निर्वाचनमा सहभागी भई मधेशको माग र आन्दोलनलाई पुष्टि गर्न एक होऔं : यादव

नेपालगन्ज, ४ जेष्ठ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचनमा सहभागी भएर ब्यालेटबाट मधेश र मधेशीको माग सहि रहेको प्रमाणित गर्ने बेला आएको बताए ।
उनले मधेश र मधेशीका हकअधिकारका लागि सबैले निर्वाचनमा सहभागी भई आफ्नो उम्मेदवारलाई जिताएर मधेशसको माग र आन्दोलनको औचित्य पुष्टि गर्न सबै एकजुट भएर लागौँ भने ।
दोस्रो चरणको निर्वाचनको तयारीका लागि आएका सङ्घीय समाजवादी फोरम नोपलका अध्यक्ष यादवले बुधबार नेपालगन्जमा दलका कार्यकर्तालाई सम्बोधन गर्दै ब्यालेटबाट सरकारलाई जवाफ दिने बेला आएको बताए ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com