यस्तो छ राजपाको अन्तरिम विधान (पूर्णपाठसहित)

काठमाडौं, २६ असार । नयाँ वर्षको आगमनसँगै ६ मधेशवादी दलहरुबीच एकीकरण भई गठन भएको राष्ट्रिय जनता पार्टी नेपालको विधान तयार भएको छ । विधानका विषयमा विभिन्न विवादहरु उत्पन्न भएपनि विवाद मिलाएर विधानले अन्तिम रुप पाएको हो ।

राजपा नेपालको विधानमा राजनीतिक, अािर्थक, सामाजिक, भाषिक, सांस्कृतिक, लैंगिक, क्षेत्रीय, जातीय एवं सामुदायिक विभेद र शोषणलाई समूल अन्त्य गरी पहिचान र अधिकारयुक्त समानुपातिक समावेशी सिद्धान्तमा आधारित लोकतान्त्रिक संघीय गणतन्त्रात्मक समतावादी समाजको स्थापना गर्नु नै मूल उद्देश्य रहने जनाइएको छ ।



राष्ट्रिय जनता पार्टी नेपालको विधानः २०७४
प्रस्तावना :
नेपाल एक विविधतायुक्त, बहुराष्ट्रिय, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचान भएको मुलुक हो । समता, समानुपातिक–समावेशिता तथा राजनीतिक एवं राज्यको हरेक अंग र तहहरुमा समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गरी, धर्मनिरपेक्षता, संघीयता, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी लोकतन्त्रको पूर्ण अभ्यासका साथै राज्यको वर्तमान एकल जातीय वर्चस्ववादी चरित्रमा आमूल परिवर्तन गरी, बहुपहिचानमा आधारित, नेपालको समाजबाट विभेद, सिमान्तिकीकरण तथा बहिष्करणको पूर्ण अन्त्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुको साथै अग्रगामी परिवर्तनको क्रममा आफनो अमूल्य जीवनको बलिदान दिने हुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरु प्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै,

देशमा सदियो देखि एकल जातिय केन्द्रिकृत शासकवर्ग द्धारा आन्तरिक उपनिवेशित नीति अन्तर्गत, जातिय, भाषिक, सांस्कृतिक, शोषण, उत्पीडन, बहिष्करणमा पारिएका समुदायहरुको मधेश आन्दोलन, थारु, आदिवासी, जनजाति, दलित (सिल्पी), मुस्लिम, पिछडावर्ग अल्पसंख्यक सिमान्तकृत जाति अन्य समुदायहरुको पहिचान, पहुंच, प्रतिनिधित्व स्वाभिमान, सम्मान रक्षाको साथै भाषा संस्कृतिको संरक्षण सम्बद्र्धन गर्न तराई मधेश पहाड र हिमालका जनता बीच राष्ट्रीय एकता बलियो बनाउने आधारलाई विकसित गर्दै नागरिक सर्वोच्चता, विधिको शाषन, प्रेष स्वतन्त्रता, निष्पक्ष न्याय प्रणाली, समाजिक न्याय, समानता, संघीय साशन प्रणाली, संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी प्रनिधित्वको सुनिश्चितता गर्दै, आर्थिक समानता, शान्ति, समृद्धि, सुशासन, सहभागिता मुलक समाजको निर्माण गर्न आत्मनिर्भर, अधिकार सहितको संघीय राज्य स्थापित गर्नको लागि एउटा राजनीतिक दलको अपरिहार्यता लाई महसुस गर्दै,

एकताबद्ध भएका ६ पार्टीको एकतालाई मुर्त रुप दिन, तिनको स्वामित्वलाई ग्रहण गर्दै एकताको मुल ममर्, भावना एकिकृत रुपमा विकसित गर्ने र देशको सार्वभौमीकता, एकता, अखण्डता, बहुराष्ट्रियता, निरपेक्षता जोगाउन सधै प्रयत्नशिल रहने उद्देश्य राखी राष्ट्रिय जनता पार्टी नेपाल नामक राजनीतिक पार्टी स्थापना गर्नु पर्ने आवश्यकता महसुस गर्दै,

