पार्टीहरुले विगतमा मधेशप्रति देखाएका व्यवहारकै आधारमा जनताले मतदान गर्नेछन्

अमरेन्द्र कुमार यादव, संचारकर्मी, जनकपुर

स्थानीय तहको निर्वाचन भएको २० वर्ष भइसकेको छ । त्यसले यहाँका जनताहरु एकदमै उत्साहित भएका छन् । नेताहरु जनताको घर घरमा गएर विकास गर्छु भन्ने प्रतिवद्धता जनाइरहेका छन् । चुनावी प्रचार प्रसार तीव्र पारिएको छ । यो २ नं. प्रदेशको स्थानीय तह निर्वाचनमा पार्टीको कुरा गर्दाखेरी जनकपुर लगायतका मधेशका प्रायजसो ठाँउहरुमा एमाले पार्टीको चहल पहल कम देखिएको छ, त्यसकारण म के भन्न चाहन्छु भने एमाले पार्टीको यसपालीको निर्वाचनमा तिनीहरुले सोचेको जस्तो जीत हासिल गर्न चुनौती नै रहेको छ । विगतमा एमाले पार्टीका नेताहरुले बोलेका कुराहरुलाई यहाँका जनताहरुले नजर अंदाज गरेको अवस्था रहेको छैन । तिनीहरुको मानसपटलमा अहिले पनि त्यो अपमानजनक अभिव्यक्तिहरु जीवित नै रहेको छ । एमाले पार्टीको त्यो भावना अहिले पनि यहाँका जनताहरुले विर्सन सकेको अवस्था छैन । त्यसकारण म समग्रमा के भन्न चाहन्छु भने एमाले पार्टीको जुन प्रकारको रवैया हो त्यो अनुसारको नै जनताले यसपाली मतदान गर्ने हो । यहाँको जनताको धारणा के छ भने हामीले काँग्रेस माओवादीलाई जिताऊ तर एमाले पार्टीलाई जुनसुकै हालतमा पनि हराऊ भन्ने नाराका साथ अगाडी बढेको छ ।

Contact Us

Address:Madhesh Media House, Hanumansthan Chowk, Anamnagar, Kathmandu Nepal

Phone: 0977-1-4266141

Fax: 0977-1-4266141

Email: madheshvani@gmail.com