एमालेको निर्णय : मधेशवादी दलसँग वार्ता जारी राख्ने

भक्तपुर, २ साउन । प्रमुख प्रतिपक्षी नेकपा एमालेले मधेशवादी दलहरुसँगको वार्ता जारी राख्ने निर्णय गरेको छ । स्थायी कमिटी बैठकको निर्णयबारे सञ्चारकर्मीलाई जानकारी दिँदै एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले सरकारले राखेको २४० निर्वाचन क्षेत्रको प्रस्ताव स्वीकार नगर्ने निर्णय गरेको बताए ।

सरकारले गरेको निर्वाचन क्षेत्र बढाउने प्रस्ताव मान्य नहुने बताउँदै उनले संविधानले निर्धारण गरेअनुसार नै १६५ निर्वाचन क्षेत्र कायम गरिनुपर्नेमा एमालेको अडान रहेको बताए ।

बैठकले मधेशवादी दलसँगको वार्ता जारी राख्ने निर्णय गरेको समेत छ । भट्टराईका अनुसार एमालेले राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमसँगको वार्तालाई निरन्तरता दिने निर्णय गरेको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com