सिमान्तकृत भई वहिष्करणमा परेकाहरु आफ्नै नेतृत्व र आफ्नै आधारमा एकिकृत र संगठित भई क्रान्तिकारी आमूल परिवर्तनका निम्ती सशक्त भूमिका नखेलेसम्म संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल संस्थागत भई समानता, स्वसाशन र समानुपातिक समावेशिताको प्रत्याभूति असम्भव भएको वास्तविकतालाई हृदयंगम गर्दै,

मधेशी, थारु, मुस्लिम, अदिवासी जनजाति, शिल्पी, दलित लगायत सबैलाई समान अधिकार,सम्मान र पहिचानको अनुभुति हुने गरि परिवर्तनका निमित्त नेपालको समतावादी आन्दोलनलाई संगठित रुपमा अग्रसर गर्ने प्रयास स्वरुप विभिन्न कालखण्डमा गरिएको आन्दोलन तथा प्रातः स्मरण्ािय शहीदहरुको शहादतले सिंचित मधेश विद्रोह र मधेश आन्दोलनहरुलाई नेतृत्व गर्दै आएका तराई–मधेश लोकतान्त्रिक पार्टी,सद्भावना पार्टी, तराई–मधेश सद्भावना पार्टी नेपाल, राष्ट्रिय मधेश समाजवादी पार्टी, नेपाल सद्भावना पार्टी तथा मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) लगायत दलको नेतृत्वमा पहिचान, स्वाभिमान, पहुंच, समानुपातिक प्रतिनिधित्व र समावेशिकरण सहितको संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल राज्यको रुपान्तरण र शासन प्रणालिको सुनिश्चितताका लागि जारी प्रयासको क्रममा सिमान्तिकृत एवं उत्पिडितहरुको वृहत राजनीतिक शक्तिको निर्माणको अनिवार्यताको आम स्वीकारोक्तीलाई मन्न गर्दै,

मधेशी, थारु, आदिवासी, जनजाति, शिल्पी (दलित), मुस्लिम, पिछडा वर्ग लगायत बहिष्करण र उत्पिडनमा परेका जनताद्वारा विभिन्न कालखण्डमा भएका संघर्ष, अभियान, आन्दोलन र जनविद्रोहहरु मार्फत जनादेश र जनआकांक्षाको परिपुर्ति गर्नकालागि समतावाद र लोकतान्त्रिक समाजवाद राजनीतिक दर्शनलाई आत्मसात गर्दै समतामूलक समाज निमार्ण हेतुले माथी उल्लेखित ६ वटा पार्टीको एकिकरण गर्दै एकिकृत पार्टीको रुपमा राष्ट्रिय जनता पार्टी नेपालको स्थापना गरी यो विधान लागू गरिएको हो ।

धारा–१. पार्टीको नाम, प्रारम्भ र केन्द्रीय कार्यालय :

(१) यस राजनीतिक दलको नाम राष्ट्रिय जनता पार्टी नेपाल रहनेछ । अंग्रेजीमा यसलाई Rastriya Janta Party Nepal भनिनेछ । संक्षिप्तमा नेपालीमा यसलाई राजपा नेपाल र अंग्रेजीमा यसलाई RJP Nepal भनिनेछ ।
(२) यो विधान तुरुन्त लागू हुनेछ ।
(३) पार्टीको केन्द्रीय कार्यालय पार्टी अध्यक्ष मण्डलको निर्णयानुसारको स्थानमा रहनेछ ।

धारा–२. झण्डा, छाप र चुनाव चिन्ह :

पार्टीको झण्डा–अनुसुचि–१, छाप–अनुसूचि–२ र चुनाव चिन्ह–अनुसूची–३ मा उल्लेख गरिए बमोजिम हुनेछ ।
धारा–३. विधानको नाम ः यस विधानको नाम “राष्ट्रिय जनता पार्टी नेपालको अन्तरिम विधान, २०७४” हुनेछ । यो विधान पार्टीको मूल कानून हुनेछ ।

