डुबेर एक बालिकाको मृत्यु, एक असक्त

रौतहट, १ साउन । मौलापुर गाउँपालिका–१ बर्गीनिया बस्ने अजय पटेलकी ४ बर्षीया छोरी प्रियंसी कुमारी पटेलको पोखरीमा डुबेर मृत्यु भएको छ भने सोही ठाउँ बस्ने सिताराम पटेलको ६ बर्षीया छोरी सोनी कुमारी पटेल असक्त भएकी छिन् ।

सोही ठाउँमा रहेको पोखरीमा आइतबार नुहाउने क्रममा डुबेर असक्त भएका उनीहरुलाई उपचारको लागी गौरतर्फ पठाइएकोमा प्रियंसी कुमारीको बाटोमै मृत्यु भएको थियो । असक्त सोनी कुमारीको कटहरीया सामुदायीक अस्पतालमा उपचार भइरहेको छ । यस सम्बनधमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com