एन्टाको चौथों सम्मेलन धुमधामका साथ सम्पन्न

अमेरिका (न्यूयोर्क) । अमेरिकास्थित मधेशीहरुको सङ्गठन ‘एसोसिएशन अफ नेपाली तराईअन इन अमेरिका’ (एन्टा), को सम्मेलन धुमधामका साथ न्यूजर्सीमा सम्पन्न भएको छ ।

“मधेशका लागि शान्ति र समृद्धि“भन्ने मूल नाराका साथ शनिबार सम्पन्न सो सम्मेलनमा अमेरिकाको करिब हरेक राज्यमा बसोबास गर्ने मधेशी समुदायको प्रतिनिधिमूलक सहभागिता भएको थियो ।

जसमा एन्टाका संस्थापक नेताहरुदेखि लिएर सधारण व्यक्ति, महिला, युवाहरुको बाक्लो उपस्थिति थियो । सो सम्मेलनमा अमेरिकामा रहेका मधेशीहरुको बिच एक आपसमा केकस्ता सहयोगात्मक कार्य गर्नुका साथै आफ्नो भाषा, संस्कृति, रितीरिवाजको संरक्षण र सम्वद्र्धन गर्नका लागि केकस्ता सहयोगहरु गर्न सक्नुका साथै आफ्नो मातृभूमि नेपालमा विगतभन्दा पनि अझ प्रभावकारी र विकासमूलक केकस्ता कार्यक्रमहरु गर्न सकिन्छ भन्ने विषयमा विभिन्न विद्वानहरुले आफ्नो कार्यपत्र प्रस्तुत गर्नुका साथै आफ्नो मनत्वय व्यक्त गरेका थिए ।

मन्त्वय राख्ने क्रममा नेपालका लागि पूर्वराजदूत स्कोट डेलिस, एलाइन्स फर पिस विलडिङ्गका पूर्वसभापति चार्ल्स दामवाच, कोरियन एडभोकेन्सीका मैनेजिङ्ग डायरेक्टर जे. डी. किम, प्रमुख अतिथि राघवेन्दर द्विवेदी, एन्टाका संस्थापक सभापति रतन झा, डा. नविन सिंह, डा. उपेन्द्र कर्ण, ललित झा लगायतकाले आफ्नो मन्तव्य राखेका थिए ।

सम्मेलन एन्टाका सभापति डा. चक्रधर मिश्रको सभापतित्वमा भएको थियो भने संचालन एन्टा सचिव अरविन्द सिंहले गरेका थिए । जसको आयोजना न्युयोर्क च्यापटर ले गरेको थियो ।

साथै, सो सम्मेलनमा विभिन्न क्षेत्रमा ख्याति प्राप्त एवम् आफ्नो समुदायका हरेक किसिमका विकासका लागि सहयोग पुर्याउनु भएका व्यक्तिहरुलाई पुरस्कृत गरिएको थियो ।

सो सम्मेलनका सहसंयोजक एवम् एन्टा न्युयोर्क च्यापटरका सभापति सुभाष कुमार बैठाका अनुसार सम्मेलनमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम जुन मधेश र मधेशीहरुको रहनसहन, भेषभूषा रितीरिवाज, भाषा संस्कृति झल्किने झाँकीहरु समेत प्रदर्शन गरिएको थियो ।

उनका अनुसार सो सम्मेलनले आउँदो दुई वर्षका लागि विजय सिंहको नेतृत्वमा नयाँ कार्य समिति पनि निर्वाचित गरेको छ । जसमा वरिष्ठ उपाध्यक्ष डा. सुबोध मल्लिक, उपाध्यक्ष अरविन्द सिंह, उपाध्यक्ष सुभाष कुमार बैठा, सचिव इन्द्रदेव साहु, सहसचिव जितेन्द्र ठाकुर, कोषाध्यक्ष मुकेश कर्ण, प्रवक्ता अपरजिता झा तथा सदस्यहरु ओम गोइत, खुश्बु मिश्र, मोहन यादव, रतनेश झा, अर्चना कायस्त लगायतका व्यक्तिहरु निर्वाचित र मनोनीत गरिएका छन् ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com