धारा–४. उद्देश्य :

राजनीतिक, अािर्थक, सामाजिक, भाषिक, सांस्कृतिक, लैंगिक, क्षेत्रीय, जातीय एवं सामुदायिक विभेद र शोषणलाई समूल अन्त्य गरी पहिचान र अधिकारयुक्त समानुपातिक समावेशी सिद्धान्तमा आधारित लोकतान्त्रिक संघीय गणतन्त्रात्मक समतावादी समाजको स्थापना गर्नु नै राष्ट्रिय जनाता पार्टी नेपालको मूल उद्देश्य हुनेछ ।

धारा–५. सदस्यता :

पार्टीको विधान एवं उद्देश्य स्वीकार गर्ने १६ वर्ष पुरा गरेको नेपाली नागरिक, सदस्यता शुल्क रु. १०/– प्रदान गरी पार्टीको साधारण सदस्य बन्न सक्नेछ ।

धारा–६. केन्द्रीय अध्यक्ष मण्डलको गठनः

(१) एकिकृत ६ वटै पार्टीका अध्यक्ष सम्मिलित ६ सदस्यीय केन्द्रीय अध्यक्ष मण्डल हुनेछ ।
(२) सामुहिक नेतृत्वको भावनालाई अंगिकार गर्दै अध्यक्ष मण्डलबाट गरिने निर्णय सर्वसम्मतिको आधारमा गरिनेछ ।
(३) केन्द्रीय अध्यक्ष मण्डलले पार्टीको सर्वोच्च नेतृत्वको रुपमा आफ्नो अधिकार एवं कर्तव्यको प्रयोग गर्नेछ ।
(४) केन्द्रीय अध्यक्ष मण्डलले विधान अनुसारको बिभिन्न समिति, उपसमिति एवं विभागहरुको गठन÷पुर्नगठन गरि आवश्यकता अनुसारको कार्यविभाजन गर्नेछ ।
(५) अध्यक्ष मण्डलका अध्यक्षहरुले आफुहरुमध्येबाट पालैपालो दुई दुई महिनाको कार्यकाल चक्रिय प्रणालीको आधारमा रहने गरि एक जना संयोजक चयन गर्नेछन् र उक्त कार्यकालमा उक्त संयोजकले बैठकको अध्यक्षता एवं निर्णयको प्रमाणीकरण लगायत पार्टी संग सम्बन्धित कार्यहरु गर्नेछन् ।
(६) यस बिधानमा अन्यत्र अन्यथा जे लेखिएको भएपनि कुनै पनि पार्टी वा राजनीतिक संगठनको साथमा एकिकरण हुने, यस पार्टीमा विलय हुने वा देश वा मधेशमा प्रतिष्ठा प्राप्त ब्यक्ति वा ब्यक्तित्वहरुको समुह पार्टीमा प्रवेश गरेमा विधानमा ब्यवस्था भए बमोजिमको बिभिन्न समिति, उपसमिति, विभागमा वा निकायमा आवश्यक पद तथा संख्या सृजना गरेर केन्द्रीय अध्यक्ष मण्डलद्वारा एकिकरण वा समायोजन गर्न सकिनेछ । यसरी समायोजन गर्दा यो विधान बाधक हुने छैन । साथै यस प्रकारको कार्य यसै बिधान बमोजिम भएको मानिनेछ ।

