बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शर्मालाई अदालतमा उपस्थित हुन आदेश

धनुषा, २८ असार । उच्च अदालत जनकपुरले ऐतिहासिक जलेश्वरनाथ मन्दिरको सिंहद्वार भत्काएर नयाँद्वार बनाउन लागिएको विषयमा परेको रिटमा अन्तरिम आदेशको छलफलका लागि बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् र त्यसका अध्यक्ष रामकुमार शर्मासहितलाई अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

महोत्तरी सदरमुकाम जलेश्वरस्थित रहेको सो एतिहासिक मन्दिरको सिंहद्वार भत्काएर नयाँद्वार बनाउने बिषयमा जलेश्वर नगरपालिका–१ का रामविलास साहले दायर गरेको निषेधाज्ञा र परमादेशसम्बन्धी रिटमा न्यायाधीश खुशीप्रसाद सारुको एकल इजलाशले मंगलबार सरोकारवाला पक्षलाई छलफलका लागि साउन ५ गते अदालतमा बोलाउने आदेश जारी गरेको हो ।

आदेशमा बाटो म्यादबाहेक १५ दिनभित्र निषेधाज्ञा आदेश जारी गर्न नहुने कारणसहित उच्च अदालतमा लिखित जवाफ पेश गर्न उल्लेख छ ।

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, त्यसका अध्यक्ष शर्मा, ठेकेदार ब्रह्मायणी कामख्या ज्वाइन्ट भेञ्चर कोटेश्वर काठमाडाँै, गुठी संस्थान शाखा जलेश्वर, जिल्ला प्रशासन कार्यालय महोत्तरी तथा जलेश्वर नगर कार्यपालिकाको कार्यालयलाई विपक्षी बनाई साहले रिट दायर गरेका थिए ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com