन्य कतिपय प्राविधिक कारणले रोकिएको आर्थिक कारोबार सुचारु भएपछि सामाजिक सुरक्षा भत्ता वितरणको काम पनि अघि बढाइएको शाखा अधिकृत प्रफुल श्रेष्ठले बताए ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com