धारा–७ः केन्द्रीय अध्यक्ष मण्डलको अधिकारः

(क) केन्द्रिय अध्यक्ष मण्डल को वैठक प्रत्येक महिना सामान्यतः २ (दुई) पटक हुनेछ । आवश्यकता अनुसार केन्द्रीय अध्यक्ष मण्डलको विशेष वा आकस्मिक वैठक पनि केन्द्रीय अध्यक्ष मण्डलका संयोजकको निर्देशन अनुसार हुनेछ ।
(ख) गठित समितिका पदाधिकारी र सदस्यहरुले केन्द्रिय अध्यक्ष मण्डलद्वारा सुम्पिएको जिम्मेवारी पालन गर्नु पर्नेछ ।
(ग) पार्टी विस्तार, विलय, एकिकरण, पार्टीको नाम परिवर्तन, चुनाव चिन्ह परिवर्तन, पार्टीको छाप तथा झण्डा परिवर्तन, समावेश वा यस्तै अन्य निर्णय लिनु पर्ने विशेष आवश्यकता परेमा केन्द्रिय अध्यक्ष मण्डलको निर्णयले गर्न सकिनेछ ।
(घ) संगठनको कुनै निकायमा हुने कुनै किसिमको त्रुटि भएमा वा समस्या उत्पन्न भएमा त्यसको समाधानको जिम्मेवारी केन्द्रिय अध्यक्ष मण्डलको हुनेछ ।
(ड) पार्टी हितलाई ध्यानमा राख्दै केन्द्रिय अध्यक्ष मण्डलले आवश्यकता अनुसार विभिन्न समिति, उपसमिति, निकाय, विषयगत समिति वा विभागको गठन वा पुर्नगठन गर्न सक्नेछ ।
(च) पार्टी कोष संकलनको प्रबन्ध गर्ने गराउने जिम्मेवारी केन्द्रिय अध्यक्ष मण्डलको हुनेछ ।
(छ) पार्टी हितलाई ध्यानमा राख्दै राष्ट्रिय एवं अन्र्तराष्ट्रिय क्षेत्रमा पार्टीको सम्पर्क एवं सम्वन्धलाई विस्तार गर्ने जिम्मेवारी केन्द्रिय अध्यक्ष मण्डलको हुनेछ ।

धारा–८ः केन्द्रिय स्तरका समितिहरुः

केन्द्रिय स्तरमा केन्द्रिय कार्य समिति, केन्द्रीय पदाधिकारी समिति, केन्द्रिय राजनीतिक समिति, केन्द्रिय सचिवालय, केन्द्रिय निर्वाचन समिति, केन्द्रीय अनुशासन समिति, केन्द्रीय लेखापरीक्षण समिति, केन्द्रिय सल्लाहकार समिति सहित विभिन्न समिति एवं उपसमितिको गठन केन्द्रिय अध्यक्ष मण्डलद्वारा आवश्यकता अनुसार हुनेछ ।

धारा–९ः अन्य विभिन्न तह र स्तरका समितिहरुः

केन्द्रिय स्तरका अतिरिक्त देशको राजनीतिक र प्रशासनिक विभाजन तथा नामाकरण अनुरुप पार्टीको संगठनात्मक ढाँचा, तह र नामाकरण गरिनेछ । हाललाई पार्टीको संगठनात्मक ढाँचा देहाय बमोजिम हुनेछ ः (१) प्रादेशिक कार्य समिति
(२) जिल्ला कार्यसमिति
(३) संसदीय निर्वाचन क्षेत्रिय कार्यसमिति
(४) प्रादेशिक सभा निर्वाचन क्षेत्रिय समिति
(५) नगरपालिका कार्यसमिति
(६) गाउँपालिका कार्यसमिति
(७) वडा कार्यसमिति

धारा–१०ः भ्रातृ, शुभेच्छुक, समन्वय, सम्पर्क, विशेष समिति तथा विभागहरुः

स्वदेश तथा विदेशमा पार्टीको सम्पर्क, समन्वय र सहयोगमा रहने भ्रातृ तथा पेशागत संगठनहरूलाई पार्टीको नीति अनुरुप संचालन गर्न र ती ठाउँका समस्याहरू बुभ्mन विभिन्न तहमा रहेका पदाधिकारी तथा सदस्यहरु मध्येबाट संयोजक सहितको सम्पर्क÷समन्वय समिति निर्माण गर्न सकिनेछ । सम्पर्क÷समन्वय समितिलाई सम्बन्धित तहको समितिहरुले संचालन गर्नेछ । सम्पर्क÷समन्वय समिति आ–आफ्नो तहमा पार्टी र पार्टीका जनवर्गीय÷पेशागत संगठन बीच पुलको काम गर्नेछ । केन्द्रीय अध्यक्ष मण्डलले ६ वटै एकीकृत पार्टीका भ्रातृ, शुभेच्छुक, समन्वय, सम्पर्क, विशेष समिति तथा विभागहरुको समन्वय गरी गठन गर्नेछ ।
धारा–११ः केन्द्रिय संसद/प्रदेश सभा/स्थानिय तह स्तरिय प्रतिनिधि मण्डल दलको गठन देहाय बमोजिम हुनेछ :

