पहिलो चरणको निर्वाचनबाट ५ हजार ९ सय ६० प्रतिनिधि निर्वाचित

काठमाडौं, ५ जेष्ठ । बैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनबाट ५ हजार ९६० प्रतिनिधि निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । कान्तिपथस्थित आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) बाट प्राप्त जानकारीअनुसार, शुक्रबार बिहान १० बजेसम्ममा १६१ स्थानीय तहको मतगणना कार्य समाप्त भई उम्मेदवारहरूको विवरण प्राप्त भएको छ ।

पछिल्लो विवरणअनुसार, नगरप्रमुख वा अध्यक्ष १६१, उपाध्यक्ष/उपप्रमुख १६१, वडाध्यक्ष १ हजार ३२२, वडा सदस्य २ हजार १९२, महिला सदस्य १ हजार ९५ र दलित महिला सदस्य १ हजार ३० निर्वाचित भइसकेका छन् ।

यसैगरी, हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाको हुम्ला माविको राया मतदान केन्द्रमा आज मतदान कार्य शान्तिपूर्णरुपमा भइरहेको छ । त्यहाँ उम्मेदवारको निधनका कारण बैशाख ३१ को निर्वाचन स्थगित भएको थियो ।

 


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com