मर्चवारमा शुक्लाको लोकप्रियता बढ्दै

भैरहवा, ५ जेष्ठ । दोस्रो चरणको स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा रुपन्देहीको मर्चवार क्षेत्रमा बव्लु शुक्ला (जितेन्द्रनाथ शुक्ला) को सक्रियता बढिरहेको छ । उनको सक्रियताका साथै लोकप्रियता पनि बढेपछि बिपक्ष दलका नेता कार्यकर्ताहरु भने हतास मनस्थितीमा पुगेको देखिन्छ ।

संविधान सभाको दोस्रो निर्वाचनमा त्यही क्षेत्र वाट सभासदमा समेत आफ्नो उम्मेदवारी दिई पराजित भएका शुक्लाले स्थानिय जनताको घरदैलोमा बसेर जनसेवामा भने निरन्तरता दिएका छन् ।

संविधान सभाको दोस्रो निर्वाचनमा अपेक्षा गरेभन्दा राम्रो मत जनताले दिए पछि उनले जनताको भावनालाई कदर गर्दै मर्चवार क्षेत्रको विकास निर्माण र स्वास्थ्य क्षेत्रमा सहयोग पुराउदै आएको स्थानिय अव्दुल जैस खानले वताए ।

बव्लुले जाडोको समयमा गरिब तथा असाहय परिवारलाई कम्वल वितरण गर्नुका साथै स्थानिय क्षेत्रमा खानेपानी, स्वास्थ्य शिक्षामा समेत आर्थिक साथै बौद्धिक सहयोग पुराएको मर्चवारवासी वताउछन् ।

मर्चवारवासीले जिताएका सांसद फर्कियर मर्चवार नआएपनि बव्लु भने यहाका जनताको पिरमर्कामा निरन्तरत रुपमा सक्रिय भएको स्थानिय इन्द्रजित यादवले बताए ।

बव्लुले मर्चवार क्षेत्रमा विरामी भएर गोरखपुर पुग्ने जोकसैलाई पनि निशुल्क रुपमा औषधी उपचार गराउनुका साथै स्थानिय अपाङग भएका हरुलाई समेत अपाङग मैत्री साईकल समेत सहयोग गरेको मर्चवारका राम अवतार कुर्मीले वताए ।

मुस्लिमहरुको इद पर्वको उपलक्ष्यमा समेत बव्लुले स्थानिय मुस्लिम समुदायहरुलाई शुभकामना दिनुका साथै सदभाव राखेको समेत मुस्लिम अगुवा कलाम भाईले जानाकारी दिए ।

शुक्लाको सक्रियतामा सर्बेन्द्रको मौनता

नाताले एकैघरका परिवार भित्रका रहेपनि बव्लुलाई राजनितिक्षेत्रमा पुर्वमन्त्री तथा मर्चवार क्षेत्रका सांसद सर्बेन्द्रनाथ शुक्लाको सहयोग कम रहेको छ ।

राजनितिका माहिर खेलाडीका रुपमा परिचित सर्बेन्द्रनाथको सहयोग पाएमा मर्चवारको सेमरीमाई गाउपालीकाको प्रमुखमा उठ्ने आंकाक्षा राखेका बव्लुलाई पुर्वमन्त्री ओमप्रकास यादव गुल्जारीको पनि पुर्ण सर्मथन रहेको देखिन्छ ।

बव्लुको गृहक्षेत्र तथा शुक्ला परिवारको सामिप्यता जोडिएको सेमरिमाई गाउपालिकामा नेपाल राष्ट्रिय जनता पार्टीले प्रमुखको टिकट दिएमा उनले जित्ने पक्का जस्तै सर्वेक्षणले देखाएको सञ्चारकर्मी शम्भु पन्तले वताए ।

बव्लुको क्षेत्रमा अन्यदलले उम्मेदवार समेत उठाउने मान्छे नपाएको भन्दै पन्तले बव्लु जनमानसमा लोकप्रिय नेताको रुपमा परिचित रहेको समेत जानाकारी दिए ।

मर्चवारमा मात्र नभएर रुपन्देही जिल्लामा नै समाजसेवी र सहयोगी भावनाका बव्लुले मर्चवारको जुनसुकै गाउपालिका वाट समेत उम्मेदवारी दिएमा जित्ने पक्का जस्तै रहेको छ । परिवार भित्रका सदस्य रहेका पुर्वमन्त्री सर्बेन्द्रनाथ शुक्लाले पनि आफ्नो राजनितिको उत्तरार्धमा बव्लुलाई अगाडी सारेमा उनको बिरासत समेत बव्लुले थाम्न सक्ने स्थानियहरु वताउछन् ।

सानामसिना कुराहरु वाट माथि उठेर बव्लुको राजनिति वाटोलाई अगाडी वढाउन सहयोग पुराएमा परिवार तथा मर्चवार क्षेत्रको विकासमा समेत सर्वेन्द्रनाथले एक असल र इमान्दार कार्यकर्ता पाउने समेत सवैको बुझाई रहेको छ ।

शुक्ला परिवारको प्रतिष्ठाको लागी सर्बेन्द्रनाथले बव्लुलाई सहयोग पुराउनु पर्दछ भन्दै उनका परिवारका एक सदस्यले भन्छन्,“ बव्लु र सर्बेन्द्रलाई मिल्न नदिने समुहहरु समेत मर्चवारमा सक्रिय रहेकाले यस्ता समुह वाट टाढै वसी मेलमिलाप गरि शुक्ला परिवारको सानका अडीक रहनुपर्दछ ।”

झिना मसिना कुरा विर्सेर इमान्दार र योग्य बव्लुलाई अवको स्थानिय तहको निर्वाचनमा विजय वनाएर मर्चवारक्षेत्र र मर्चवारवासीको विकासमा सहयोग पुराउन समेत सर्बेन्द्रनाथ शुक्लालाई मर्चवारबासीका अनुरोध रहेको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com