संविधान संशोधनको बाधक कांग्रेस ! (सम्पादकीय)

हालै आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालसँग भएको छलफलमा सत्तारूढ दल काँग्रेस र माओवादी केन्द्र तत्कालका लागि संविधान संशोधन विधेयक थाँती राख्ने निर्णयमा पुगेको छ । संविधान संशोधनमा एमालेले समर्थन नगर्ने र दुई तिहाइ नपुग्ने भएपछि प्रस्ताव हाललाई अगाडि नबढ्ने निष्कर्ष ती दुई दलको छ ।

पहिलादेखि नै संविधान संशोधनका विपक्षमा उभिएको प्रमुख प्रतिपक्षी नेकपा (एमाले) स्थानीय तह निर्वाचनमा सत्तारूढ गठबन्धनलाई पराजित गर्दै पहिलो पार्टी भएपछि संशोधनका पक्षमा आउने झनै देखिन्न । संविधानको स्वीकार्यता बढाउने नाममा वामपन्थी सरकार ढालेर माओवादी–कांग्रेस गठबन्धन बनाउने मध्येका एक सूत्रधार हुन कांग्रेस नेता विमलेन्द्र निधि ।

राजापासँग भएको पछिल्लो छलफलमा नेता निधिले पत्रकारहरूलाई तत्कालका लागि संशोधन विधेयक थाती राख्ने निर्णय सुनाउँदा कांग्रेस भित्रको मनोभाव प्रष्ट देखियो । एमाले संविधान संशोधनका पक्षमा नआइदेओस् र त्यही मुद्दा बोकेर २ असोजको लागि तय भएको प्रदेश २ को निर्वाचनमा मधेश झर्न पाइयोस् भन्ने कांग्रेसको अभिव्यक्ति साउन ५ गते भएको असोज २ मा हुने स्थानीय चुनावको पूर्वसन्ध्यामा आयोजित प्रादेशिक भेलामा उनै निधिले प्रदेश नम्बरमा १२७ स्थान मध्ये एक सय सिट जित्न सक्ने विश्लेषण सुनाए । उनको यो भनाइबाट के स्पष्ट हुन्छ भने कांग्रेस संविधान संशोधनको नाममा मधेशमा आफ्नो स्थान बलियो बनाउने रणनीतिमा छ ।

पहिलो चरणको स्थानीय तह निर्वाचनबाट एमाले पहिलो दल बन्दा कांग्रेसका नेताहरूको भनाइ हुन्थ्यो– दोस्रो चरणमा हामी उछिन्छौं । तर, दोस्रो चरणमा एमालेले थप अग्रता लिएपछि बाँकी तेस्रो चरणको निर्वाचनबाट क्षतिपूर्ति हासिल गर्न सकिन्छ कि भन्ने आशा कांग्रेस नेताहरूमा देखिन्छ । यद्यपि, जम्मा १२७ तह रहेको प्रदेश–२ मा कांग्रेसले सफलता हासिल गर्न सक्यो भने त्यो जस लिने दाउमा निधि रहेका छन् र त्यसका लागि कांग्रेस वृतमा असोज २ अघि संविधान संशोधन नहोस भन्ने चाहना विस्तारै विस्तारै प्रकट भइरहेको छ ।

सत्तापक्षले जति प्रयास गरे पनि एमाले विना संविधान संशोधनका लागि दुई तिहाइ जुट्न मुश्किल छ । एमालेले विगतदेखि निरन्तर उठाउँदै आएको मुद्दा अहिले छाडेर संशोधनमा सहयोग गर्छ भन्ने विश्वासमा सत्तापक्षले छलफल गरिरहेको छैन । त्यही कुराको प्रचार होस् र मधेशको जनमत भड्कियोस् भन्ने चाहना कांग्रेसका नेताहरूमा छ । प्रदेश–२ मा निर्वाचन सारेर असोज पु¥याउनमा मधेशी नेताहरूको नभई कांग्रेसको मुख्य हात देखिन्छ । वास्तविक स्थिति बुझन प्रदेश–२ का आफ्ना सांसद्हरूको भेला आयोजना गरेर नै कांग्रेसले निर्वाचन सार्नु उपयुक्त ठह¥याएको थियो ।

आफूहरूले निर्वाचन सार्न माग नगरेको र त्यसबारे कुनै सल्लाह नभएको मधेशी नेताहरूको भनाइले पनि कांग्रेसले आफ्नो अनुकूलतामा निर्वाचन गर्न चाहेको प्रष्ट हुन्छ ।

(प्रकाशित मिति : २०७४ साउन ६ गते)


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com