राष्ट्रिय जनता पार्टीको परराष्ट्र नीति सार्वजनिक

काठमाडौं, ३० असार । राष्ट्रिय जनता पार्टी नेपालले आफ्नो परराष्ट्र नीति सार्वजनिक गरेको छ । पार्टीले दक्षिणी छिमेकी भारतका साथै चीनलाई परराष्ट्र नीतिमार्फत महत्व दिएको छ ।

निर्वाचन आयोगमा बुझाएको पार्टीको घोषणापत्रमा भारतसँगको प्राकृतिक, सांस्कृतिक एवं विशेष सम्बन्धलाई अझ उच्च र व्यावहारिक बनाइनुपर्ने पक्षमा यो पार्टी रहेको उल्लेख गरिएको छ ।

साथै मित्रराष्ट्र चीनसँगको सबन्धलाई पनि अझ व्यावहारिक बनाइनुपर्ने पक्षमा पार्टी रहेको उसको घोषणा पत्रमा भनिएको छ । विश्व व्यापार संगठनसहित अन्य अन्तर्राष्ट्रिय संगठनद्वारा अल्पविकसित देशहरूलाई दिइने सहुलियत र छुटको सदुपयोग एवं विदेशी सहायताको उपयोगसम्बन्धी नीतिलाई समुचित कार्यान्वयन गर्ने पनि राजपाले जनाएको छ ।

यस्तै, संविधानले धर्मनिरपेक्षता स्वीकार गरे पनि राजपाले भने धार्मिक स्वतन्त्रता हुने पर्ने घोषणा पत्रमा उल्लेख गरेको छ । ‘प्रत्येक व्यक्तिलाई आफूले रोजेको धार्मिक आस्था र मतअनुसारको धार्मिक स्वतन्त्रताको उपयोग र उपभोग गर्न पाउने अधिकार सुरक्षित रहनुपर्छ’ घोषणा पत्रमा उल्लेख छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com