ठूला दलहरुले राज्य शक्तिको दुरुपयोग गरिरहेका छन्

जितेन्द्र सोनल, महासचिव, राजपा नेपाल

स्थानीय तह निर्वाचनअन्तर्गतको सबभन्दा अन्तिममा तेस्रो चरणमा निर्वाचन हुन गइरहेको छ । निश्चित रुपमा प्रमुख दल लगायतका पार्टीले आफ्ना सम्पूर्ण शक्ति दुई नम्बर प्रदेशमा नै केन्द्रित गरेका छन् । तर मधेशको भावना लाई कदर गर्दै निर्माण भएको राजपा नेपाल पार्टीको संगठनको मामिलामा कमजोर रहेको कारण यहाँ केही समस्याहरुको सामना गर्नु पर्ने रहेको छ । प्रमुख पार्टीहरुले यहाँ आफ्ना सम्पूर्ण शक्ति केन्द्रित गर्दै राज्यको शक्तिलाई पनि दुरुपयोग गरिरहेको छ । जसको कारणले मतदातामा अहिले असमन्जस्यता त रहेको छ । तर जनताहरु अहिले सचेत बनेका छन् । आफ्नो हक, अधिकार र मुद्दाका लागि लड्ने पार्टी राजपा नेपाल प्रति आर्कषण रहेको छ भने मधेशको शत्रुको रुपमा रहेको एमाले पार्टी प्रति विकर्षण रहेको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com