लोकतान्त्रिक फोरमबाट तीन जना राज्यमन्त्री थपिँदै

काठमाडौं, २६ बैशाख । नेपाल लोकतान्त्रिक फोरम पार्टीबाट प्रचण्ड नेतृत्वको सरकारमा तीन जना राज्यमन्त्री थपिँदैछन् । सोमबार लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारको नेतृत्वमा प्रचण्ड सरकारमा सहभागी भएको थियो ।

स्थानीय विकास राज्यमन्त्रीमा जनकराज चौधरी, नागरिक उडड्यन्त्र तथा पर्यटन राज्यमन्त्रीमा यशोदा लामा र भूमिसुधार राज्यमन्त्रीमा सुमित्रा थारु सपथ ग्रहण गर्दैछन् ।

गच्छदारले उपप्रधान तथा स्थानीय विकास, जितेन्द्र देवले पर्यटन र गोपाल दहितले भूमिसुधार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा साँझ पाँच बजे राज्यमन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम राखिएको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com