इन्टरनेट बिनाको इमेल प्रविधि सुरु

काठमाडौं, २ साउन । गृहमन्त्री जनार्दन शर्माले इन्टरनेट बिनाको इमेल प्रविधि एचएफ रेडियो डाटाको उद्घाटन गरेका छन् । रेडियो प्रविधि र कम्प्युटर प्रविधिको कुराकानी नै इमेल प्रविधि हो, यो प्रविधिको प्रयोगले जहाँ इन्टरनेट सुविधा छैन त्यहाँबाट इमेल र फोटो पठाउन सकिन्छ ।

यो सूचना चुहावट नहुने सुरक्षित प्रविधिसमेत भएकाले यो प्रविधि सुरक्षा निकायमा उपयोगी हुने देखिन्छ । कार्यक्रममा गृहमन्त्री शर्माले प्रविधियुक्त प्रहरी आजको आवश्यकता भएकाले प्रविधिको तीव्र विकासलाई पछ्याएर मात्रै आजको समाजलाई सहज बनाउन सकिने बताए । अपराध अनुसन्धान प्रविधिबिना सम्भव नभएकाले सुरक्षा चुनौती सामना गर्नका लागि प्रविधियुक्त प्रहरी निर्माण गर्नुपर्ने बताए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com