एमालेको नगरस्तरीय महिला प्रशिक्षण कार्यक्रम

वीरगंज, २ साउन । नेकपा एमाले वीरगंज महानगर समितिले सोमबार वीरगंजमा नगरस्तरीय महिला प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

वीरगंज मनमोहननगरस्थित नेकपा एमाले पार्टी कार्यालयमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा एमालेका केन्द्रिय सदस्य एवं सांसद् रामचन्द्र साहले प्रदेश नं. २ को स्थानीय तहको निर्वाचनमा पार्टीका सबै उम्मेदवारहरुलाई इमान्दारीपूर्वक एकजुट भएर जिताउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा पार्टीका नेता एवं नेशनल मेडिकल कलेजका एमडि बसरुदिन अंसारीले सहभागी महिलाहरुलाई मतदान गर्ने तरिका, मतपत्र फोलड गर्ने लगायत चुनावको बारेमा विशेष जानकारी गराएका थिए ।

एमाले नगर संयोजक उषमान अंसारीको सभापतित्वमा भएको कार्यक्रममा मुस्लिम इत्तेहाद संगठनका महासचिव एवं सांसद् जुनैद अंसारी, पार्टी पर्साका संयोजक प्रभु हजरा, प्रदेश कमिटि सदस्य बालगोपाल थापा, अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य निर्मला देवकोटा, कार्यालय सचिव गंगा बहादुर खडका, प्रभा खडका, बिना शर्मा, युवा नगर अध्यक्ष इमरान हुसैन, पप्पु सिंह लगायतले पार्टीको मुल्य मान्यता र सिद्धान्त अनुसार काम गर्नु पर्नेमा जोड दिएका थिए ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com