एमालेका प्रभावशाली नेता कुर्मी फोरममा प्रवेश

काठमाडौं, २ साउन । नेकपा एमाले पर्साका प्रभावशाली नेता सुन्दर प्रसाद कुर्मी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । वीरगञ्ज महानगरको मेयरका लागि नेकपा एमालेबाट प्रस्तवित सुन्दर कुर्मीले पार्टी परित्याग गरी फोरम नेपालमा प्रवेश गरेका हुन् ।

एमालेको भातृ संगठन लोकतान्त्रिक मधेशी संगठनको पर्सा जिल्ला अध्यक्ष समेत रहेका कुर्मीले एमालेको साधारण सदस्यता समेत परित्याग गरि फोरम नेपालमा प्रवेश गरेका छन् । गत असार १४ गते नेता कुर्मीले वीरगन्जमा पत्रकार सम्मेलन गरी एमाले परित्यागको घोषणा गरेका थिए ।

फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय तीनकुनेमा सोमबार आयोजित एक समारोहमा पार्टी अध्यक्ष उपेन्द्र यादवले अबीर खादा ओढाएर नेता कुर्मीलाई पार्टीमा स्वागत गरेका छन् ।

सो अवसरमा फोरम नेपालका उपाध्यक्ष युवराज कार्की, महासचिवद्वय रामसहाय यादव र रणध्वज कन्दङ्वा, सांसद अभिषेक प्रताप शाह र फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवको विशेष उपस्थिति रहेको थियो ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com