रुपन्देहीमा मतदान शिक्षा कार्यक्रम सञ्चालन

रबिन्द्र प्रताप गुप्ता, भैरहवा, ५ जेष्ठ । दोस्रो चरणमा जेष्ठ ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जिल्लाका विभिन्न गाउँपालिका र नगरपालिकाहरुमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

कार्यक्रम सञ्चालन गर्नका लागि प्रत्येक मतदान केन्द्रमा जेष्ठ ५ गतेदेखि निर्वाचन शिक्षा कार्यकर्ता एवं मतदाता शिक्षा स्वयंसेवक सबै गाउँ तथा टोलहरुमा खटिने निर्वाचन जिल्ला कार्यालय रुपन्देहीका प्रमुख हुमानाथ गौतमले बताए । मतदातालाई निर्वाचन सम्बन्धि कुनै किसिमको जानकारी आवश्यक भएमा कार्यालयबाट खटिएका निर्वाचन शिक्षा कार्यकर्ता र मतदाता शिक्षा स्वंयसेवकहरुबाट जानकारी लिन सकिने गौतमले बताए ।

साथै जेष्ठ ३१ गते हुने स्थानीय तह अन्तर्गतको गाउँपालिका र नगरपालिकाको निर्वाचनमा मतदान गर्न सम्पूर्ण मतदाताहरुलाई निर्वाचन कार्यालयले आग्रह समेत गरेको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com