वर्षा अत्यधिक हुने कुरा जागरूकताको कमिका कारण जनस्तरसम्म पुग्न सकेन – डा.कृष्णचन्द्र साह

जलश्रोतविद्

०यस पटक अत्यधिक वर्षा किन भएको होला ?
— अहिले आएर अत्यधिक वर्षा भएको कुरा सत्य होइन ।
रेन फल इन्टेन्सिटी डयुरेशन कर्भ हुन्छ । हरेक लोकल एरियाका लागि पचास वा सय वर्षसम्ममा सबभन्दा बढी वर्षा हुने क्षेत्रको सम्भाव्यता कर्भ पहिले पनि तयार भएकै हो । हरेक वर्ष भएकै हो । वर्षा त्यो बमोजिमकै हो । तर, हरेक वर्ष हुने वर्षाभन्दा यस वर्ष बढी भएको देखिएको हो । यसलाई प्राकृतिक नै मान्नुपर्छ ।


० यस वर्ष किन बढी वर्षा भएको हो त ?
— यसमा हाइड्रोलोजिक फेनोमेना वा प्रक्रियालाई सम्भाव्यताका आधारमा आंकलन गरिन्छ । जस्तै पुलपुलेसा बनाउँदा पनि ५० वर्ष वा १०० वर्षसम्ममा अत्यधकि वर्षा हुन सक्ने र त्यसको भार थाम्न सक्ने गरी बनाइएको हुन्छ । त्यस्तै ठूल–ठूला संरचना १०० र ५०० सय वर्षलाई ध्यानमा राखेर बनाइएको हुन्छ । यस वर्ष वर्षैपिच्छे हुने वर्षाभन्दा दोब्बर आकारको देखिएको हो । त्यसलाई अनुमान गरेकोभन्दा फरक किसिमले वर्षा भएको भन्न मिल्दैन ।


० यति वर्षको फरकमा यस्तो भारी वर्षा हुन्छ भन्न सकिन्छ । कि यस्तो किसिमको वर्षा अर्को वर्ष पनि हुन सक्छ ?
— यसको जस्तो वर्षा अर्को वर्ष हुँदैन वा यो भन्दा झ्न ठूलो वर्षा हुँदैन भनेर सोच्नु नै गतल हो । यसको सम्भाव्यता अस्थिर हुन्छ । बाढी आउने सम्भावन हरेक वर्ष रहेको हुन्छ । के कत्ति पानी पर्छ भन्ने कुरा वैज्ञानिक विधिबाट पत्ता लगाउन सकिन्छ । यस विषयमा हामीले जानकारी गराउने काम पनि गर्दै आएका छौं । यतिसम्म वर्षा हुने सम्भावन यति प्रतिशत र यो भन्दा बढी वर्षा हुने सम्भावन यति प्रतिशत भनेर भन्न सकिन्छ । पूर्वानुमानको विश्वसनीयता ८० प्रतिशतसम्म हुन्छ ।


० अब यस्तो किसिमको बाढी आउँछ भनेर पूर्व जानकारी भइदिएको भए क्षति कम गर्न सकिन्थ्यो नि ?
— यसमा मेरा फरक विचार छ । नासाको बेवसाइटका साथै नेपालकै मौसम विभागले मौसम पूर्वानुमानको डाटा बेवसाइटमा बारम्बार राख्दै आएका छन् ।


० भनेपछि सरकारले यो सूचना जनस्तरसम्म पु¥याउन त्यतिको ध्यान नदिएकै हो ?
— होइन यो गलत हो । सरकारले सूचना दिने काम गरिरहेको छ । सरकारी निकायले विज्ञप्ति निकालेर नै जानकारी दिँदै आएको छ । यसका साथै यस्ता थुप्रै वेभसाइटले यस विषयमा जानकारी दिँदै आएका छन् । मानिसलाई थाहा नभएर हेर्न नसकेको हुन सक्छ ।


० सम्बन्धित निकायले सूचना बुलेटिन निकालेका होलान् । तर, सरकारले यो सूचना जनतासमक्ष पु¥याउन सकेन कि ?
— हुन सक्छ । किन भने मौसम विभागले प्रष्ट रूपमा भन्दै आएको छ कि रिस्की ठाउँहरूमा एसएमएस गरेर नै सावधान गराउँदै आएको छ । हुन सक्छ कति ठाउँमा एसएमएस पुगेको होला, कति ठाउँमा नपुगेको होला । सम्बन्धित सीडीयो कार्यालयमा पक्कै पनि पुगेको होला । यसका साथै प्रशासन कार्यालयमा दैवी प्रकोपको हरेक गतिविधि हेर्ने शाखा नै छ । हुन सक्छ, उनीहरूले जनस्तरमा यो सूचना पु¥याउन ढिलो गरेको हुन सक्छ ।


० नेपालको मौसम विभाग कत्तिको सुविधासम्पन्न छ ?
— नेपालको मौसमसम्बन्धी सरकारी निकाय पूर्ण रूपमा सुविधा सम्पन्न छ । यो विभागमा विज्ञ र तालिमप्राप्त व्यक्तिको कमि छैन ।


० त्यसो भए पानी कत्ति दिन पर्ला भनेर सर्वसाधारण किन अन्यौलमा थिए त ?
— पक्कै पनि । यस विषयमा सर्वसाधारणले जानकारी लिन नखोज्नु । धेरै क्षति भएपछि मात्र यस विषयमा हामी चासो राख्ने गरेका छौं । यो पनि एउटा कारण हो । आगामी १० वर्षको मौसमको पूर्वानुमानअहिले नै थाहा पाउन सकिन्छ ।