(क) संसदको दुवै सदन वा यस्तै जननिर्वाचित तथा पार्टीको टिकटमा निर्वाचित वा मनोनीत भै पार्टीको प्रतिनिधित्व गर्ने सांसद वा सभासद वा यस्तै अन्य तह, स्तर र पदहरुबाट सम्बन्धित तहको सदस्यहरु रहेको केन्द्रिय संसद÷प्रदेश सभा÷स्थानिय तह स्तरिय प्रतिनिधि मण्डल दलको गठन हुनेछ ।

(ख) दलका सदस्यहरुबाट दलका नेताको निर्वाचन गराइनेछ । केन्द्रिय संसद÷प्रदेश सभा÷स्थानिय तह स्तरिय प्रतिनिधि मण्डल दलले नियमावली बनाई सम्बन्धित तह संगको समन्वयमा कार्य सम्पादन गर्नेछ ।

(ग) राष्ट्रिय जनता पार्टी नेपाल द्वारा दिइएका निर्देशनहरुलाई केन्द्रिय संसद/प्रदेश सभा÷स्थानिय तह स्तरिय प्रतिनिधि मण्डल भित्र पालन एवं कार्यान्वयन गर्ने गराउने जिम्मेवारी दलको नेताको हुनेछ ।

धारा १२. कोष सम्बन्धि व्यवस्था :

पार्टीमा देहायबमोजिमको एक कोष हुनेछ र उक्त कोषमा देहाय बमोजिमका रकमहरु जम्मा हुनेछ :
(१) पार्टी सदस्यवाट प्राप्त सदस्यता शुल्क, आवेदन शुल्क, लेवी (अांशिक) रकम तथा दाताहरुवाट प्राप्त सहयोग रकम आदिले पार्टी कोषको स्थापना हुनेछ ।
(२) पार्टी सदस्यहरुले पार्टी विधान, नियमावली र निर्णय अनुसारको दिनु पर्ने रकम पार्टी कोषमा अनिवार्य रुपमा जम्मा गर्नु पर्नेछ । पार्टीको कोष संचालनको लागि वनाईएका अन्य नियमहरुको पालन गर्नु सदस्यहरुको कर्तव्य हुनेछ ।
(३) पार्टीको अध्यक्ष मण्डलको निर्णयानुसार कोष संचालन हुनेछ ।

धारा–१३ः रिक्त पदमा मनोनयन :

महिला, दलित, मुस्लिम, आदिवासी तथा जनजातिका लागि आरक्षित पदमा उम्मेदवार नभएको वा अन्य कुनै कारणले कुनै पद रिक्त रहन गएमा अध्यक्ष मण्डलले तोके बमोजिम मनोनयन गरिनेछ ।

धारा–१४ः गणपूरक संख्या :
केन्द्रिय अध्यक्ष मण्डल बाहेक पार्टीका सबै तह एवं स्तरका कार्यसमिति एवं अधिवेशन लगायतका सबै तह, स्तर र निकायको बैठकका लागि गणपूरक संख्या तत्काल कायम रहेको सदस्य संख्याको ५०%+१ हुनेछ ।

