संरक्षण एउटा पोलिटिकल ड्रामा हो – पुर्णेन्दु झा, निर्देशक

० तपाईको निर्देशनमा निर्माण भएको संरक्षण चलचित्रलाई तपाई कसरी व्यख्या गर्नुहुन्छ ?
— संरक्षण चलचित्र एउटा पोलिटिकल ड्रामा हो । जुन हाम्रो नेपालको समसामयिक राजनीतिक अवस्था छ । विभिन्न जातजाति विभिन्न समुृदायमा सेन्टिमेन्ट बाँडिएको छ त्यो कसरी बाडिँयो त, किन त्योस्तो बाडिँयो त्यसको कारण के त, अबको सोलुसन के त ? यसको अधारमा निर्माणमा भएको राजनीतिक ड्रामा हो ।


० संरक्षण चलचित्रको कथा वस्तु कुन विषयमा अधारित रहेको छ ?
— यो चलचित्रको कथावस्तु अहिलेको राजनीतिक अवस्थामा नै केन्द्रित रहेको छ । हामीले अहिले स्टोरी भन्न मिल्दैन । के स्टोरी हो कसको स्टोरी हो यस्ता कुराहरू भन्न मिल्दैन । चलचित्र साउन २७ गते रिलिज हुदैँ छ । यसलाई संक्षिप्तमा भन्नु पर्दा अहिलेको वर्तमान नेपालको जुन प्रकारको राजनीतिक अवस्था छ त्यसमै अधारित चलचित्र हो ।


० तपाईको विचारमा संरक्षण भनेको के ? संरक्षण के का लागि ?
— मेरो बुझाइमा संरक्षण देशको लागि । एक लाइनमा भन्नु पर्दा मुलुकमा जति पनि अपराधीहरू छन् तिनीहरू राजनीतिक संरक्षणबाट परिचालित रहेको छ । त्यसकारण देशका अपराधीहरूलाई राजनीतिक संरक्षणबाट मुक्त गर्नु र देशलाई संरक्षण दिनु नै यो चलचित्रको मूल थिम्स नै यहि हो र समाजमा यो संदेश नै दिनको लागि यो चलचित्रको निर्माण गरिएको हो । पब्लिकलाई पोलिटिसिएन्स, प्रेस र पुलिसले कसरी म्यानुृप्लेट गरिरहेको हुन्छ त्यो सबै कुरा संरक्षणमा हामीले एउटा स्टोरी मार्फत देखाउन खोजेका हौँ ।


० नेपाली चलचित्र जगत जुन प्रकारले फस्टाउनु पर्ने थियो त्यस्तो फस्टाएको अवस्था छैन नि ?
— हैन अहिले त्यस्तो अवस्था रहेको छैन । पहिला फस्टाउन नसक्नुको धेरै कारणहरू थियो । तर आजकल राम्ररी चलिरहेको अवस्था छ । काठमाडौँ र बाहिरका सहरहरूमा पनि मल्टिप्लेक्स सिनेमा हलहरूको संख्या बढेको अवस्था छ । सिनेमा हलहरू बढेसँग नेपाली चलचित्र पनि फस्टाइरहेको अवस्था छ । पहिला विभिन्न समस्याहरू रहेको थियो । अहिले सिनेमा जगतको अध्ययन गरेर अनुभवीहरूले निर्माण गरिरहेको चलचित्र बजारमा राम्रो चलेको अवस्था छ । विश्व जगतसँग अब डाइरेक्ट कन्टेक्ट छ, त्यही भएर अब नेपाली चलचित्र पनि केही वर्षमा पक्कै पनि त्यो उचाँइमा पुग्छ भन्ने मेरो विश्वास छ ।


० तर अहिले कतिपय चलचित्रले जुन लगानी लगाउँछन् त्यो पनि उठाउन सकिरहेको छैन । यसमा तपाईको विचार के छ ?
— हरेक फिल्छ चल्छ भने कुरा हुँदैन । हामीले संरक्षणमा १ करोड पचास लाखको लगानी लगाएका छौँ । अब भोली यो फिल्म चल्छ कि चल्दैन त्यो कहाँ भन्न सकिन्छ र । राम्रो फिल्म बनाएका छौँ । यसले भोलीको दिनमा कस्तो कमाइ गर्छ यो अहिले नै भन्न सकिदैन । कुनै पनि देशको फिल्म इन्ड्रस्टीमा ९० प्रतिशत फिल्मले पैसा पनि उठाउन सकिदैन । १० प्रतिशत फिल्मले मात्र राम्रो पैसा उठाउने गरेको छ ।


० तपाई संरक्षणको प्रमोशनको लागि मेची–महाकाली यात्रामा हुनुहुन्छ, फिल्मबारे कस्तो प्रतिक्रिया पाउनु भयो ?
— हामीले जहाँ जहाँ फिल्म र थिएटर चल्छ त्यो ठाँउको आम पब्लिक र पत्रकारहरूसँग कुरा गर्दा फस्र्ट टेलर आएदेखि नै फिल्म कति बेला हेरौँ हेराँै जस्तो प्रतिक्रिया मैले पाए । यात्रा पनि मेरो लागि एकदमै उत्साह पूर्ण रहयो । तिनीहरूले डायलग नै मलाई सुनाइरेको थियो । पत्रकारहरूले पनि डायलगहरूको मिनिङ्गबारे प्रष्टयाउन आग्रह गरेका थिए । त्यही भएर सबै ठाउँको प्रतिक्रिया मैले राम्रो पाए ।


मधेशवाणी साप्ताहिकका लागि विजय यादवले गरेको कुराकानीको संम्पादित अंश ।

प्रकाशित मिति : २०७४ साल साउन २७ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com