० भनेपछि सरकारले जनतालाई बेलैमा जानकारी दिन त्यति ध्यान दिएन ?
— सरकारले ध्यान दिएन भन्न मिल्दैन । सम्बन्धित निकायले आफ्नो काम गरेको छ । तर, जनस्तरमा जसरी सूचना पुग्नुपर्ने हो, त्यो चाहीँ हुन सकेन ।


० भनेपछि सरकारको संयन्त्रमा त्रुटि भएको मान्नुहुन्छ ?
— हो । त्यसमा सुधारको आवश्यकता छ । होइन भने यस्तो क्षति बेहोर्नुपर्ने थिएन ।


० बाढीबाट अत्यधिक क्षति हुनुमा भौतिक संरचनाको कत्ति हात छ ?
— डे«नेजको विषयमा जति ध्यान पुग्नुपर्ने हो, त्यति ध्यान पुगेको छैन । वर्षा हुँदा पानीको निकास कसरी गर्ने भन्ने कुरामा त्यति ध्यान दिइएको छैन । यो विषयमा जागरूकता देखिएको छैन । जनकपुरकै मुजेलियामा सडक काटेर पानी बगाउनुपर्ने अवस्था देखियो । बाढी आएको बेलामा यो संरचनाले थग्न सक्छ कि सक्दैन । यसप्रति ध्यान नै दिइएको छैन । यस विषयमा कसैले हिसाब किताब गर्न पनि उचित ठान्दैनन् । त्यसकारण यो विसंगति नै हो ।


० इन्जिनियरहरू पानीको निकासको डिजाइनमा ध्यान दिएनन् ?
— त्यतिखेर यसप्रति चासो देखाइएन ।


० अर्कोतर्फ व्यक्तिगत रूपमा भवन अथवा घर बनाउँदा पनि अग्लो जग राख्ने चलन छ । यसमा के भन्नुहुन्छ ?
— अग्लो घर बनाए बाढीबाट जोगिन सकिन्छ । तर, लागत बढ्ने हुन्छ । डुबान कहाँसम्म हुन सक्छ भन्ने कुराको हिसाबकिताब गरेर घर बनाएपछि बल्ल यसलाई बेस्ट इन्जिनयरिङ भन्न सक्छौ । ५० वर्षको हिसाब गर्ने कि १० वर्षका हिसाब गर्ने कि २०० वर्षको हिसाब गर्ने त्यो ध्यान दिनुपर्छ । यति वर्षसम्म यो स्तरभन्दा माथि पानी जाने सम्भावना छैन भनेर हिसाबकिताब गर्न सकिन्छ । र, त्योभन्दा माथि घर बनाउनुपर्ने आवश्यकता नै हुँदैन ।


० नालाहरू व्यवस्थित नहुँदा पनि अत्यधिक क्षति भएको हो ?
— यसमा सबै स्थानमा सबै किसिमका कुरा हुन्छन् । जनकपुरको कुरा गर्ने ढल बनिरहेका छन् । नाराहरू निर्माणकै चरणमा छन् । र, जुन सोच छ, त्यो बमोजिम नाला खुलिसकेका छैनन् । थुनिएको अवस्थामा छन् । त्यसले गर्दा झन अवरोध श्रृजना भएको छ । यस्तो स्थितिमा बाढीको प्रभाव झन् बढ्ने स्वभाविक हो । यसमा सम्बन्धित इन्जिनियरले सोच्नुपर्छ । यी ठूला गल्ती हुन् ।


० असार–श्रावणतिर यस्तो समस्या आउँला भनेर बेलैमा सोचिएन ?
— बिल्कुलै सोचिएन । बेवास्ता गरियो । पूर्व सतर्कताका रूपमा केही पनि गरिएन ।


० भारतले सबै ढोका नखोलि दिँदा सप्तरी र सुनसरी बढी प्रभावित भयो भनेर पनि भनिन्छ । यसमा के भन्नुहुन्छ ?
— हाम्रा धेरै नदीहरू अन्तर्राष्ट्रिय प्रवृतिका छन् । अर्थात, एकदेशबाट अर्को देशमा फिजिएका छन । भनेपछि नदीका विषय र कामहरू अन्तर्राष्ट्रिय नियमअनुसार हुने गर्छन् । कोशी ब्यारेजमा नेपाल र भारतको ज्वाइट कमिटी छ । जसमा दुवै देशका प्राविधिकहरू हुन्छन् । कोशीका साथै पटना र काठमाडौं पनि छन् संयुक्त प्राविधिक । उनीहरूले संयुक्त रूपमा हरेक निर्णय लिन्छन् । बाढीका बेला नदीका ढोका खोल्दा दुवै पक्षले हिसाबकिताब गरेर निष्कर्षमा पुगेर निर्णय गर्छन् । उनीहरूले के गर्दा कमभन्दा कम क्षति हुन्छ भन्ने कुरा संयुक्त रूपमा निर्णय लिन्छन् । यो देशमा बढी र यो देशमा कम क्षतिभन्दा पनि समग्रमा कम क्षतितर्फ ध्यान दिइन्छ । त्यही बमोजिम उनीहरूले गरिरहेका छन् । थाहा नपाउनेहरू यो र त्यो भनिरहेका छन् । वास्तवमा त्यस्तो होइन ।


० भनेपछि भारतले ढोका खोलेन भन्नु गलत हो ?
— हो । यो अफवाह हो । ढोका खोल्ने नखोल्ने कुरा संयुक्त पक्षले निर्णय लिन्छन् । एकअर्काप्रति घृणा उत्पन्न गराउन भारतमाथि आरोप लगाइएको हो ।


(मधेशवाणीका लागि अजय साह शिवालीले गरेको कुराकानीको सम्पादित अंश)
प्रकाशित मिति : २०७४ साल भदौ २ गते शुक्रबार ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com