धारा–१५ः सदस्यहरुको स्थान रिक्त हुने अवस्थाः

(१) पार्टीको कुनै पनि समितिको बैठकको वारेमा जानकारी प्राप्त गरेपछि पनि कार्यालयलाई सूचना नदिइकन लगातार तीन बैठकमा अनुपस्थित रहेमा सम्वन्धित पदाधिकारी एवं सदस्यको स्थान रिक्त भएको मानिनेछ ।
(२) साधारण सदस्य, सक्रिय सदस्य, महासमिति सदस्य, पार्टी प्रतिनिधि, महाधिवेशन प्रतिनिधि बाहेक पार्टीको कुनै पनि स्तरको समितिको पदाधिकारी वा सदस्य पार्टी संगठनको एउटै पदमा मात्र रहन सक्नेछन् । यसको निर्णय सम्बन्धित व्यक्ति दोहोरो जिम्मेवारी पाएको एक महिना भित्र आप्mनो माथिल्लो निकाय वा केन्द्रिय कार्यालयलाई दिनुपर्नेछ । सम्बन्धित व्यक्तिले यसो नगरेमा पार्टीको केन्द्रिय अध्यक्ष मण्डलले निजलाई कुनै एक पदबाट पदमुक्त गर्न सक्नेछन् ।

धारा–१६ः अचल र जिन्सी सम्पत्ति : 

पार्टीको नाममा भएका अचल र जिन्सी लगायत सम्पूर्ण सम्पत्तिमा राष्ट्रिय जनता पार्टी नेपाल, केन्द्रिय कार्यसमितिको पूर्ण स्वामित्व रहनेछ । त्यसको लगत तोकिए बमोजिम राखिनेछ ।

धारा–१७ः विधान संशोधन :

पार्टी गठन पछि र केन्द्रिय महाधिवेशन हुनु पूर्व यस विधानको कार्यान्वयनमा र सम्पादनमा कुनै कठिनाई उत्पन्न भएमा केन्द्रिय अध्यक्ष मण्डलको निर्णयानुसार विधानमा संशोधन, थपधट वा हेरफेर गरीनेछ ।

धारा–१८ः नियम बनाउने अधिकार :

यस विधानलाई व्यवहारिक रुपमा लागू गर्न विधानसँग नबाझिने गरी केन्द्रिय अध्यक्ष मण्डलले विधानमा आवश्यक संसोधन गर्ने, नियमावली, विनियमावली तथा आचारसंहिता बनाई लागू गर्न सक्नेछ ।

धारा–१९ः संक्रमणकालिन व्यवस्था :

यो अन्तरिम विधान पार्टीको केन्द्रिय अध्यक्ष मण्डलबाट पारित गरी तत्काल लागू गरिनेछ ।

धारा २०. खारेजी र बचाउः

(१) एकिकरण भई गठन गरिएको राष्ट्रिय जनता पार्टी नेपाल एकिकरण पश्चात तल उल्लिखित ६ वटै पार्टीका देहायका ६ वटै विधानहरु खारेज गरिएको छ :

(क) तराई-मधेश लोकतान्त्रिक पार्टीको विधान,
(ख) सद्भावना पार्टीको विधान,
(ग) तराई मधेश सद्भावना पार्टी, नेपालको विधान
(घ) राष्ट्रिय मधेश समाजवादी पार्टीको विधान
(ङ) नेपाल सद्भावना पार्टीको विधान र
(च) मधेशी जनअधिकार फोरम (गणतान्त्रिक) को विधान

(२) उपधारा (१) मा उल्लेखित विधान बमोजिम एकीकृत ६ वटै पार्टीहरुले गरेको सम्पूर्ण काम कारवाही यसै अन्तरिम विधान बमोजिम भएको मानिनेछ ।

