कांग्रेस नेता महत र भाजपाका महामन्त्रीबीच भेटवार्ता

नयाँदिल्ली । पूर्व परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महत र भारतीय जनता पार्टीका महामन्त्री राममाधवबीच शनिबार नयाँ दिल्लीमा भेटवार्ता भएको छ ।

भाजपा आबद्ध बुद्धिजीवीहरू (थिङट्याक) इन्डियन काउन्सिल फर इन्टरनेशनल कोअपरेशनद्वारा नयाँ दिल्लीमा आयोजित ‘नेपाल–भारत सम्बन्ध र भूराजनीतिक अवस्था’ विषयक गोष्ठीमा प्रमुख अतिथिका रुपमा सहभागी हुन डा महत नयाँ दिल्ली पुगेका हुन् ।

सो भेटवार्तामा नेपाल–भारत सम्बन्धका साथै वर्तमान, राजनीतिक अवस्थाका विविध विषयमा कुराकानी भएको जनाइएको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com