संयुक्त मधेश संघर्ष समितिको माध्यमबाट बाढीपिडितलाई मल्हम लगाउने प्रयास

सरोज मिश्र

हामी सप्तरीको मैना कड़ेरी गाविस पुगेर आयौ । सप्तरीका गाविसहरु जुन बाढीले पीडित भएका छन् अहिले पनि राहतको पर्खाइमा छन् । कोही आएर हाम्रो घाउमा मल्हम लगाउने हो कि भनेर ।

पुग्न त हाम्रा प्रधानमन्त्रीज्यू नै त्यहाँ पुग्नु भाको थियो तर पीडित परिवारलाई रू. २५ हजार दिने घोषणा बाहेक रघुनाथपुरका एकदमै विपदा परेका ५ परिवारलाई पनि तत्कालै केही गर्न नसकेको सरकारले अरु के नै गर्लान् भन्ने प्रश्न स्थानीयले गर्दै थिए । घोषणा त गरे तर त्यो हामीले पाउने कहिलेसम्म हो, आउँदा आउँदै १० पाउने हो कि सब खसले आफै खाइ दिने हो कुनी, स्थानीय अझ पनि बिश्वास गरेका छैनन् ।

हामी लिएर गएको राहत देखेर उहाँहरु अलिक हर्षित हुनु भयो र केही साथीहरु असन्तुष्ट पनि । हालसम्म यति धेरै राहत लिएर कोही आएका थिएनन्, उहाँहरुको भनाइ थियो । सामग्रीहरु पनि उपयोगी ।

पहिलो चरणको हाम्रो वितरण कार्यक्रममा विभिन्न माध्यमबाट र विभिन्न व्यक्तित्वज्यूहरुबाट प्राप्त भएको सामग्रीहरु एवं राशीका लागि विशेष धन्यवाद व्यक्त गर्दै दोश्रो चरणको राहत पुर्याई यथाशीघ्र सम्पूर्ण विवरणसहित सार्बजनिक गर्ने बाचा गर्दछु ।

हामी मलेठ पनि पुगेका थियौं र त्यहाँका साथीहरुसँग शहीद परिवार लगायतका केही परिवारका लागि माग अनुरुप त्रिपाल हस्तान्तरण गर्यौं र फेरि आउने प्रतिबद्धता पनि व्यक्त गर्यौं ।



सप्तरीका सिडिओ साहबलाई उहाँको निवासमै भेटेर हामीले वार्षिक रुपमा आउने गरेको विपदाबाट स्थायी निकास दिलाउने सरकारसँग मागसहितको ज्ञापन पत्र पनि बुझायौं र उहाँले म तत्कालै ज्ञापन सम्बन्धित मन्त्रालयलाई फरवार्ड गर्छु भनि विश्वस्त गर्नु भयो ।

हामीले उक्त ज्ञापनमा यदि सरकार यथाशीघ्र सुनेन भने यस विषयलाई लिएर आन्दोलित हुने धारणा पनि प्रष्ट गरि सकेका छौं । विश्वास छ सरकारले यथाशीघ्र कामको थालनी गर्नेछ ।

यसै सप्ताहभित्र हामी पुनः राहत लिएर जाने प्रतिबद्धता गरेर आको हुनाले पुनः हामी त्यहाँ अवश्य पुग्ने छौं र केही फरक राहत अति दयनीय हुन पुगेका परिवारलाई दिने सोच बनाएका छौं ।

साथीहरुको र विभिन्न दाताहरुको सहयोगले हामी सप्तरीका बाढीपीडित दाजुहरूलाई राहत पुर्याउन सफल भएका छौं र फेरि पनि हुने छौं भन्ने बिश्वास छ । हामी त्यहाँका केही साथीहरुको र स्थानीय सिडिओ साहबको निरन्तर सम्पर्कमा छौं । विस्तृत जानकारी आएगलतै हामी ठाउँ निर्धारण गरि राहत लिएर जाने छौं ।

कुनै पनि राहत सम्बन्धि योजनाको अग्रिम जानकारी गराउने बाचाका साथ म आफ्नो र आफ्नो संस्था संयुक्त मधेश संघर्ष समिति (एसएमएसएस) को तर्फबाट बाचा गर्दै आफ्नो आजको कुरा यही टुंग्याउन चाहन्छु । सम्पूर्ण सहयोगी मित्रहरुले सार्वजनिक रुपमा हामी मार्फत गर्न लगाउनु भएको राहत वितरणको सम्पूर्ण लेखा जोखा केही पर्खाइ पश्चात अबश्य पाउनु हुनेछ । हामी विभिन्न माध्यमबाट सार्वजनिक गर्ने छौं ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com