धारा–२२. विविधः

(१) पार्टीको कुनै पनि समिति, पार्टी पदाधिकारी वा सदस्य आफ्नो अधिकारको प्रत्यायोजन गरी कार्य सम्पादन गराउन सक्नेछ ।
(२) केन्द्रिय अध्यक्ष मण्डल, कार्य सम्पादनार्थ पार्टी विधानको अनुकूल हुने गरी नियमावली बनाइ लागु गर्न सक्नेछन् ।
(३) महाधिवेशन प्रतिनिधिको निर्वाचन प्रक्रिया प्रारम्भ भईसकेपछि कुनै पनि समितिको पुनर्गठन गरिने छैन । तर, अनुशासनको कार्रवाहीको सिलसिलामा गरिने कार्रवाही यस बाट प्रभावित हुने छैन् ।
(४) दलको विघटनः पार्टीको महाधिवेशनको सर्वसम्मत्त निर्णयले पार्टी विघटन गर्न सकिनेछ ।
(५) विघटन पश्चात पार्टीको सम्पति र दायित्व प्रचलित ऐन कानून बमोजिम हुनेछ ।
(६) सबै तह, निकाय र स्तरका अध्यक्ष वा प्रमुखले यस बिधान बमोजिमका आफ्ना क्षेत्राधिकार भित्रका बैठकका निर्णयहरुको प्रमाणिकरण गर्ने, कार्यान्वयन गर्ने गराउने र लागु गर्ने गराउने कार्य गर्नेछन् ।
(७) अन्यत्र जे जस्तो लेखिएको भए तापनि गांउपालिका, नगरपालिका, निर्वाचन क्षेत्र स्तरिय समिति, जिला कार्य समिति, प्रादेशिक कार्यसमिति, केन्द्रिय स्तरका सबै निकाय र समितिहरु लगायतका समितिहरुको गठन गर्दा एकिकृत ६ वटै दलको सम्बन्धित स्तरका कार्यसमितिमा आपसी सहमतिको आधारमा गठन गरिनेछ वा सहमति हुन नसकेमा अध्यक्ष मण्डलको निर्णयानुसारको प्रक्रिया अवलम्बन गरिनेछ ।
(८) एक व्यक्ति दुई कार्यकाल भन्दा बढी अध्यक्ष पदमा बस्न पाइने छैन ।
(९) पार्टी संगठनको प्रत्येक निकाय, तह र स्तर एवं समितिमा देशको संविधान र प्रचलित कानूनलाई आधार मानी समानुपातिक समावेशिताको व्यवस्था गरिनेछ ।
(१०) राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रिय महाधिवेशन १ वर्ष भित्र सम्पन्न गरिनेछ ।
(११) यो विधान अन्तरिम र संक्षिप्त विधान हो । यथासिघ्र पुर्ण विधान बनाई केन्द्रिय अध्यक्ष मण्डलबाट पारित गरि निर्वाचन आयोगलाई बुझाइनेछ ।
(१२) अध्यक्ष मण्डलको व्यवस्था आउदो महाधिवेशन पछि समेत रहनेछ ।

 अनुसूची–१

(धारा–२ संग सम्बन्धित)

पार्टीको झण्डा
(१) आयताकार आकारमा २ः३ को अनुपातमा चौडाई र लम्बाई हुनेछ ।
(२) झण्डाको माथि रातो, बीचमा सेतो र तल हरियो रंग रहने गरी बरावरीको साईजमा रहनेछ ।
(३) झण्डाको मध्य भागको बीचमा खुलेको छाता भएको चिन्ह रहने छ ।
(४) रातो रंग क्रान्तिको प्रतिक, सेतो रंग शान्तिको प्रतिक, हरियो रंग सामाजिक न्याय एवं समृद्धिको प्रतिक र छाता अधिकार प्राप्तिका लागि संघर्षरत जनताको गोलबद्धताको प्रतिक मानिनेछ ।

अनुसूची–२
(धारा–२ संग सम्बन्धित)
पार्टीको छाप
पार्टीको छाप “राष्ट्रिय जनता पार्टी नेपाल, केन्द्रीय कार्यालय” अंकित गोलो आकारको हुनेछ । छापको बीचमा खुलेको छाता चिन्ह अंकित रहनेछ । यसमा आवश्यकतानुसार विभिन्न समिति र निकायहरुको उल्लेख गर्न सकिनेछ ।

अनुसूची–३
(धारा – २ संग सम्बन्धित)
पार्टीको चुनाव चिन्ह


राष्ट्रिय जनता पार्टी नेपालको चुनाव चिन्ह खुलेको छाता हुनेछ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com