पाकिस्तान : प्रधानमन्त्री पदका लागि अयोग्य भन्दै नवाज सरीफलाई कार्यालय छोड्न अदालतको निर्देशन

पाकिस्तान । प्रधानमन्त्री पदका लागि अयोग्य घोषणा गर्दै पाकिस्तानको सर्वोच्च अदालतले प्रधानमन्त्री नवाज सरीफलाई तत्काल कार्यालय छोड्न पनि निर्देशन दिएको छ ।

सर्वोच्च अदालतले शुक्रबार प्रधानमन्त्री नवाज सरीफमाथि लामो समयदेखि चर्चामा आइरहेको भ्रष्टाचार आरोपलाई लिएर प्रधानमन्त्रीका रूपमा रहिरहन अयोग्य घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अदालतले राष्ट्रिय भ्रष्टाचार विरुद्धको विभागलाई आरोपबारे सरीफको मुद्दामा थप अनुसन्धान जारी राख्न पनि आग्रह गरेको छ ।

प्रधानमन्त्री सरीफलाई गत वर्ष पानामा पेपर्समा सार्वजनिक भएको सूचना अनुसार लाभप्रद व्यवसायमा समुद्रपारमा परिवारको सम्लग्नतामा लगानी गरेको प्रमुख आरोप लागेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com