सर्लाहीमा राजपा, कांग्रेस र माओवादीबीच प्रतिस्पर्धा हुनेछ

जयप्रकाश शर्मा, व्यवसायी, सर्लाही

तेस्रो चरणको स्थानीय तहको निर्वाचनमा सर्लाहीको मलंगवामा विभिन्न राजनीतिक दलहरुले चुनावी प्रचार प्रसारलाई तीव्र बनाएका छन् । अहिले प्रचार प्रसार र आम नागरिकको कुरा सुन्दा एमाले पार्टीको अवस्था चाहे अनुसारको नरहेको स्पष्ट देखिएको छ । एमालेका नेताहरुले विगतमा दिएका अभिव्यक्तिको कारण यहाँका जनताहरु रुष्ट रहेका छन् । सर्लाहीमा कांग्रेसको राम्रो रहेको छ भने राजपा नेपाल र माओवादी पार्टीको पनि मतदातासँग राम्रो पकड रहेको छ । त्यसकारण म के भन्छु भने एमाले पार्टीको अवस्था जति नाजुक छ त्यति नै राजपा नेपाल र काँग्रेस माओवादीको अवस्था बलियो बनेको छ ।


Loading...

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com