स्थानीय चुनावमा अपेक्षित परिणाम नआएको कांग्रेसको निष्कर्ष

काठमाडौं, ५ जेष्ठ । नेपाली कांग्रेसले पहिलो चरणको चुनावमा अपेक्षित परिणाम नआएको निष्कर्ष निकालेको छ । विहिबार नेपाली कांग्रेस पदाधिकारी एवम् राजधानीमा उपलव्ध केन्द्रीय सदस्यहरूको चुनावको समिक्षात्मक बैठकले दोस्रो चरणको स्थानीय चुनावमा प्रभावकारी ढंगले प्रस्तुत हुने र बढीभन्दा बढी परिणाम आफ्नो पक्षमा पार्ने निर्णय गरेको छ ।

कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा बसेको बैठकपछि पत्रकारहरूलाई जनकारी गराउँदै केन्द्रीय सदस्य महेश आचार्यले उक्त कुरा बताएका हुन् । उनले भने, ‘अहिले मिश्रित चुनावी नतिजा छ । कति ठाउँमा एमालेले जितेको छ, कति ठाउँमा नेपाली कांग्रेसले जितेको छ । जति हामीले सोचेका थियौं, त्यति राम्रो भएको छैन ।

यद्यपि, अन्तिम परिणाम आउन बाँकी छ ।’ बैठकमा ‘अहिलेको परिणामको समीक्षा भएकोर आगामी चुनावी रणनीति तय गर्ने र दोस्रो चरणको चुनावमा अलि प्रभावकारी ढंगले प्रस्तुत हुनेनिर्णय भएको’ नेता आचार्यले बताए । आचार्यले भने, “अब संविधान संशोधन गर्ने र आगामी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने विषयमा पनि बैठकमा छलफल भयो ।’

पूर्वसहमति अनुसार माओवादी अध्यक्ष प्रचण्डले अब कांग्रेस सभापति देउवालाई सत्ता हस्तान्तरण गर्ने केन्द्रीय सदस्य महेश आचार्यले जानकारी दिए ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com