एनआरएनए युकेमा तिमल्सिना र फगामीबीच तीव्र प्रतिस्पर्धा हुने

अर्पण थापा, लण्डन । गैरआवासीय नेपाली संघ युकेको आसन्न अधिवेशन नजिकिंदै गर्दा यहांस्थित नेपाली समाजमा गरमा–गरम शहस शुरु भएको छ । सेप्टेम्बर ९ गते लण्डनमा हुने अधिबेशनका लागि अहिलेसम्म चार जनाले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष पदमा उम्मेदवारी दिएमा मध्य समाजसेवीद्वय कृष्ण तिमल्सिना र योगकुमार फगामीबीच तीव्र प्रतिस्पर्धा हुने सम्भाबना बढेर गएको छ ।

गैर आवासीय नेपाली संघ बेलायतको गतसाता सम्पन्न सदस्यता फर्म भर्ने अन्तिम मिति सम्म आइपुग्दा यी दुई उम्मेदवार बीच चर्को प्रतिस्पर्धा हुने आंकलन गर्न थालिएको छ । आगामी नेतृत्वका लागि एक सशक्त उम्मेदवार कृष्ण तिमल्सिना लामो समयदेखि लण्डनलाई कर्मथलो बनाउंदै आएका परिचति समाजसेवी हुन । बेलायतका नेपाली माझ सरल मिजासका समाजसेवी तिमल्सिनालाई जिताउन यहांका एनआरएनए अभियन्ताहरु कम्मर कसेर लागेका छन् । विभिन्न सामाजिक कार्यमा सक्रिय उनले गैर आवासीय नेपाली संघको अध्यक्ष पदमा वाजी मार्ने एनआरएनए युकेका अगुवाहरु बताउंछन् । स्थानीय रुपमा राम्रो पकड रहेका उनलाई बेलायतभरका नेपालीहरुले असल व्यक्तिको रुपमा चित्रित गर्दछन् ।

बेलायतस्थित नेपाली सेफहरुको साभाm संस्था नेप्लिज सेफ एशोसियसन युकेका संस्थापक अध्यक्ष्ँ तिमल्सिना स्थापना कालदेखि नै एनआरएनए युकेमा सक्रिय छन् । यसअघि सदस्य, उपाध्यक्ष हुँदै आइसीसी सदस्य रहेका उनलाई एनआरएनए युकेका पुर्व अध्यक्षहरु तथा यहांका एनआरएनए अभियन्ताहरुको राम्रो साथ र समर्थन छ ।

एनआरएनए युकेका अध्यक्ष पदका अर्का प्रत्यासी उम्मेदवार योग कुमार फगामी पनि बेलायतको नेपाली समाजमा राम्रो पकड भएका व्यक्ति हुन । एनआरएन युकेको बर्तमान उपाध्यक्ष्ँ फगामी यहांस्थित एक जातिय संस्था मगर एशोसियसन युकेका वरिष्ठ उपाध्यक्ष र म्याग्दी ओभरसीज नेप्लिज एशोसियसनका पुर्व अध्यक्ष समेत हुन । पुर्व गोर्खा सैनिक पृष्ठभुमिका फगामी पनि एनआरएन युकेका एक सशक्त उम्मेदवार हुन ।

बेलायतमा व्यवसाय सञ्चालन गरिरहेका बर्तमान उपाध्यक्ष्ँ डासुराम पाण्डेले पनि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । यद्यपी पाण्डे अध्यक्ष्ँको दौडबाट पछि हट्ने अड्कलवाजी गरिएको छ । उनले अध्यक्ष्ँका प्रत्यासी कृष्ण तिमल्सिनालाई सहयोग गर्ने उनी निकटस्थहरु बताउंछन् ।

गोर्खा सैनिक पृष्ठभुमिका बर्तमान एनआरएन उपाध्यक्ष हिराधन राईले पनि अध्यक्ष्ँ पदमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष्ँका प्रत्यासीद्धय तिमल्सिना र फगामीको तुलनामा केहि कमजोर उम्मेदवार देखिएपनि राई बेलायतका रहेका युवाहरुको रोजाईमा छन् ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com